• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
बाहिरियो श्वेता खड्काको यस्तो भिडियो, बिहेमा करोडौँ खर्च,बिलासी जिवन र मध्यरातमा क्लब र पबमा मस्त, माझी बस्ती अलपत्र गरिब जनतासँग हारगुहार गरेर समाजसेवा

माझीबस्तीको एक पैसा खाएको कसैले प्रमाण दिन सक्छ भने मलाई जुत्ताको माला लगाएर माझी बस्ती घुमाए हुन्छ : नायिका श्वेता

द भ्वाइस अफ नेपालमा १७ वर्षकी यि सुन्दरीले गाउँदा देखियो अहिलेसम्मकै भिन्न माहोल, म नै भ्वाइस जित्छु भन्ने यि सुन्दरीलई राजु, प्रमोद र तृष्णा सबै चुप लाग्नुको कारण यस्तो, हेर्नुहोस् भिडियो

द भ्वाइस अफ नेपालमा १७ वर्षकी यि सुन्दरीले गाउँदा देखियो अहिलेसम्मकै भिन्न माहोल, म नै भ्वाइस जित्छु भन्ने यि सुन्दरीलई राजु, प्रमोद र तृष्णा सबै चुप लाग्नुको कारण यस्तो, हेर्नुहोस् भिडियो

द भ्वाइस अफ नेपालको आजको कार्यक्रममा पहिलो प्रतिस्पर्धीले गाए लगत्तै भयो खो साखोस

द भ्वाइस अफ नेपालको आजको कार्यक्रममा दोस्रो प्रतिस्पर्धीलाई तृष्णाले तिमी मेरै लागि जन्मिएका सि पाही हौ, तिमीलाई म माया गर्छु भनेपछि हुटिगं सुरु भयो हेर्नुहोस् भिडियो

Auto Draft

द भ्वाइस अफ नेपालको आजको कार्यक्रममा पहिलो प्रतिस्पर्धीले गाए लगत्तै भयो खो साखोस

द भ्वाइस अफ नेपालमा देखियो कहिल्यै नदेखिएको दृश्य

आजको ‘दि भ्वाइस अफ नेपाल’मा बिजय लामाले हँसाउनु हँसाए

द भ्वाइस अफ नेपालमा देखियो कहिल्यै नदेखिएको दृश्य

चर्चित पाइलट बिजय लामा द भ्वाइस अफ नेपालको मञ्चमा गएर गाउँदा पत्तै पाएनन् कोचहरुले

Auto Draft

द भ्वाइस अफ नेपालमा देखियो कहिल्यै नदेखिएको दृश्य

सुन्दरी मोडल अञ्जली अधिकारी कक्षा ११ मा भर्ना भइन्

सुन्दरी मोडल अञ्जली अधिकारी कक्षा ११ मा भर्ना भइन्

नेपाल आइडलबाट चर्चा कमाएका  ह्याण्डसम गायक प्रताप  दासको घरमा चल्यो विबाहको कुरा

नेपाल आइडलबाट चर्चा कमाएका ह्याण्डसम गायक प्रताप दासको घरमा चल्यो विबाहको कुरा

Auto Draft

भारतीय क्रिकेटर विराट कोहलीको जस्तै भब्य छ नेपाली चर्चित क्रिकेटर सन्दीप लामिछानेको काठमाडौँको घर

Auto Draft

चर्चित मोडल अञ्जली अधिकारीलाई गएराती के भयो यस्तो ?

Auto Draft

नायक किशोर खतिवडा ३ वर्षसम्म रिलेसनसिपमा बसेकी युवतीले खोलीन् यस्ता रहस्यहरु

माइतीमा गएकी पत्निलाई लिन गएका सन्तोष देउजा रोए

माइतीमा गएकी पत्निलाई लिन गएका सन्तोष देउजा रोए

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Saturday, April 17, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

