नायिका स्वस्तिमा खड्काले आफ्ना फ्यानको जवाफ दिने क्रममा उनले केही यस्ता प्रश्नको जवाफ दिनुपरेको छ, जुन उनका लागि नै अनपेक्षित थियो । एक दर्शकले उनलाई सोधे–के तपाईले निश्चलसँग पैसाका लागि बिहे गर्नुभएको हो ? किन अहिलेसम्म तपाईहरुले बच्चाको बिषयमा नसोच्नुभएको ? यो प्रश्नको जवाफ दिने क्रममा नायिका स्वस्तिमा खड्काले लेखेकी छिन्के।
पैसा कमाउन सजिलो छ र ? हामी किन मिहिनेतका साथ काम गरिरहेका छौ ? सजिलो जवाफ छ कि, कोहीसँग बिहे गर अनी पैसा कमाउ । बच्चाको बिषयमा अहिले कुनै आइडिया छैन । यस्तै, केही मानिसहरुले गर्ने आलोचनाको बिषयमा के भन्नुहुन्छ भन्ने प्रश्नमा स्वस्तिमा भन्छिन–घृणा कुनै पनि मानिसको नकारात्मक भावना, डर र असुरक्षा व्यक्त गर्ने माध्यम हो ।
यो पनि पढ्नुहोस्
सामाजिक सञ्जाल नियमण गर्ने निर्देशिका ल्याउनेः मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रेस स्वतन्त्रता तथा वाक स्वतन्त्रतालाई असर नपर्ने गरी सामाजिक सञ्जाल नियमण गर्ने निर्देशिका ल्याउन लागेको बताउनुभएको छ ।
मन्त्रालयद्वारा आज यहाँ आयोजित दोलखाली पत्रकारसँगको अन्तक्र्रिया कार्यक्रममा उहाँले भन्नुभयो, “सामाजिक सञ्जालबाट दैनिकजसो विभिन्न किसिमका अपराधजन्य क्रियाकलाप बढ्दै गएको हुँदा उक्त निर्देशिका ल्याउने लागेको हो ।” यसले अभिव्यक्ति स्वतन्त्रतालाई कुनै पनि असर नपर्ने उहाँले स्पष्ट पानुभयो ।
“सामाजिक सञ्जाललाई व्यवस्थित गर्नका लागि निर्देशिका ल्याउने तयारी मात्र गरेको हो, सरोकारवालापक्षसँग छलफल गरेर मात्र यसलाई अन्तिम रुप दिने हो”, मन्त्री गुरुङले भन्नुभयो, “प्रचलित कानूनअनुसार नेपालमा दर्ता गरेर मात्र सामाजिक सञ्जाल चलाउने व्यवस्था होस भन्ने उद्देश्य हो ।” उहाँले पत्रकारिताको गरिमालाई उठाउनका लागि काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रतालाई अङ्कुश लगाउने गरी कुनै निर्देशिका बनाउन लागिएको होइन ।”
मन्त्री गुरुङले फेसबुक, ट्विटर, युट्युब, भाइबर, इमो, ह्वाट्सअप, इन्स्टाग्राम, म्यासेन्जर, वी च्याट, टीकटकलगायत सामाजिक सञ्जाल नेपालभित्र अनिवार्य रूपमा दर्ता गर्ने व्यवस्था भएमा हिंसा, अपराधजस्ता अप्रिय घटनमा कमी आउने उद्देश्यले मात्र नियमण गर्ने निर्देशकाको विषयमा छलफल भइरहेको स्पष्ट पार्नुभयो ।
मुलुकलाई सूचना प्रविधिको हिसावले स्मार्ट सिटी बनाउने उद्देश्यका साथ बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयानुसार शनिबार दोलखाबाट उक्त अभियान शुरु गर्ने नीतिगत निर्णय गरेकोसमेत उहाँले जानकारी दिनुभयो ।
