निकै नै सु’न्दर एक यु’वतीको बा’थरुम भिडियो संसारभर भा’इरल बनेको छ । ति यु’वतीले बा’थरुममा छि’रेपछि के-के गरिन्, त्यो सबै एक गो’प्य क्या’मेरामा कै’द गरिएको थियो । एक यु’वती बा’थरुममा प्रवेश गर्छिन् । ढोका बन्द गर्छिन् । त्यसपछि पालैसँग तल-माथिको दुवै क’पडा खोलेर झु’ण्ड्याउँछिन् । अब उनको श’रीरमा ब्ल्याक वान पिस ड्रेस मात्र बाँकी रहन्छ । त्यो पनि खो’ल्न लागेजस्तो ग’र्छिन् ।
पूरा भिडियो हेर्न तलको लिङकमा क्लिक गर्नुहोला ***
निकै नै सु’न्दर एक यु’वतीको बा’थरुम भिडियो संसारभर भा’इरल बनेको छ । ति यु’वतीले बा’थरुममा छि’रेपछि के-के गरिन्, त्यो सबै एक गो’प्य क्या’मेरामा कै’द गरिएको थियो । एक यु’वती बा’थरुममा प्रवेश गर्छिन् । ढोका बन्द गर्छिन् । त्यसपछि पालैसँग तल-माथिको दुवै क’पडा खोलेर झु’ण्ड्याउँछिन् । अब उनको श’रीरमा ब्ल्याक वान पिस ड्रेस मात्र बाँकी रहन्छ । त्यो पनि खो’ल्न लागेजस्तो ग’र्छिन् । *** पूरा भिडियो हेर्न तलको लिङकमा क्लिक गर्नुहोला ***
सामाजिक सुरक्षा भत्ताले ज्येष्ठ नागरिक खुशी
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जोरायल गाउँपालिकाका सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिक खुशी भएका छन् । कोरोना कहरले समस्या भएको भन्दै ज्येष्ठ नागरिकलाई घरैमा भत्ता दिनु भन्ने गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाको निर्देशनपछि गाउँपालिकाका सबै वडा कार्यालयले अहिले घरैमा सामाजिक सुरक्षा भत्ता प्रदान गर्न थालेपछि उनीहरू खुशी भएका हुन् । गाउँपालिकाको छवटै वडाका ज्येष्ठ नागरिकलाई घरैमा भत्ता दिनु भन्ने निर्देशन दिइएको छ । गाउँपालिकाभर कम्तिमा तीन हजारको सङ्ख्यामा सामाजिक सरक्षा, एकल तथा वृद्ध भत्ता पाउने नागरिक छन् । वृद्ध उमेर तथा कोरोना कहरले घरबाट बाहिर निस्किन नसकेका तथा वडा कार्यालयमा आउँदा जाँदा दिनभरी हिड्न बाध्य हुने ज्येष्ठ नागरिकलाई घरैमा भत्ता दिन थालिएपछि यहाँका ज्येष्ठ तथा एकल महिलामा खुशियाली छाएको जोरायल गाउँपालिका–६ निरौलीका स्थानीय चक्रबहादुर बोहराले बताउनुभयो ।
घरैमा आएर सामाजिक सुरक्षा भत्ता प्रदान गर्न थालेपछि आफूहरूलाई निकै राहत भएको वडा नं ५ गड्सेराकी ७५ वर्षीया महिला सञ्जा पातलीले बताउनुभयो । उहाँ जस्तै सहाराविहीन भएका एकल महिला, वृद्धवृद्धालाई सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता घरैमा पाउन थालेपछि निकै खुशी हुँदै धन्यवादसमेत दिन थालेका छन् । कोरोना जोखिमबाट जोगिन सम्पूर्ण सावधानी अपनाउँदै यहाँका जनप्रतिनिधि, कर्मचारीसहित आफैँ खटिएर भत्ता वितरण गर्दै आउनु भएको छ । वडाभरीमा रहेका सामाजिक सुरक्षा भत्ता पाउँदै आएका वडावासीलाई रकम अभावमा समस्या भएको जानकारी आएपछि घरैमा सामाजिक सुरक्षा भत्ता वितरण गरिन थालिएको वडा नं ५ को कार्यालय गड्सेराले जनाएको छ । जिल्लासहित उक्त वडाभरीमा कारोना जोखिम कायमै रहेका उक्त वडाका वृद्धवृद्धा तथा एकल महिलालाई वडा कार्यालयसम्म आएर सामाजिक सुरक्षा भत्ता लिन गाह्रो भएको भन्ने खबर आएपछि आफूहरुले सो कदम चालेको वडाध्यक्ष ध्वजबहादुर देउवाले बताउनुभयो ।