माझीबस्तीको एक पैसा खाएको कसैले प्रमाण दिन सक्छ भने मलाई जुत्ताको माला लगाएर माझी बस्ती घुमाए हुन्छ : नायिका श्वेता

by gazab g
February 12, 2021
in मनोरञ्जन
0
बाहिरियो श्वेता खड्काको यस्तो भिडियो, बिहेमा करोडौँ खर्च,बिलासी जिवन र मध्यरातमा क्लब र पबमा मस्त, माझी बस्ती अलपत्र गरिब जनतासँग हारगुहार गरेर समाजसेवा
507
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नायिका श्वेता खड्काले आँफु र माझीबस्तीलाई जोडेर आएका समाचारहरुमा सत्यता नभएको भन्दै समाचारको खण्डन गरेकी छिन् । नायिका खड्काले सामाजिक संजालमा लामो स्टाटस लेख्दै निर्माणाधिन माझी बस्ती र श्वेताश्री फाउण्डेशन लाई जोडेर केहि मिडिया मार्फत भ्रामक समाचारहरु सम्प्रेषण भई रहेकोप्रति दुख ब्यक्त गरेकी छिन् । उनले भनेकी छिन् । श्वेताले माझी बस्तीबाट हात झिकिन् शिर्षकका ति भ्रामक समाचारहरुसंगै माझी बस्तीका केहि ब्यक्तिहरुसंग लिएको अन्तर्वार्तालाई इडिट गरेर एकिकृत बस्ती निर्माणको परियोजनालाईनै असर पर्ने खालका नकारात्मक सुचनाहरु सम्प्रेषित भईरहेका छन् । यसरी प्रकाशित र प्रसारित यी समाचारहरुको सत्यता र यथार्थतालाई यहाँहरु सामु स्पष्ट पार्न चाहन्छु । श्वेताले लेखेको लामो स्टाटस पढ्नुहोस् जस्ताको त्यस्तै

माझीबस्ती : यथार्थ र भ्रम
अहिलेका केहि दिनहरुमा निर्माणाधिन माझी बस्ती र श्वेताश्री फाउण्डेशन लाई जोडेर केहि मिडिया मार्फत भ्रामक समाचारहरु सम्प्रेषण भई रहेका छन् । ‘श्वेताले माझी बस्तीबाट हात झिकिन्’ शिर्षकका ति भ्रामक समाचारहरुसंगै माझी बस्तीका केहि ब्यक्तिहरुसंग लिएको अन्तर्वार्तालाई इडिट गरेर एकिकृत बस्ती निर्माणको परियोजनालाईनै असर पर्ने खालका नकारात्मक सुचनाहरु सम्प्रेषित भईरहेका छन् । यसरी प्रकाशित र प्रसारित यी समाचारहरुको सत्यता र यथार्थतालाई यहाँहरु सामु स्पष्ट पार्न चाहन्छु ।

३ बर्ष अगाडि माझी बस्ती निर्माणको लागी अगुवाई गर्ने जिम्मेवारीलाई आफ्नो काँधमा बोक्ने शाहस गरिरहँदा त्यो बेलामा मेरो अगाडी र पछाडी मलाई सहयोग गर्नेहरुको लर्को थिएन नत मसंग प्रसस्त धननै थियो । थियो त केवल आत्मविश्वास अनी शाहस । भुकम्पले क्षतविक्षत भएको माझी बस्तिलाई सम्बन्धित सरकारी निकायहरु लगाएत मनकारी दाताहरुसंग जोडीदिने एउटा कडीको रुपमा आफुले भूमिका निर्वाह गर्न सके मात्र पनि एउटा,शान्त र स्वर्गिय बस्ती ठडिन सक्छ भन्ने आत्मविश्वासले घचघच्याएको थियो मलाई । त्यस्कै परीणाम स्वरुप राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, बाग्मती प्रदेश सरकार लगायतका सरकारी निकाय र बिभिन्न बैकिङ्ग संस्था, मनकारी दाता तथा सहयोगी ब्यक्तिहरुसंगको हात्तेमालोले आज एउटा सुन्दर बस्ती निर्माणको कार्य अन्तिम अवस्थामा पुगिसकेको छ ।

भुकम्पले भाताभुङ्ग बनाएको उदास र उदेकलाग्दो त्यो अवस्थाबाट एउटा सुन्दर, शान्त र मनमोहक बस्तिको रुपमा यो बस्तिले आफ्नो स्वरुप धारण गरिसक्दाको अन्तिम अवस्थामा आएर ‘श्वेताले माझी बस्तीबाट हात उठाईन्’ भन्ने भ्रामक समाचार आउनु आँफैमा हास्यास्पद छ । मैले यस्लाई माझी बस्ती र म बिचको भावनात्मक सम्बन्धलाई चुँडाल्न खोज्ने कुटिल चालको रुपमा लिएको छु ।