विज्ञापन बोर्डका सदस्य बलराम थापाले समानुपातिक विज्ञापन प्रणाली लोककल्याणकारी राज्यको दृष्टिकाणले शुरु गरिएको नयाँ अवधारणा भएको र त्यो लागू गर्न सकिएमा नेपालको इतिहासमा राम्रो काम हुने बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष दिलीप थापामगरले वर्तमान सञ्चारमन्त्री प्रेसमैत्री भएको अनुभव सुनाउँदै सूचना विभागको पास नवीकरण गर्नका लागि जिल्ला जिल्लाबाट काठमाडौँ आउनुपर्ने बाध्यताको अन्त्य गर्नु असाध्यै राम्रो काम भएको बताउनुभयो । उहाँले विज्ञापन बोर्ड गठन गरी समावेशी विज्ञापन प्रणाली लागू गराउन प्रयत्न गर्नु र पत्रकारका पीडा सुन्ने मन्त्रीको रुपमा आफूले पाएको बताउनुभयो ।
प्रेस युनियन नेपालका महासचिव अजयबाबु शिवाकोटीले कोरोनाको जोखिमका अवस्थामा धेरै पत्रकारले रोजगारी गुमाउनुपरेको जानकारी गराउँदै स्वरोजगारमूलक सञ्चारमाध्यमलाई सरकारले सहयोग गर्ने स्पष्ट नीति ल्याउन जरुरी रहेको सुझाव दिनुभयो ।
कार्यक्रममा सहभागी पत्रकारले मन्त्री गुरुङ आएपछि सञ्चार र प्रविधिको क्षेत्रमा अग्रगामी काम भइरहेको र आगामी दिनमा पनि विवादरहित ढङ्गले काम गर्न सुझाव दिनुभएको थियो ।
यो पनि पढ्नुहोस्
समृद्धितिर लम्कँदै चामुण्डाविन्द्रासैनी
दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका पछिल्लो समय समृद्धितिर लम्किएको छ ।
स्थानीय, प्रदेश र सङ्घ गरी तिन वटै तहमा ठूलठूला नेता तथा कार्यकर्ताको बाहुल्यता रहेको चामुण्डाविन्द्रासैनीमा पछिल्लो समय सडक, सञ्चार, विद्युत्लगायत आवश्यक पूर्वधार निर्माण भएपछि दिगो विकास र समृद्धिको बाटोमा लम्किएको हो ।
देशमा सङ्घीयतासँगै सिंहदरबार गाउँमा आएपछि नगरवासीले बल्लतल्ल विकासको मुख देख्न पाएका छन् । विकास भन्ने बित्तिकै मुख मिठ्याउने जनता आफ्नो विकास आफैँ गर्न थालेपछि एकातिर गाउँमा विकास भएको छ भने अर्कोतिर रोजगारीका अवसर प्राप्त गरेका छन् । भारतको मुग्लान, कालापहाड र खाडीमुलुकमा जाने युवाको सङ्ख्यामा कमी आएको छ ।
जिल्लाका ११ वटै स्थानीय सरकारको तुलनामा विकास निर्माणले चामुण्डाविन्द्रासैनी नगरपालिका अग्रस्थानमा छ । सक्षम र जनप्रिय नेतृत्वले गर्दा आमनागरिकले सुविधा पाएको नगरवासीको भनाइ छ तर विश्वव्यापी फैलिएको कोरोना महामारीको समयमा चामुण्डाविन्द्रासैनी नगरपालिकाले सावधानी अपनाउँदै विकास निर्माणका कामलाई पूर्णविराम लगाएन । कामले निरन्तरता पाई रह्यो । नगरपालिकामा कोरोना महामारीले त्यति प्रभाव परेन । कोरोनाको कारणले कुनै अप्रिय घटना पनि भएको छैन ।
