एजेन्सी । नोभेम्बर २५ बलिउड कलाकार राखि सावन्तको जन्मदिन हो । बलिउडमा राम्रो नतर्कीका रुपमा सबैले राखी सावंतलाई चिन्छन्। उसको धेरै फ्यान छन् । आज राखीलाई कुनै अभाव छैन । नाम दाम सबै छ । तर थोरैलाई मात्र थाहा छ कि राखीको बाल्यकाल निकै अभावमा वितेको थियो ।
राजीव खंडेलवालको शो भावनामा राखीले उनको बाल्यकालको बारेमा बताएकी छन् । आफ्नो बाल्यकालका बारेमा बताउँदा उनका आँखा भरिएका थिए । बाल्यकालमा कति समस्या भोगिन् त्यो कल्पना गर्न पनि सकिदैन । उनको आजको सफलतालाई लिएर उनको बाल्यकाल त्यस्तो थियो होला भन्ने कल्पना गर्न सकिन्न । राखीको वास्तविक नाम नीरू भेरा हो।
आफ्नो बाल्यकालको बारेमा कुरा गर्दै, राखीले भनेकी थिई( ुमेरो हात काँप्छन्, वास्तविकता बताउन मेरो मनले मान्दैन । मैले धेरै गरिबी देखे। यति गरिबी कि जब म आमाको पेटमा थिएँ, मेरी आमाले इट्टा र ढुंगामा खाना पकाउँनुहुन्थ्यो। म यस्तो गरिब परिवारकी छोरी हुँ ।राखीले अगाडी भनिन्, आमा भन्छिन् जब म सानो थिए, हामीसँग खानेकुरा थिएन। छिमेकीहरूले खानेकुरा बाहिर फ्याँक्थे त्यो खानेकुरा आमाले ल्याउनु हुन्थ्यो अनि हामी त्यही खान्थ्यौ ।
ुजब म ठूलो भएँ, म आमालाई मैले म स्कूल जान्छु भने । तर त्यो सम्भव थिएन । ुमलाई बाल्यकालदेखि नै अभिनय र नृत्यको एकदमै मनपर्ने थियो। तर मेरो परिवारमा यो खासै मन पराइएन। मेरो कुनै गॉडफादर थिएन। म पढे लेखेको पनि थिइन् । म इन्डस्ट्रीमा आउँदा मलाई केहि पनि थाहा थिएन। मलाई अभिनय थाहा थिएन।तर नायिका हुनु पर्ने थियो। म फिल्म उत्पादकका साथ फोटो लिने गर्थे, उनीहरू कोठा भित्रबाट एक्लै अभिनय गर्थे।
उत्पादित विद्युत् खेरः अनियमित हुँदा उपभोक्ता मारमा
–भोजराज कार्की
हिमाली जिल्ला सोलुखुम्बुमा विगत दुई महिनायता भइरहेको विद्युत् कटौतीले उपभोक्ता मारमा परेका छन् ।
दैनिकजसो विद्युत् अनियमितताका कारण यहाँका उपभोक्तालाई निकै हैरानी हुन थालेको बताइएको छ । पूर्व सूचनाबिना विद्युत् कार्यालयले पटकपटक विद्युत् कटौती गर्न थालेपछि स्थानीयवासी आक्रोशित हुन थालेका छन् । विद्युत् अनियमितका कारण त्यहाँका आम उपभोक्तदेखि व्यवसायी बढी मारमा परेको बताइएको छ ।
“दैनिक विद्युत् अनियमितताका कारण मिल व्यवसायी र हामी बढी मारमा परेका छौँ”, स्थानीयवासी गेहेन्द्र राईले भन्नुभयो, “मिनेटमिनेटमा बिजुली बत्ती आउने र जाने समस्याले स्थानीयवासीले दुःख पाइरहेको छ । यस सम्बन्धी गुनासो विद्युत् प्राधिकरणमा खबर गर्दा पनि सुनुवाइ नभएको उहाँको भनाइ छ । साँझ र बिहानपख तालीकाबिना लोडसेडिङ हुँदा घरेलु उपभोक्ता बढी समस्यामा परेका छन् ।