ADVERTISEMENT

माझी बस्तीभित्रका केही ब्यक्तिहरुलाई क्यामेरा अगाडि उभ्याएर “श्वेताले भुकम्पबाट ढलेको बस्तीलाई उठाएर महापाप गरिछ” भन्ने सन्देश प्रवाह गर्न खोजिनुलाई मैले अनौठो रुपमा लिएकी छैन किनकी राम्रो भित्र नराम्रो खोतल्ने हाम्रो संस्कारनै हो । ५३ घरधुरी भित्र बस्ने ३२२ जना जनसंख्या मध्येबाट केही सिमित ब्यक्तिलाई क्यामेरा अगाडि उभ्याएर मलाई दोषी सावित गर्न खोजिदै गरेको सत्यलाई मैले बुझेकोछु । माझी बस्तीभित्रै रहेर पनि बस्ती निर्माणको कार्यमा असहयोग गर्ने, बिभिन्न कृतिम समस्याहरु खडा गरेर अगुवा युवाह्ररुलाई हतोत्साहित गर्ने अनी टोलका सबै मान्छेले मेहनतको पसिना चुहाउँदै गर्दा इट्टाको एउटा टुक्रा समेत नबोक्ने दुईचार ब्यक्तिहरुलाई छानीछनी अन्तर्वाता लिएर एकिक्रित बस्ती बिकासको कार्यलाई थकाउने, गलाउने र असफल बनाउने प्रयासहरु हुँदैछन्। यस्लाई माझीटोलका अधिकांस ब्यक्तिहरुले पनि राम्ररी बुझेकाछन- नपत्याए बस्ती निर्माणको काममा अहोरात्र खटिने स्थानिय युवाहरुको जमातलाई सोध्दा हुन्छ ।

मैले श्वेताश्री फाउण्डेशनको नाममा पैसा उठाएर विलासी जीवन बिताएको प्रतिकृयाहरुपनी देखेकोछु । तर जस्ले मलाई फाउण्डेशनको नाममा पैसा उठाएर त्यस्को गलत प्रयोग गरेको प्रमाणीत गर्छ त्यो प्रमाणित भएकै दिन जुत्ताको माला सहित कालो मोसो दलेर माझी बस्ती परिक्रमा गर्न तयारछु। तर फाउण्डेशनले कुन तरिका र कस्तो प्रकृयामा कार्य गरिरहेकोछ त्यसको बारेमा झिनो जानकारी समेत नलीई एकलौटी रुपमा आरोप लगाउनु कत्तिको जायज हो ? यही आरोपलाई झुटो सावित गर्नका निमित्त म यथासिघ्र प्रेस मिट आयोजना गर्नेछु र मलाई खेद्ने, लखेट्ने र बिचलित तुल्याउने खेलको सप्रमाण पर्दाफास गर्नेनैछु । हिजो माझी बस्तिले आर्थिक अभाव झेलेर निर्माणको काम रोक्किदै गर्दा चुईँक्कसम्म नबोल्नेहरु अहिले म तिर फर्किएर प्रश्न गर्दैछन ” तैले त्यो बस्तिमा के योगदान गरिस् ?” मैले बस्ती निर्माणको काम रोक्किदै गर्दा ब्यक्तिगत रकम रु ३२ लाख दिएर काम सुचारु गरेको छु ।

बिभिन्न दाताले घर बाहेकका पुर्वाधार निर्माणका लागि प्रदान गर्नु भएको आर्थिक सहयोगलाई पनि रिस्क लिएरै उपभोक्ता समितिको खाता मार्फत घर निर्माणकै कार्यमा उपलब्ध गराएको छु । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मार्फत माझीटोललाई बजेट मिलाउन प्रपोजलको फाइल बोकेर सयौ पटक सिहँदरवार धाएको छु । कैयौ मिटिङ्ग र झण्झटिलो कागजी प्रकृया पस्चात् मात्र माझिटोलमा सहयोगहरु पुगेको हो । बस्ती निर्माणका क्रममा आएका कैयन बाधाहरुसंग नडराइ अनी हरेश नखाई जुधेकोछु ।

जीवनमा कसैसंग हात फिंजाएर भिख नमाग्ने प्रण गरेकी मैले माझीटोलको लागि हात फैलाएकी छु, सहयोगको अपिल गरेकीछु तर आजका दिनसम्म कोही कसैलाई जोरजबर्जस्ती गरेर सहयोग दिन लगाएकी छैन । मैले दाताहरुलाई मेरो फाउण्डेशनको खातामा पैसा आउनु पर्छ भनेर कहिल्यै भनेकी छैन । माझिटोलकै उपभोक्ता समिती मार्फत डाइरेक्ट सहयोग गर्न अपिल गरेको छु । विश्वाश छैन भने स्ठानिय उपभोक्ताहरुको बैक खाता र हाम्रो बैक खाता केलाएर हेर्दा हुन्छ । हाम्रो खातामा लाखको कारोबार भएको देखिएला तर उपभोक्ता समितिको खातामा करोडौको कारोबार भएको देखिन्छ ।