कोरोनासँग सावधानी अपनाउँदै बच्नका लागि नगरपालिकाले २०७६ चैत महिनादेखि नै स्वास्थ्यकर्मी, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति प्रमुख, सुरक्षा प्रमुख, विद्यालयका प्रधानाध्यापक तथा नगरका जनप्रतिनिधिका बीचमा बृहत् अन्तक्र्रिया गरी कार्ययोजना बनाउँदा जोखिम हटेको नगरपालिकाका नगरप्रमुख सूर्यबहादुर शाहीले बताउनुभयो । नगरपालिकामा ५० स्वयंसेवक परिचालन गरि स्वास्थ्य सामग्री वितरण तथा जनचेतना जगाउन घरदैलो अभियान थाल्यो । “जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शहरी स्वास्थ्य क्लिनिकका कर्मचारीलाई जिम्मेवारी तोकेर परिचालन गरिँदा कोरोनाबाट जनताले सतर्कता अपनाएका छन्”, उहाँले भन्नुभयो, “हामीले नगरवासीलाई व्यवस्थित ढङ्गले एलोपेथिक र आयुर्वेदिक औषधिको प्रयोग सँगसँगै योगा र खानपानलाई विशेष ध्यान दिन लगायौँ, हामी र हाम्रा नगरवासी सुरक्षित भयौँ ।”
आऔँ, खाऔँ र लिएर जाऔँ
आर्थिक वर्ष ०७६÷०७७ मा नगरपालिकाले २२ हजार मेललाई कलमी लगाएर नासपाती बनाएको छ । सार्वजनिक जग्गा अधिकरण गरेका व्यक्तिलाई हटाएर २९ प्रतिशत जङ्गललाई ४२ प्रतिशत पु¥याएको छ । चालु आवमा आठ हजार चिउरीका बोट वृक्षरोपण गरेको छ । जङ्गललाई हराभरा बनाउन नगरपालिकाले आफ्नै नर्सरी बनाएको छ ।
नगरपालिकाले एक हजार ८०० वरपिपल रोप्ने नीतिलाई कार्यान्वयन गर्न एक हजार ५०० बरपिपलका बोट वृक्षरोपण गरेको चामुण्डाविन्द्रासैनी नगरपालिकाले जनाएको छ । नगरपालिकाले ‘आउँ, खाउँ र लिएर जाउँ’ वृक्षरोपणसँगै अगाडि बढाएको छ । वृक्षरोपणमा विभिन्न जातका फलफूल रोपिएको छ । ती फलफूलबाट जाम, जेरी, जुस बनाएर बिक्री गरी आर्यआर्जन गर्ने योजना रहेको छ । राष्ट्रियस्तरमै चर्चा गर्न लायक काम गरेर हामीले वन तथा वातावरण प्रवद्र्धनमा जुटेको नगरप्रमुख शाहीको भनाइ छ ।
प्रत्येक वडामा शहरी स्वास्थ्य क्लिनिकमार्फत् कर्मचारी व्यवस्थापन गरेर ज्येष्ठ नागरिक, अपाङ्गता, गर्भवती महिला, नवजात शिशुलाई घरदैलोमा स्वास्थ्य परीक्षण तथा परामर्श दिने काम नगरपालिकाले गरिरहेको छ । स्वास्थ्यकर्मी र जनप्रतिनिधिले घरआँगनमा जडीबुटी लगाउने अभियानसमेत सञ्चालन गरिएको वडा नं ८ का वडाध्यक्ष वीरबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी जनप्रतिनिधिले नगरपालिकाको सभाले निर्णय गरेको कामको कार्यान्वयनअन्तर्गत घर आँगनमा जडीबुटी रोपेका छौँ ।”
प्रतिबद्धता कार्यान्वयन गरिँदै
चुनावताका वेला जनतालाई आश्वासन दिएको प्रतिबद्धताअनुसार नै नगरपालिकामा काम शुरु गरिएको नगरप्रमुख सूर्यबहादुर शाहीले बताउनुभयो । नगरपालिकाले वडा कार्यालय र माध्यमिक तहका विद्यालयलाई सडक सञ्जालसँग जोडेको छ । चामुण्डा माध्यमिक विद्यालयलाई नमूना माध्यमिक विद्यालय घोषणा गरिएको छ भने चामुण्डा नमूना माध्यमिक विद्यालयमा तीन वर्षे बाली विज्ञान पढाइ शुरु गरिएको छ । शैक्षिक क्षेत्रमा कर्णाली प्रदेशमै नमूनायोग्य कार्य भइरहेको छ । पाठ्यक्रम र अभिभावक शिक्षामाला निर्माण गरी प्रकाशन गर्ने तयारी भइरहेको छ । कर्णाली प्रदेशमै पहिलोपटक विद्यालयमा बाल शिक्षा व्यवस्थित गर्ने चामुण्डाविन्द्रासैनी नगरपालिका नै हो ।