अत्यधिक चिसोका कारण त्यसबाट बच्नका लागि यहाँका गाउँवासीले दाउराको प्रयोग गर्छन भने सदरमुकामवासीले विद्युतीय हिटरको प्रयोग गर्छन् । पुस, माघ महिनाको चिसोबाट बच्नका लागि सरकारी कार्यालयका कार्मचारीलेसमेत विद्युतीय हिटरको प्रयोग गर्नु बाध्यता नै हो । समयको परिवर्तनसँगै सदरमुकामवासीले दाउराको एकदमै कम प्रयोग गर्ने गरेका छन् । जिल्लामा विद्युत्को खपत बढेसँगै सल्लेरी च्याल्सा विद्युत् कम्पनीको सेवासमेत अनियमित बनेको छ । क्षमताभन्दा बढी खपत हुन थालेपछि बारम्बार विद्युत् सेवा अवरुद्ध हुने गरेको कम्पनीले जनाएको छ ।
कम्पनीका रामेश्वर मास्केका अनुसार चिसोमा विद्युतीय सामग्रीको बढी प्रयोग हुँदा मेसिन नै बन्द हुने गरेको छ । चिसोबाट बच्नका लागि उपभोक्ताले हिटरको प्रयोग बढी गर्दा लोड धान्न नसकेको उहाँको भनाइ छ । सोलुदूधकुण्ड नगरपालिकाको वडा नं ४, ५, ६ र ७ का करीब दुई हजार १०० बढी उपभोक्ताले दैनिक तीन घण्टा विद्युत्भार कटौतीको मार खेप्नुपरे पनि अन्य समयमा समेत आपूर्ति बन्द हुँदा समस्या भएको स्थानीयवासीको भनाइ छ ।
विद्युत् आउने जाने हुँदा होटल÷पसल सञ्चालकदेखि जिल्ला अस्पतालको सेवासमेत प्रभावित हुने गरेको छ । विद्युत् कटौतीको तालिकाबाहेक पनि दिनभरजसो विद्युत् सेवा बन्द हुँदा जिल्ला अस्पताल फाप्लुको प्रयोगशाला सेवासमेत प्रभावित बन्ने गरेको अस्पतालकी निमित्त प्रमुख शानी शेर्पाले बताउनुभयो । अस्पतालमा व्याकपकोसमेत राम्रो प्रबन्ध नभएको हुँदा ल्याब सेवा नै ठप्प बन्ने गरेको उहाँको भनाइ छ । उहाँका अनुसार अस्पतालमा वैकल्पिक विद्युत्को व्यवस्था नहुँदा ल्याब र अक्सिजन सेवासमेत प्रभावित बनेको छ । उपकरण सञ्चालनका लागि च्याल्सा विद्युत् कम्पनीकै भरपर्ने अस्पतालमा असहज हुने गरेको बिरामी नानुमाया कार्कीले बताउनुभयो ।
बारम्बार विद्युत् अवरुद्ध हुँदा विद्युतीय सामग्रीसमेत चाँडै बिग्रने समस्या रहेको गेहेन्द्र मोबाइल पसलका सञ्चालक गेहेन्द्र राईको भनाइ छ । कम्प्युटरको पावर सप्लाइ चाँडै बिग्रने समस्याले हैरान बनेको उहाँले बताउनुभयो । यस्तै सल्लेरीमा सञ्चालित टेलरिङ सेन्टरसमेत विद्युत्मा भर पर्दा समस्या भएको पसल सञ्चालकको भनाइ छ । ए वान टेलरिङ सेन्टर सल्लेरीका प्रोपाइटर विक्रम हिङमाङले ग्राहकलाई समयमा नै सेवा दिन नसक्दा गाली खानुको विकल्प नभएको बताउनुभयो । कपडा सिलाइका लागि निश्चित समय तोकेर पठाएका ग्राहकलाई भनेको बेला उपलब्ध गराउन नसक्दा ग्राहकसमेत रिसाउने गरेको समस्या रहेको हिङमाङको भनाइ छ ।