यो परियोजना माझीटोललाई जबर्जस्ती लादिएको परियोजना होइन भन्ने बुझ्नलाई स्ठानिय उपभोक्ता समितीसंग भलाकुसारी गर्नु पर्नेहुन्छ । बस्ती निर्माण पुर्वनै ८ वटा घरको डिजाईनहरु मध्येबाट हालको डिजाइन रोज्ने स्थानियवासीनै हुन् । नेपाल सरकारबाट भुकम्प पीडितले अनुदान स्वरुप पाउने ३ लाख रकम भित्रै बाट बन्ने घरका डिजाईन पनि नदेखाइएको होइन तर त्यो रकमबाट बन्ने घर अतिनै सानो हुने र आकर्षक नदेखिने भन्दै स्थानियवासिहरुकै सहमतीमा हालको घरको डिजाइन तयार गरिएको हो ।

घर निर्माणको लागि प्राविधीकहरुले तयार गरेको अनुमानित लागत रु ८ लाख २५ हजार थियो । केही दाताहरुले ढोका लगायत जस्तापाता सहयोग गर्ने प्रतिवद्दता दिए अनुरुप सो सामाग्रीको मुल्य कटाएर ७ लाख मुल्यमा बनाउन सकिन्छ भनी अन्तिम लागत मुल्य निर्धारण गर्ने पनि स्थानीयवासी नै हुन् र घर निर्माणको सम्पूर्ण जिम्मेवारी बोक्ने पनि निर्माण समितिनै हो । सरकारी अनुदान बाहेक अन्य नपुग रकम रु ४ लाख रिण स्वरुप लक्ष्मी बैकबाट लिने भनेर साझा सहमती जुटाउने पनि स्ठानिय उपभोक्ता समितिनै हो । याद रहोस्, सरकारी अनुदान प्राप्त गरेका उपभोक्ताहरुलाई घर निर्माणको कार्यमा कुनै पनि संस्थाले आर्थिक सहयोग गर्न नपाउने प्रावधान छ ।

अत: यही प्रावधानलाई मध्यनजर गरी घर निर्माणको कार्यमा फाउण्डेसनको तर्फबाट जग्गा सम्याउने, प्राविधिक सहयोग गर्ने लगायत निर्माणको लागि आवश्यक ईकुपमेन्ट तथा औजारहरु सहयोग गर्ने भनी पुर्वसहमती भएकै हो । घर बाहेकका नयाँ पुर्वाधारहरु जस्तै बाटो, नाला, सामुदायिक भवन, बाल बगैँचा, स्वागतद्वार, वाटर फाउण्टेन र सेफ्टी ट्याँकी निर्माणको कार्यमा भने स्ठानिय जनताको आर्थिक सहयोग नलाग्ने गरी श्वेताश्री फाउण्डेशनले बिभिन्न निकायहरुसंग आवश्यक समन्वय गर्दै स्रोत जुटाउने भन्ने कुरामा सहमती जुटेकै हो । आजका दिनसम्म पनि सोही सहमती अनुसार कार्य भएकैछ । अत: घर निर्माणको पाटोमा ४ लाख रिण बोक्नु पर्छ भन्ने थाहा भएरै बस्ती निर्माणको लागि तयार हुने ५३ परिवार मध्येका केही ब्यक्तीले अहिले आएर आफुलाई ” नयाँ घर घाँडो भएको” भन्नु कत्ती सम्मको जायज हो ? सार्वजनिक निजी साझेदारी (Public-Private-Partnership ) मोडालिटी अनुरुप जनताको पनि लागानी रहने गरी तयार गरिएको एकिक्रित बस्ती बिकासको यो मोडल ‘दिगो बिकास’को सफल मोडल पनि हो ।