तत्कालीन चुनावताका घोषणा पत्रानुसार वडा नं १ को पुनडाँडा, भोटेको चौतारामा बसपार्क र साँङ्घेतडादेखि पाल्तसम्मको सडकलाई नगरको रणनीतिक महत्वको रुपमा लिएकाले काम तीव्र गतिमा निर्माण भइरहेको छ । सङ्घीय सरकारको सहयोगमा नगरपालिकाले झण्डै एक किलोमिटर सडक कालोपत्र गरेको छ । “नगरपालिकामा शान्ति सुरक्षाको अवस्था अहिलेजस्तो छ, त्यस्तो विगतमा थिएन । मदिरा सेवन गरेर र गुण्डागर्दी गर्नेको बिगबिगी थियो, त्यो अहिले शून्य अवस्थामा झरेको छ । मानिसले शान्तसँग हिँडडुल गर्न र आफ्नो दैनिक कामधन्दा गर्न पाएका छन्, नगरप्रमुख शाहीले भन्नुभयो ।
रु ३२ लाख २८ हजार १९० रकमको लगानीमा नगरपालिका प्रहरीचौकीको पक्की भवन बनाएको छ । भवनमा कार्यालय, ब्यारेक र मेश प्रयोजनका लागि आवश्यकताअनुसारको कोठाको व्यवस्था छ । जिल्लाकै अधिकांश प्रहरीचौकी भाडामै छन् तर नगरपालिकाले स्थानीय सरकारको लगानीमा पहिलोपटक प्रहरीचौकीको पक्की भवन निर्माण गरी प्रहरीचौकीलाई हस्तान्तरण गरिसकेको छ । इन्टरलट इँटा, कुखुराको दाना उद्योग नगरपालिकामा सञ्चालन छन् भने नगरपालिकाबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दूधसमेत निर्यात हुने गरेको छ ।
प्रदेशकै ठूूलो नगरोद्यान निर्माण
कर्णाली प्रदेशकै सबैभन्दा ठूलो नगर पार्क निर्माण चामुण्डाविन्द्रासैनीमा निर्माणाधिन छन् । दुई सय रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको पार्कको तीन किलोमिटरको पर्खाल निर्माण कार्य सम्पन्न भइसकेको छ । पार्कको वरिपरि केतुकी, भित्री भागमा कुइयाँसी, गुलाब रोपिएको छ । पार्कलाई नेपालकै मौलिक जैविक पार्कका रूपमा निर्माण गर्ने लागेको नगर प्रमुख शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “सांस्कृतिक आस्थालाई पनि पर्यटक भित्र्याउने उद्देश्यले एक हजार ५२० किलोग्रामको घण्ट र स्थानीय कालीगढबाट नौ फिट अग्ला तरबार बनाइएका छाँै, चालु आवमा सङ्ग्रहालय बनाउने काम सम्पन्न लागि लागिपरेका छौँ ।”
त्यसैगरि १५ श्ययाको अस्पताल स्वीकृत भई भर्खरै रु एक करोडको बोलपत्र आह्वान गरिएको छ । स्वास्थ्य क्षेत्रमा १५ श्ययाको अस्पतालको घोषणा गरेका थियौँ त्यो पूरा भएको छ । हामीले खानेपानीका क्षेत्रमा मुझुवा खानेपानीका अलावा कर्णाली प्रदेशकै ठूलो लिफ्ट खानेपानी आयोजना शुरु गरिएको छ । सो आयोजनामा केही दिन अगाडि नगरपालिकाले खरिद ऐनविपरीत गई आफन्तलाई ठेक्कापट्टा दिएको आरोपसमेत नगरपालिकाले खेप्नुपरेको छ ।
पनि पढ्नुहोस्
राम्रोलाई राम्रो भन्न नसक्ने मनोविज्ञान