विद्युत् अनियमितताका कारण एफएम रेडियो तथा पत्रपत्रिका पनि समयमा प्रकाशन तथा प्रशारण हुन नसकेको स्थानीय पत्रकारको भनाइ छ । पछिल्लो समय विद्युत् अनियमितका कारण व्यवसायी, बैंक, सहकारी, गैरसरकारी कार्यालयका काम कारवाहीमा असर पुगेको बताइएको छ । कम्पनीका अनुसार चिसोले गर्दा विद्युत्को माग बढी तथा उत्पादन कम भएका कारण विद्युत् अनियमितता भएको र यो समस्या चाँडै समाधान हुनेछ
उत्पादित विद्युत् उपभोगबाट सोलुवासी वञ्चित
सदरमुकाम नजिकैबाट बग्ने सोलुखोलामा उत्पादित विद्युत्बाट बञ्चित बनेका सल्लेरीवासी दैनिक तीन घण्टा विद्युत् भार कटौती खेप्न बाध्य बनेका छन् । सोलु खोलामा मात्रै पाँच वटा हाइड्रोपावर निर्माणाधीन अवस्थामा छ भने माथिल्लो सोलु खोला २३ दशमलव पाँच मेगावाटले उत्पादन नै शुरु गरेका छन् । बेनी हाइड्रोपावर, तल्लो सोलु खोला जलविद्युत् आयोजना र सोलु खोला दूधकोशी जलविद्युत् आयोजनाको काम ६० प्रतिशतदेखि ९० प्रतिशतसम्म सम्पन्न भइसकेको सम्बन्धित कम्पनीले जनाएको छ ।
माथिल्लो सोलु खोला जलविद्युत् आयोजना २३ दशमलव पाँच मेगावाटलेसमेत सोलु करिडोर १३२ केभी प्रशारण लाइनको काम समयमा नै सम्पन्न नहुँदा क्षमताअनुसार उत्पादन गर्न नसकेको आयोजनाका जनसम्पर्क अधिकृत बद्रीमाण श्रेष्ठले बताउनुभयो । नेपाल विद्युत् प्राधिकरणको ११ केभी प्रशारण लाइनमार्फत करीब पाँच मेगावाट विद्युत् तिङ्ला सवस्टेशनबाट रुम्जारटार सवस्टेशनमा जोडिएको उहाँको भनाइ छ । पाँच पटक म्याद थप गरेको सोलु करिडोरको काम अझै केही महिना लाग्ने आयोजना प्रमुख जनार्दन शर्माले बताउनुभयो । करिडोरकै कारण एकातिर उत्पादित विद्युत् खेर गएको छ भने अर्कोतिर सोलुवासी भने अन्धकारमा बस्न बाध्य छन् ।
नेपाल विद्युत् प्राधिकरणको सवस्टेशन तिङ्लादेखि बेलीडाँडा हुँदै अप्पर सोलु हाइड्रो पावर कम्पनीको ११ केभी पोलमा जडान गरी सल्लेरी च्याल्सा विद्युत् कम्पनीको पावर हाउसमा विद्युत् ल्याएपछि विद्युत् भार कटौती अन्त्य गर्ने योजना भए पनि सम्बन्धित कम्पनीले समयमा नै काम शुरु गर्न नसकेको सोलु दूधकुण्ड नगरपालिका– ७ का वडाध्यक्ष लालमान श्रेष्ठले बताउनुभयो । तिङ्ला सवस्टेशनदेखि सल्लेरी च्याल्सा विद्युत् कम्पनीसम्म विद्युत् लाइन विस्तारका लागि सिग्मा कोण प्रालीले गत वर्ष नै जिम्मा पाएको भए पनि निर्माण सम्पन्न गर्नुपर्ने कार्यावधि दुई महिना बाँकी हुँदासमेत काम शुरु नगरेको भन्दै सोलु दूधकुण्ड नगरपालिका–६ का वडाध्यक्ष रामकुमार श्रेष्ठले तत्काल काम अगाडि बढाउन निर्देशन दिएको बताउनुभयो ।
तोकिएको समयमा काम सम्पन्न गरी उज्यालो अभियानलाई अघि बढाउन कुनै पनि समस्या आएमा आफूहरु समाधान गर्न तयार रहे पनि निर्माण कम्पनीले समन्वय नगरेको उहाँको भनाइ छ । सोलुखुम्बुलाई राष्ट्रिय विद्युत् प्रसारण लाइनमा जोडिएको करीब एक वर्ष पूरा भएको छ । सोलु दूधकुण्ड नगरपालिका वडा नं ८ र ११ का केही घरधुरीबाहेकमा विद्युत् विस्तारको काम धमाधम भइरहेको विद्युत् प्राधिकरण वितरण केन्द्र सोलुखुम्बुले जनाएको छ ।
