काठमाडौ-लामो समय देखि अस्वस्थ्य भएकी अनिता अहिले बोल्न थालेपछि पति विनोदको परिवारमा अहिले खुशीको कुनै सीमा छैन् । धेरै वर्ष काठमाडौको वीर अस्पतालमा उपचार गराइएकी अनितालाई अहिले घर लगिएको छ । उनको स्वास्थमा क्रमश सुभार हुँदै गएको छ ।
उनलाई उपचारमा सहयोग गर्न भन्दै देश विदेशवाट निकै सहयोग आयो । लामो समय सम्म उपचार गर्नुपर्ने भएकाले ठूलो रकमको आवश्यकता पर्ने भएकाले सहयोग उठाइएको थियो ।
अनिताको घाँटीको श’ल्यकृ’ या गर्नुपर्ने चिकित्सकले बताएका छन् । घाँटीको श’ल्य’कृ’या गर्नका लागि उनको चेतनामा परिवर्तन भएपछि मात्र सम्भव हुने भनेपछि उनीहरुले अनितालाई घर लिएर आएका हुन् । अचानक दुई वर्ष अघिको जेठ २९ गते उनले टाउको दुख्यो भनेपछि उपचारका लगाी अनिता अस्पताल गएकी थिइन् । डाक्टरले अनितालाई ब्रेन ह्याम्रेज भएको छ भनेपछि परिवारले बाच्ने आशा मारेका भएको बताएका थिए ।
। अनिताको बैतर्नी पनि गरेको र गाइदान समेत गरेको परिवारका सदस्यहरुले बताएका छन् । उनलाई अब फर्काउन सकिदैन भन्दै गाइ दान गरेपछि एक पटक अस्पताल लैजाउँ न त भनेर अस्पताल लगेपछि उनको उपचार संलग्न चिकित्सकले अनिताको बाँच्ने चान्स २० प्रतिशत मात्र भएको बताएका थिए ।
अहिले सबैको सहयोग, डाक्टरको प्रयास र श्रीमानको विश्वासले अनिताको अवस्थामा धेरै सुधार आएको छ । अहिले पनि उनलाई परिवारको सहयोग चाहिन्छ । उनमा क्रमश सुधार हुँदै गएपछि श्रीमा विनोद अत्यन्तै खुशी छन् ।