चालु आवमा नगरपालिकामा भौतिक पूर्वाधारमा रु १०÷१२ करोड बजेट विनियोजन गरेको छ । “कोल्ड स्टोर बनाउनका लागि रु १४÷१५ करोड खर्च लाग्छ, एउटा बाटो बनाउन अर्ब रकम लाग्छ, विद्युतीकरणको कामलाई अगाडि बढाउन रु १०÷१५ करोड लाग्छ, अस्पताल बनाउन रु ८÷१० करोड खर्च लाग्छ”, उहाँले भन्नुभयो, “नगरवासीको चाहना रकेट स्पिड विकास खोजिरहेको छ भने हामी रेलको गतिमा नहुँदा केही व्यक्तिमा निराशा पनि उत्तिकै छाएको छ ।”
नगरपालिकामा सन्तुलित विकास भएको नगरपालिकाका जानकार बताउँछन् । नगर कृषि, शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी प्राथमिकतामा राखेका नगरवासी रणबहादुर खड्काले बताउनुभयो ।
कोरोनाले लघु तथा घरेलु उद्योगलाई सबैभन्दा वढी असर
कोभिड–१९ का कारण अधिकांश लघु तथा घरेलु उद्योग पूर्णरुपमा बन्द भएका छन् । कोरोनाका कारण सबैभन्दा धेरै लघु तथा घरेलु उद्योग प्रभावित भएको उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालयले सार्वजनिक गरेको उद्योगमा कोभिडले पारेको प्रभावको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
मन्त्रालयले सार्वजनिक गरेको उक्त अध्ययन प्रतिवेदनअनुसार ५४ प्रतिशत उद्योगको ५० प्रतिशत उत्पादन क्षमतामा गिरावट आएको, ३२ दशमलव ४३ प्रतिशत उद्योगको ७५ प्रतिशतसम्म उत्पादनमा गिरावट आएको, २३ दशमलव ५२ प्रतिशत लघु घरेलु उद्योगको उत्पादन क्षमतामा ७५ प्रतिशत घटेको छ ।
उक्त अध्यनमा गरगहना, रङरोगन, पेयपदार्थ, सिमेन्ट, तामा पित्तल भाडा, जलविद्युत् उत्पादन, हस्तकला, तयारी पोशाक, परामर्शलगायतका वस्तु तथा सेवा उत्पादन गर्ने उद्योगलाई समावेश गरिएको थियो । अध्यनमा लघु तथा घरेलु उद्योग १७, साना उद्योग आठ, मझौला चार र ठूला आठ उद्योग गरी ३७ उद्योगलाई नमूना (स्याम्पल) को रूपमा रहेका थिए । प्रतिशतको आधारमा २२ प्रतिशत ठूला उद्योग, ४६ प्रतिशत लघु घरेलु उद्योग, ११ प्रतिशत मझौला उद्योग र २१ प्रतिशत साना उद्योग अध्ययनमा सहभागी थिए ।
यसैगरी अध्ययनमा सहभागी लघु तथा घरेलु उद्योगमध्ये ८२ दशमलव ३५ प्रतिशत उद्योगले कोभिड–१९ का कारण उत्पादनमा असर परेको, ७६ दशमलव ४७ प्रतिशतले कच्चा पदार्थ प्राप्ति गर्न कठिनाइ भएको र ८८ दशमलव २४ प्रतिशतले आफ्नो उत्पादनको बजारीकरण गर्न नसकेको बताएका थिए ।
यसैगरी, ८७ दशमलव पाँच प्रतिशत साना उद्योगको उत्पादनमा प्रत्यक्ष असर परेको तथा ७५ प्रतिशत कच्चा पदार्थ प्राप्त गर्न कठिनाइ भएको प्रतिक्रिया दिएका थिए । सतासी दशमलव पाँच प्रतिशत उद्योगले श्रमिकको परिचालन र उत्पादनको बजारीकरणमा असर परेको बताएका थिए । यस्तै अध्ययनमा सहभागी ५० प्रतिशत मझौला उद्योगले कच्चा पदार्थ प्राप्तिमा समस्या भएको, ७५ प्रतिशत उद्योगले श्रमिक परिचालनमा समस्या परेको बताएका थिए ।