वडाध्यक्ष देउवाले घरमै आएर वृद्ध तथा एकल महिला भत्ता दिन थालेपछि सो वडाका ज्येष्ठ नागरिकलाई दुःख हट्नुका साथै सहयोगसमेत मिलेको र वडाध्यक्ष देउवालाई धन्यवादसमेत दिन थालेको स्थानीयवासी तथा महेन्द्र आधारभूत निमाविका शिक्षक प्रकाश रावलले बताउनुभयो । उक्त वडामा मात्रै कम्तीमा पनि ८०० जनाको हाराहारीमा सामाजिक सुरक्षा भत्ता लिने व्यक्ति रहेको बताइएको छ ।
एकाएक प्रधानमन्त्री हटाउन खोजेपछि प्रतिनिधिसभा विघटन : मन्त्री रायमाझी
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जनसङ्गठन इञ्चार्ज टोपबहादुर रायमाझीले आफ्नै पार्टीका प्रधानमन्त्रीलाई एकाएक हटाउन खोज्दा प्रतिनिधिसभा विघटन गर्ने अवस्था आएको बताउनुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री रायमाझीले प्रेस सङ्गठन नेपाल लुम्बिनी प्रदेश कमिटीले आज बुटवलमा आयोजना गरेको प्रदेश भेलाको उद्घाटन गर्दै पार्टी एकताको म्याण्डेटअनुसार सबै निर्णय सहमतिमा गर्ने भनिए पनि दाहाल–नेपाल समूहले पदीय लोभका कारण सहमतिविपरीत कार्यहरु गरेर सरकालाई अप्ठ्यारोमा पार्ने काम गरेपछि प्रधानमन्त्रीले बाध्य भएर प्रतिनिधिसभा विघटन गरी जनतामा जाने निर्णय गरेको धारणा राख्नुभयो ।
उहाँले विपक्षीसँग मिलेर आफ्नै पार्टीका नेताले प्रधानमन्त्रीलाई प्रहार गर्ने काम भएको बताउँदै त्यस्ता गलत क्रियाकलापले नेकपाको दाहाल–नेपाल समूहलाई सडकमा पु¥याएको बताउनुभयो । “मैले उहाँहरुका गलत क्रियाकलापलाई नजिकबाट हेरेको छु । धेरैपटक सचेतसमेत गराएको छु तर मान्नुभएन”, उहाँले भन्नुभयो, “कि आफैँ जान्नुपथ्र्यो, कि भनेको मान्नुपथ्र्यो, अब सडकमा चिच्याएर केही हुन्न ।”
दाहाल–नेपाल समूहले सरकारमा रहेका केही मन्त्री आफ्नो समूहमा आउँदैछन् भनेर हल्ला फिजाएकामा आपत्ति जनाउँदै नेकपाका स्थायी कमिटी सदस्य रायमाझीले भ्रममा नपर्न आग्रह गर्नुभयो । “उल्टो दिशामा हिँडनेहरुसँग कोही जानेवाला छैनन्, बरु सो समूहका धेरै नेताहरु मूल पार्टीमा आउँदैछन् ।”
पछिल्लो समय नेपाली कांग्रेससहितका दलहरु चुनावको तयारीमा लागेको तर दाहाल–नेपाल समूह सडकमै अल्मलिएको बताउँदै उहाँले अब सडकमा अलमलिने समय नभएकाले मूल पार्टीमा जोडिन आग्रह गर्नुभयो । भेलामा प्रेस सङ्गठनका इञ्चार्ज तथा नेकपाका केन्द्रीय सदस्य राजेन्द्र गौतमले राजनीतिक स्थायित्व र मुलुकको हितमा सङ्गठन क्रियाशील रहेको जनाउँदै सत्यमा आधारित सूचना सम्प्रेषण गर्न आग्रह गर्नुभयो ।
सो सङ्गठनका केन्द्रीय संयोजक गणेश बस्नेतले अराजकताविरुद्ध कलम चलाउन पत्रकारहरुलाई आग्रह गर्दै संविधानसभाले निर्माण गरेको संविधानविरुद्ध लाग्नेलाई प्रेस सङ्गठनले समर्थन गर्न नसक्ने स्पष्ट गर्नुभयो । भेलामा सङ्गठनका पूर्वाध्यक्ष राजेन्द्र अर्याल, सङ्गठनका नेताहरु प्रमोद दाहाल, गणेश पाण्डे, बालकृष्ण बस्नेत, पार्वती पाण्डे, नेपाल पत्रकार महासङ्घका पूर्व महासचिव उजीर मगर, नेकपाको प्रदेशका प्रचार विभाग प्रमुख झपेन्द्र जिसी, सङ्गठनका प्रदेश सहसंयोजक प्रदीप आचार्यलगायतले उक्त सङ्गठनलाई एकताबद्ध र गतिशील बनाउनुपर्नेमा जोड दिनुभयो । भेलाले प्रदेश कमिटी विस्तार गर्ने र विभिन्न जिल्लामा संयोजक र सहसंयोजक चयन गर्ने जनाइएको छ ।