‘एनजिओहरुले सबै कुरा गरिदिनु पर्छ’ भन्ने परनिर्भरताको सोचलाई चिर्नको लागि जनताको सहभागीता र लगानीलाई आत्मसाथ गरिएको हो । ४ लाख रिण बोकेका माझी परिवारले रिण मात्रै देख्नु तर आफ्नो अचल सम्पत्तीको मुल्य बढेको नदेख्नु बिडम्बनापूर्ण छ । बस्ती निर्माणपुर्व २५ हजार आनामा बिक्री हुने जग्गाको मुल्य अहिले ९० हजार पुगेकोछ । ७ लाखमा बनेको घरलाई अहिले १२ लाख दिएर खरिद गर्न चाहनेहरुछन् । त्यसो त, माझिहरुले बोकेको रिणको भारी तिर्नको लागि ‘होम स्टे’को परीकल्पना गरिएको छ जस्ले स्वरोजगार सृजना भई आम्दानीको स्रोत हुनेछ र रिण तिर्नको लागि सहजता आउनेछ ।

यस्को लागि भौतिक पुर्वाधार निर्माणको सम्पूर्ण कार्य सकिनु जरुरी छ । अत: दुरगामी सोच बोकेको यो परियोजनाको मर्मलाई नबुझी यस्को बारेमा गलत अफवाह फैलाउन खोज्नु कत्तिको न्यायसंगत होला ? यतिखेर माझी टोलमा इट्टा र सिमेण्ट जडित भौतिक पुर्वाधारहरु मात्र बनेका छैनन् । बस्ती बन्दै गर्दा मानसिक रुपमा पनि शसक्त बन्दै गएका स्थानियवासिहरुले आफुमा आएको मानसिक र बौद्दिक बिकासको मुल्याँकन पनि गर्नु पर्ने हुन्छ । बनाएको घर भात्किन्छ तर मानसिक शसक्तिकरण कहिल्यै भत्किंदैन ।

अत: बन्दै गरेको माझी बस्तीलाई सम्पन्न गर्नु मेरो धर्म अनी कर्म हो । मैले अपिल गरेको आर्थिक सहयोग नजुटे पनि त्यो बस्तिलाई सम्पन्न गर्ने जिम्मेवारी मेरोनै हो । म मेरो जिम्मेवारीबाट विमुख हुनेछैन । ‘माझी टोलबाट हात झिकी’ भन्नेहरुलाई म एउटै सन्देश प्रवाह गर्न चाहन्छु ” जव सम्म मेरो श्वास चलिरहन्छ माझी बस्ती मेरो मन मस्तिस्कबाट हट्ने छैन ।” मेरो अतिम इक्ष्या “म मर्दा मेरो लाशको चिता पनि माझी बस्तीको आँगनमा रहेको इन्द्रावती बगरमा बनाईयोस् र मेरो अन्त्यष्टी त्यहीं गरिओस्।
उही तपाईंकी छोरी /चेली
श्वेता खड्का

Share203Tweet127Share51
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

द भ्वाइस अफ नेपालमा १७ वर्षकी यि सुन्दरीले गाउँदा देखियो अहिलेसम्मकै भिन्न माहोल, म नै भ्वाइस जित्छु भन्ने यि सुन्दरीलई राजु, प्रमोद र तृष्णा सबै चुप लाग्नुको कारण यस्तो, हेर्नुहोस् भिडियो
मनोरञ्जन

द भ्वाइस अफ नेपालमा १७ वर्षकी यि सुन्दरीले गाउँदा देखियो अहिलेसम्मकै भिन्न माहोल, म नै भ्वाइस जित्छु भन्ने यि सुन्दरीलई राजु, प्रमोद र तृष्णा सबै चुप लाग्नुको कारण यस्तो, हेर्नुहोस् भिडियो

द भ्वाइस अफ नेपालको आजको कार्यक्रममा पहिलो प्रतिस्पर्धीले गाए लगत्तै भयो खो साखोस
मनोरञ्जन

द भ्वाइस अफ नेपालको आजको कार्यक्रममा दोस्रो प्रतिस्पर्धीलाई तृष्णाले तिमी मेरै लागि जन्मिएका सि पाही हौ, तिमीलाई म माया गर्छु भनेपछि हुटिगं सुरु भयो हेर्नुहोस् भिडियो

Auto Draft
मनोरञ्जन

द भ्वाइस अफ नेपालको आजको कार्यक्रममा पहिलो प्रतिस्पर्धीले गाए लगत्तै भयो खो साखोस

द भ्वाइस अफ नेपालमा देखियो कहिल्यै नदेखिएको दृश्य
मनोरञ्जन

आजको ‘दि भ्वाइस अफ नेपाल’मा बिजय लामाले हँसाउनु हँसाए

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!