सल्लेरी च्याल्साको प्रतिबद्धता पूरा भएन
नेपालको राजधानी काठमाडौँमै १८ घण्टासम्म विद्युत् भार कटौती हुने गरेको थियो । तर २०७५ वैशाख ३१ गते देशलाई विद्युत्भार कटौतीमुक्त घोषणा गरियो । विद्युत्भार कटौतीको अन्त्य भएपछि नेपालीको मुहारमा खुशियाली छाए पनि सोलुखुम्बुवासीका लागि त्यो खुशीले छुन सकेन ।
जिल्लामा उत्पादित सयौँ किलोवाट विद्युत् खेर जाने भए पनि उपभोक्ता भने अन्धकारमा बस्न बाध्य हुनु दःुखद् भएको सोलु दूधकुण्ड नगरपालिका– ११ का प्रेम बस्नेतले बताउनुभयो । सल्लेरी च्याल्सा विद्युत्को सेवाबाट दिक्क बनेका उपभोक्ताले कार्यालय परिसरमा पुगेर सेवा गुणस्तरीयताका सम्बन्धमा नारा जुलुस नै गरे । राष्ट्रलाई विद्युत्भार कटौती बनाइएको अवस्थामा समेत यहाँका उपभोक्ताले दैनिक तीन घण्टाभन्दा बढी अध्याँरोमा बस्नुपर्ने बाध्यता हटाउने भन्दै जनप्रतिनिधिले बारम्बार आश्वसन नदिएको पनि होइन ।
आश्वसनले मख्ख परेका उपभोक्ताको धैर्यताको बाँध टुटेको भन्दै यही पुस २७ र २८ गते सोलु दूधकुण्ड नगरपालिका वडा नं ७ र ८ का वडाध्यक्षसहित सयौँ उपभोक्ताले सल्लेरी च्याल्सा विद्युत् कम्पनी उपभोक्ता समितिको ध्यानाकर्षणसमेत गराउनुभयो । सञ्चालक समितिले उपभोक्तालाई एक महिनाभित्र विद्युत् भार कटौती अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो । तर भारतबाट सामग्री ल्याउन समय लागेको भन्दै कम्पनीका अध्यक्ष डा मिङ्मार ग्याल्जेन शेर्पाले फागुनको पहिलो हप्तादेखि विद्युत् भार कटौती अन्त्य हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
टेउवामा खुला आधुनिक मूर्तिकला सङ्ग्रहालय बन्दै
पर्यटन पूर्वाधार निर्माण तथा पर्यटनउपज विकास साझेदारी कार्यक्रमअन्तर्गत गलकोट नगरपालिका–५ टेउवामा निर्माणाधीन खुला आधुनिक मूर्तिकला सङ्ग्रहालय बन्ने भएको छ । यसका लागि रु सात करोड बजेट विनियोजन भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गलकोट नगरपालिकाको लागत साझेदारीमा सङ्ग्रहालय निर्माण तथा पर्यटकीय लेक घुम्टेसम्म सडक पहुँच विस्तारका लागि लागि सो बजेट छुट्टिएको हो । मन्त्रालयले बिहीबार गरेको निर्णयअनुसार उक्त आयोजना छनोटमा परेको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रालयको रु चार करोड ५५ लाख र नगरपालिकाको रु दुई करोड ४५ लाखको लागत साझेदारीमा पूर्वाधार निर्माणको काम अगाडि बढ्नेछ ।
