काठमाडौं- बाँदर रुखमा चढेको त हामीले देखेका नै छौँ । तर के तपाईले बाख्रा पनि बाँदरझैँ रुखमा चढेको देख्नुभएको छ ? देख्ने त कुरै छोडौँ सुुन्नु पनि भएको छैन होला ।सामान्यतया हामीले पालेका बाख्रा त्यसरी रुख चढ्न सक्दैनन् । तर अफ्रिकी देश मोरक्कोमा पाइने एउटा विशेष जातको बाख्रा भने बाँदरझैँ रुखमा चढ्ने गर्दछ । रुखमा चढ्न बाहिर त्यस प्रजातिका बाख्राहरुले रुखमा फलेका फलहरु खान्छन् ।
उक्त जातको बाख्राको मल अर्थात् बड्कौँला धेरै नै महंगो हुन्छ । उक्त जातको बाख्राको बड्कौँला बेचेरै किसानहरुले करोडौँ कमाउने गर्दछन् ।बाख्राको बड्कौँला बेचेर करोडौँ कमाउने भनेपछि तपाईलाई आश्चर्य लाग्न सक्छ । बाख्राको बड्कौँला विशेष मल हुने कारणले गर्दा धेरै महंगो हुने गरेको हो ।
दक्षिण पश्चिमी मोरक्को तथा अल्जेरियाका केही क्षेत्रमा आर्गन भन्ने वनस्पती पाइन्छ । उक्त वनस्पतीको फल बाख्राले निकै मीठो मानेर खान्छ ।फल खाइसकेपछि त्यसको गुदी त बाख्राले पचाउँछ तर बिज भने पचाउन सक्दैन र बड्कौँलासँगै बाहिर आउँछ । किसानहरुले बाख्रो बड्कौँला जम्मा गर्छन् र त्यसबाट फलका बिज छुट्टाउँछन् ।बड्कौँलामा पाइने फलका बिजबाट तेल निकालिन्छ । आर्गनको तेल कस्मेटिक उद्योगमा निकै महंगोमा बिक्दछ र एक लिटर तेलको १ लाख रुपैयाँ भन्दा बढि मूल्य पर्दछ ।
नागरिकताको अधिकार स्थानीय सरकारलाई दिन माग
नेपाली नागरिकले सहजरुमा नागरिकता नपाउने समस्या समाधानका लागि स्थानीय सरकारलाई नै नागरिकता दिने गरी अधिकार दिनुपर्नेमा जोड दिइएको छ ।महिला, कानून र विकास मञ्चले आज आयोजना गरेको सन् २०२० मा गरेका वार्षिक कामको सामाजिक परीक्षणका अवसरमा काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकारले वडाले सबै बुझेर गर्ने सिफारिसका आधारमा प्रशासनले नागरिकता नदिने गरिएकाले समस्या समाधान हुन नसकेको बताउनुभयो ।
नागरिकता समस्या समाधान गर्ने हो भने वडा कार्यालयलाई नै क्षमता विकास गरेर नागरिकता दिन सक्ने गरी सक्षम बनाएर अधिकार दिनुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा महानगरपालिकाका सामाजिक विकास विभाग प्रमुख दीपक अधिकारीले लैङ्गिक हिंसामा संवेदनशील भएर काम गर्ने अवस्था आएको बताउनुभयो । स्थानीय तहका न्यायिक समितिलाई सक्षम बनाउन मञ्चजस्ता संस्थाले काम गर्नुपर्ने उहाँको सुझाव थियो ।
राष्ट्रिय महिला आयोगकी उपसचिव लक्ष्मी पराजुलीले सामाजिक परीक्षण संस्थाको पारदर्शिताको प्रक्रिया भएकाले यसलाई सबै सरकारी एवं गैह्रसरकारी संस्थाले निरन्तरता दिनुपर्ने बताउनुभयो । आयोगले देवानी र फौजदारी संहितामा महिला अधिकारका विषयमा अध्ययन गरिरहेको जानकारी दिनुभयो ।
बलात्कारका घटना बढ्न थालेपछि आयोगले चालु आर्थिक वर्षमा यससम्बन्धी कार्यक्रम नै राखेको जनाएको छ । बलात्कारका घटनाविरुद्ध सबै एकजुट भएर आवाज उठाउनुपर्नेमा उपसचिव पराजुलीले जोड दिनुभयो ।
यो पनि पढ्नुहोस्
रासस समाचार प्रभावः बालबालिकालाई पत्रकार बानियाँद्वारा शैक्षिक सामग्री सहयोग
हुम्लाको सिमकोट गाउँपालिका वडा नं ७ डाँडाफयाको चुकेडी गाउँमा रहेका दाउरा बिक्री गर्ने बालबालिकालाई पत्रकार राजेन्द्र बानियाँले सहयोग गर्नुभएको छ । यही माघ २३ गते परेको हिमपातपछि माघ २४ गते कापी, कलमलगायत घरखर्च चलाउनका लागि बाक्लो हिउँमा दाउरा बिक्री गर्न सदरमुकाम सिमकोट पुगेका बालबालिकालाई पत्रकार बानियाँले आज सहयोग गर्नुभएको हो । पत्रकार बानियाँ हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्न संचालक हुनुहुन्छ ।
माघ २५ गते राष्ट्रिय समाचार समितिद्वारा ‘घरखर्च चलाउन दाउरा बेच्दै’ शीर्षक समाचार र तस्वीर प्रकाशन भएपछि पत्रकार बानियाँले ती बालबालिकाको दुःख देखेर रु ३० हजार रासस समाचारदाता दाने बोहरालाई पठाउनुभएको थियो ।
सो रकमबाट १, ३, ४ र ५ कक्षामा अध्ययनरत बालबालिकालाई एक वर्षका लागि पुग्ने १४ प्रकारका शैक्षिक सामग्री किनेर हस्तान्तरण गरिएको हो । बालबालिकालाई कापी, कलम, ज्यामिति बक्स, क्याल्कुलेटर, रङ, डटपेन, सिसाकलम, सामान्यज्ञानको पुस्तक, खेल सामग्री, झोला, जुत्ता, विद्यालय पोशाकलगायत सामान दिइएको हो ।
हुम्ला उच्च हिमाली भएकाले त्यो दिन हिउँ बाक्लो परे पनि ती बालबालिकाले आफ्नो खर्च चलाउनका लागि दाउरा बिक्री गर्न सदरमुकाम सिमकोट पुगेका थिए । ती बालबालिकाका साथै वडा नं ७ डाँडाफया गाउँका प्रायः सबै बालबालिका आफ्नो खर्च चलाउनका लागि सार्वजनिक बिदाको दिन र शनिबार दाउराको भारी बोकेर सिमकोट आउने गरेका छन् ।
गाउँबाट सदरमुकाम सिमकोट पुगेका बालबालिकाले एक भारी दाउराको रु पाँच सयदेखि रु एक हजारसम्ममा बिक्री गरेर बेलुका घर फिर्ता हुने गर्छन् । आफ्ना बालबालिकालाई शैक्षिक सामग्रीदेखि अन्य सहयोग गरेकामा अभिभावक पिउली सुनारले धन्यवाद दिनुभयो । सामग्री पाउँदा बालबालिकाले खुशी भई पत्रकार बानियाँलाई धन्यवादसमेत दिएका छन् ।