पूर्वाधार विकास बैंकले ३० करोडभन्दा कम कर्जा लगानी गर्न नपाउने
पूर्वाधार विकास बैंकले प्रति परियोजना रु ३० करोडभन्दा कम बराबरको कर्जा लगानी गर्न नपाउने भएको छ । पूर्वाधार क्षेत्रमा लगानी प्रवद्र्धनका लागि स्थापित सो बैंकलाई निर्देशन जारी गर्दै नेपाल राष्ट्र बैंकले सो व्यवस्था गरेको हो ।
केन्द्रीय बैंकका अनुसार पूर्वाधार विकाससँग सम्बन्धित परियोजनामा मात्र कर्जा प्रवाह गर्न र रु ३० करोड प्रति परियोजनाभन्दा कम कर्जा तथा सुविधाको सीमा स्वीकृति तथा प्रवाह गर्न सक्ने छैन भन्ने व्यवस्था गरिएको छ ।
यस्तै, आफूले जारी गरेको मुद्दति निक्षेप रसिदको धितोमा पनि रु ३० करोडभन्दा कम रकमको कर्जा प्रदान गर्न यो व्यवस्थाले बाधा पुगेको नमानिने केन्द्रीय बैंकले जारी गरेको निर्देशनमा उल्लेख छ ।
केन्द्रीय बैंकको निर्देशनमा भनिएको छ, “संस्थाले प्रादेशिक एवं स्थानीय तहका सरकारको अगुवाईमा सार्वजनिक निजी साझेदारी ढाँचाबाट प्रवद्र्धन गरिएको कृषि, स्वास्थ्य, पर्यटन, शिक्षा, फोहोरमैला व्यवस्थापन र ढल निकाससम्बन्धी परियोजनामा रु १० करोड वा सोभन्दा बढी कर्जा तथा सुविधा प्रदान गर्न यो व्यवस्थाले बाधा पुगेको मानिने छैन ।”
यस्तै, पूर्वाधार विकास बैंकले कारोबार शुरु गरेको मितिले चार वर्षसम्म आफ्नो अघिल्लो त्रैमासमा कायम रहेको कूल कर्जा सीमाको अधिकतम एक तिहाइ मात्र क्रेडिट सेल, पर्चेज, रिपर्चेज तथा टेकओभर गर्न सक्ने व्यवस्था गरिएको छ । चार वर्षपछि भने त्यस्तो व्यवस्था स्वतः निष्क्रिय हुनेछ ।
बैंकले कुनै प्रकारका परियोजनामा आफ्नो कूल कर्जा वक्यौताको बढीमा ५० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाइने व्यवस्था थप भएको छ । केन्द्रीय बैंकका अनुसार परियोजना कर्जाको विवरण मासिक रुपमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । पूर्वाधार विकास बैंकले कृषिसम्बन्धी पूर्वाधारमा लगानी गर्नसक्ने छ । त्यसमा सिँचाइ परियोजना, चिस्यान केन्द्र, कृषि गोदाम, कृषिसम्बन्धी उपकरण निर्माण गर्ने कारखाना र व्यवसायिक कृषि रहेका छन् ।
केन्द्रीय बैंकले यसअघि जारी गरेको निर्देशनअनुसार इजाजात प्राप्त अन्य कुनै पनि बैंक तथा वित्तीय संस्था वा कुनै पनि प्रकारको निक्षेप कारोबार गर्ने संस्थामा व्याज प्राप्त हुने गरी कुनै प्रकारको निक्षेप खाता खोल्न भने पाइने छैन भन्ने उल्लेख थियो ।
सोही व्यवस्थालाई थप स्पष्ट पार्दै भनिएको छ, “कारोबार भएको मितिले बढीमा चार वर्षसम्म प्रतिस्पर्धाको माध्यमबाट वाणिज्य बैंकमा व्याज प्राप्त हुने गरी प्रत्येक बैंकमा बढीमा रु एक अर्बको सीमामा नबढ्ने गरी निक्षेप ज्म्मा गर्न सकिनेछ । त्यस्तो निक्षेपबाट प्राप्त व्याज आम्दानीबाट कर्मचारीलाई लाभांश भने बाड््न पाइने छैन ।”
केन्द्रीय बैंकले पूर्वाधार विकास बैंकका लागि जारी गरिएको निर्देशन, २०७५ को विभिन्न निर्देशनअनुसार थप निर्देशन जारी गरिएको जनाएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालका अनुसार पूर्वाधार विकास बैंकलाई थप व्यावसायिक र पूर्वाधारमैत्री बनाउने ध्येयका साथ विभिन्न निर्देशन दिइएको हो ।