“मूर्तिकला सङ्ग्रहालयमा पर्यटकीय पूर्वाधार निर्माणसँगै घुम्टे जोड्ने सडकको स्तरान्नति गरिनेछ, यही वर्षदेखि काम शुरु हुन्छ”, नगरप्रमुख गैरेले भन्नुभयो । आयोजना पार्न गलकोट नगरपालिका, गलकोट घुम्टे कला प्रतिष्ठानलगायतले पहल गरेका थिए । प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाले मूर्तिकला सङ्ग्रहालयका लागि सरकारी तवरबाट महत्वपूर्ण सम्बोधन भएको बताउनुभयो । “विस्तृत आयोजना प्रतिवेदनअनुसार सङ्ग्रहालय निर्माणको काम अगाडि बढ्छ”, उहाँले भन्नुभयो । प्रतिष्ठानको आयोजनामा गत वर्ष फागुनमा भएको अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालामा कुँदिएका १५ मूर्ति सङ्ग्रहालयमा प्रतिस्थापन गरिसकिएको छ ।
कार्यशालामा नेपालसहित १० देशका १५ प्रसिद्ध कलाकारले ढुङ्गाका मूर्ति कुँदेका थिए । मूर्तिकारले ढुङ्गामा प्रकृति, जीवनचक्र, संस्कृति, सभ्यताबारे मूर्त, अर्धमूर्त र अमूर्त कला भरेका थिए । सङ्ग्रहालयमा बगैँचा, फुटपाथ, प्रवेशद्वार निर्माणलगायतका काम अगाडि बढाइएको छ । मूर्तिको शीर्षक दिने, विवरण राख्ने, साजसज्जादेखि थुप्रै संरचना निर्माण गर्न बाँकी नै रहेको प्रतिष्ठानले जनाएको छ ।
कार्यशालामा सहभागी मूर्तिकारको कला र व्यक्तित्व समेटेर पुस्तिका निकाल्ने, दाताको शिलालेख राख्नेलगायतका योजना पनि प्रतिष्ठानले अघि सारेको छ । कार्यशालास्थलमा घेराबार, शौचालय, सडक, बिजुली, खानेपानी पु¥याउने काम यसअघि नै भइसकेको छ । मूर्तिकला सङ्ग्रहालयलाई पर्यटकीय र सांस्कृतिक महत्वको सम्पदास्थल बनाउने लक्ष्य लिइएको छ ।
मूर्तिकला सङ्ग्रहालयका लागि झण्डै रु १२ करोड खर्च लाग्ने अनुमान गरिएको छ । कार्याशालास्थलका लागि स्थानीयवासीले झण्डै ३० लाख मूल्यको २५ रोपनी जग्गा निःशुल्क दिएका थिए । कार्यशाला सम्पन्न गर्ने बेलासम्म रु दुई करोड ३० लाखभन्दा बढी खर्च भइसकेको प्रतिष्ठानले जनाएको छ । सङ्ग्रहालय निर्माणमा सङ्घ, प्रदेश, स्थानीय सरकारको बजेटसहित जनसहभागिता पनि जुटाइएको छ । सङ्ग्रहालयलाई पर्यटकीय लेक घुम्टेसँग जोड्ने सडक निर्माणले पनि गति लिएको छ । टेउवादेखि तल्लो र उपल्लो घुम्टेबीचको देउरालीसम्म सडक पु¥याउन तीन वर्षअघि काम थालिएको थियो ।
साझेदारी कार्यक्रममार्फत छुट्टिएको बजेटबाट उक्त सडक निर्माण र स्तरोन्नतिको काम हुने नगरपालिकाले जनाएको छ । तीन किमि सडक बनेको र दुई किमिमा मार्ग खोल्न बाँकी रहेको निर्माण समितिले जनाएको छ । पहिलो वर्ष गलकोट नगरपालिकाको रु आठ लाख बजेटबाट एक हजार ७०० मिटर सडक खनिएको थियो ।
गत वर्ष सङ्घको पर्यटन मन्त्रालयबाट आएको रु १३ लाख बजेटबाट थप एक किमीमा काम भएको समितिका अध्यक्ष झङ्कबहादुर बस्नेतले बताउनुभयो । चालु आवमा पनि सोही मन्त्रालयकै रु सात लाख बजेटबाट काम भइरहेको उहाँको भनाइ छ ।