ठूला उद्योगले भने कच्चा पदार्थको प्राप्ति, वस्तु तथा सेवाको उत्पादन, श्रमिक परिचालन तथा बजारीकरण सबै क्षेत्रमा असर परेको बताएका थिए । कोरोनाका कारण अधिकांश उद्योग नोक्सानमा रहेको तथा अध्ययनमा सहभागी उद्योगमध्ये १६ दशमलव २२ प्रतिशत मात्र नाफामा रहेको बताएका थिए । नाफामा रहेका उद्योगमध्ये ६६ दशमलव ६७ प्रतिशत ठूला उद्योग थिए ।
–––
कोरोनाले लघु तथा घरेलु उद्योगलाई सबैभन्दा वढी असर
कोभिड–१९ का कारण अधिकांश लघु तथा घरेलु उद्योग पूर्णरुपमा बन्द भएका छन् । कोरोनाका कारण सबैभन्दा धेरै लघु तथा घरेलु उद्योग प्रभावित भएको उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालयले सार्वजनिक गरेको उद्योगमा कोभिडले पारेको प्रभावको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
मन्त्रालयले सार्वजनिक गरेको उक्त अध्ययन प्रतिवेदनअनुसार ५४ प्रतिशत उद्योगको ५० प्रतिशत उत्पादन क्षमतामा गिरावट आएको, ३२ दशमलव ४३ प्रतिशत उद्योगको ७५ प्रतिशतसम्म उत्पादनमा गिरावट आएको, २३ दशमलव ५२ प्रतिशत लघु घरेलु उद्योगको उत्पादन क्षमतामा ७५ प्रतिशत घटेको छ ।
उक्त अध्यनमा गरगहना, रङरोगन, पेयपदार्थ, सिमेन्ट, तामा पित्तल भाडा, जलविद्युत् उत्पादन, हस्तकला, तयारी पोशाक, परामर्शलगायतका वस्तु तथा सेवा उत्पादन गर्ने उद्योगलाई समावेश गरिएको थियो । अध्यनमा लघु तथा घरेलु उद्योग १७, साना उद्योग आठ, मझौला चार र ठूला आठ उद्योग गरी ३७ उद्योगलाई नमूना (स्याम्पल) को रूपमा रहेका थिए । प्रतिशतको आधारमा २२ प्रतिशत ठूला उद्योग, ४६ प्रतिशत लघु घरेलु उद्योग, ११ प्रतिशत मझौला उद्योग र २१ प्रतिशत साना उद्योग अध्ययनमा सहभागी थिए ।
यसैगरी अध्ययनमा सहभागी लघु तथा घरेलु उद्योगमध्ये ८२ दशमलव ३५ प्रतिशत उद्योगले कोभिड–१९ का कारण उत्पादनमा असर परेको, ७६ दशमलव ४७ प्रतिशतले कच्चा पदार्थ प्राप्ति गर्न कठिनाइ भएको र ८८ दशमलव २४ प्रतिशतले आफ्नो उत्पादनको बजारीकरण गर्न नसकेको बताएका थिए ।
यसैगरी, ८७ दशमलव पाँच प्रतिशत साना उद्योगको उत्पादनमा प्रत्यक्ष असर परेको तथा ७५ प्रतिशत कच्चा पदार्थ प्राप्त गर्न कठिनाइ भएको प्रतिक्रिया दिएका थिए । सतासी दशमलव पाँच प्रतिशत उद्योगले श्रमिकको परिचालन र उत्पादनको बजारीकरणमा असर परेको बताएका थिए । यस्तै अध्ययनमा सहभागी ५० प्रतिशत मझौला उद्योगले कच्चा पदार्थ प्राप्तिमा समस्या भएको, ७५ प्रतिशत उद्योगले श्रमिक परिचालनमा समस्या परेको बताएका थिए ।
ठूला उद्योगले भने कच्चा पदार्थको प्राप्ति, वस्तु तथा सेवाको उत्पादन, श्रमिक परिचालन तथा बजारीकरण सबै क्षेत्रमा असर परेको बताएका थिए । कोरोनाका कारण अधिकांश उद्योग नोक्सानमा रहेको तथा अध्ययनमा सहभागी उद्योगमध्ये १६ दशमलव २२ प्रतिशत मात्र नाफामा रहेको बताएका थिए । नाफामा रहेका उद्योगमध्ये ६६ दशमलव ६७ प्रतिशत ठूला उद्योग थिए ।