• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
अभिनेत्री उपासनासिंहसंग जोडी बाध्दै आर्यन सिग्देल, भन्छन् उपासनासंग जोडि बाध्दा निकै खुशी छु

अभिनेत्री उपासनासिंहसंग जोडी बाध्दै आर्यन सिग्देल, भन्छन् उपासनासंग जोडि बाध्दा निकै खुशी छु

नाग नागीनले माछाको बर्षौदेखि रक्षा गर्दै आएका छन् यो पोखरीमा, कसैले माछा लैजाने खोजे नसोचेको कुरा हुन्छ, हेर्नुहोस् भिडियो

नाग नागीनले माछाको बर्षौदेखि रक्षा गर्दै आएका छन् यो पोखरीमा, कसैले माछा लैजाने खोजे नसोचेको कुरा हुन्छ, हेर्नुहोस् भिडियो

Auto Draft

बलिउड अभिनेता सोनु सुद नेपाली भनेपछि हुरुक्कै हुन्छन्, यि नेपाली बिरामीलई गर्दैछन् आँफैले उपचार, भगवान् मान्छन् सोनु सुदलाई

माग्ने बुढा आफ्नी १ सय बर्षकी हजुरआमासँग यसरी रमाए, भिडियो हेरेर नहाँँस्ने को होला  ?

माग्ने बुढा आफ्नी १ सय बर्षकी हजुरआमासँग यसरी रमाए, भिडियो हेरेर नहाँँस्ने को होला ?

गरिब र दिनदुखीका भगवान् सोनु सुदको अर्को तारिफयोग्य काम

गरिब र दिनदुखीका भगवान् सोनु सुदको अर्को तारिफयोग्य काम

शहरी विकासमन्त्री प्रभु साहले दिपा कुँवरलाई म.र्नु न बाँ. च्नु बनाएको रहस्य बाहिरियो, दीपाले वि .ष समेत से वन गर्न खोजिन् तर…

शहरी विकासमन्त्री प्रभु साहले दिपा कुँवरलाई म.र्नु न बाँ. च्नु बनाएको रहस्य बाहिरियो, दीपाले वि .ष समेत से वन गर्न खोजिन् तर…

मेरो अर्कै के,टा छ भन्ने, देखाउँदै पि,ल्स खाने अनि रबर को लि,अङ्ग प्र,योग गर्ने यि को हुन् ? हेर्नुहोस् खुल्यो रहस्य

मेरो अर्कै के,टा छ भन्ने, देखाउँदै पि,ल्स खाने अनि रबर को लि,अङ्ग प्र,योग गर्ने यि को हुन् ? हेर्नुहोस् खुल्यो रहस्य

यिनै हुन कोहलपुर’को दु’र्घटना’मा ज्या’न गुमाए’का २५ वर्षिय क्रिकेट खेलाडी बिरेन्द्र

यिनै हुन कोहलपुर’को दु’र्घटना’मा ज्या’न गुमाए’का २५ वर्षिय क्रिकेट खेलाडी बिरेन्द्र

ज्योतिष अभिनेता हरिहरसँग लगनगाँठो कस्दै नायिका निता ढुंगाना

ज्योतिष अभिनेता हरिहरसँग विबाह गर्दै नायिका निता ढुंगाना

ज्योतिष अभिनेता हरिहरसँग लगनगाँठो कस्दै नायिका निता ढुंगाना

ज्योतिष अभिनेता हरिहरसँग लगनगाँठो कस्दै नायिका निता ढुंगाना

पूर्व मिस नेपाल शृखला खतिवडाले अचानक देश छाड्ने  निर्णय गरेपछि तनावमा प्रेमी सिसन बानिया

पूर्व मिस नेपाल शृखला खतिवडाले अचानक देश छाड्ने निर्णय गरेपछि तनावमा प्रेमी सिसन बानिया

परपुरुष संग रं,गेहात भेटेपछि श्रीमती फरार, श्रीमानले गरे आ,त्मह त्या

परपुरुष संग रं,गेहात भेटेपछि श्रीमती फरार, श्रीमानले गरे आ,त्मह त्या

प्रधानमन्त्री केपी शर्मा ओलीः रक्षामन्त्री पनि आफैँ, गृहमन्त्री आफ्नै समूहका तर असुरक्षित कसरी

प्रधानमन्त्री केपी शर्मा ओलीः रक्षामन्त्री पनि आफैँ, गृहमन्त्री आफ्नै समूहका तर असुरक्षित कसरी

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Friday, March 5, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

अभिनेत्री उपासनासिंहसंग जोडी बाध्दै आर्यन सिग्देल, भन्छन् उपासनासंग जोडि बाध्दा निकै खुशी छु

by gazab g
February 13, 2021
in मनोरञ्जन
0
अभिनेत्री उपासनासिंहसंग जोडी बाध्दै आर्यन सिग्देल, भन्छन् उपासनासंग जोडि बाध्दा निकै खुशी छु
501
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अभिनेता आर्यन सिग्देल यतिबेला पोखरामा छन् । उनी नयाँ चलचित्र डिसेम्बर फल्सको छायांकनका लागि पोखरा आएका हुन् । कोभिडका कारण करिब १० महिना घर बसेर अहिले चलचित्रको छायांकनमा जोडिदा केही फरक महसुस भएको यी अभिनेताको कथन छ ।

आर्यनको भनाइमा यो चलचित्रको माघ पहिलो साताबाट पोखराका विभिन्न स्थानमा छायांकन भइरहेको छ । अहिले पनि कोरोनाको संक्रमण कायम रहेकाले आफूहरू निकै सावधानीपूर्वक चलचित्रको छायांकनमा रहेको आर्यनको भनाइ छ । छायांकनको टिमलाई अन्य टिमसँग घुलमिल हुन नदिएकाले यो चलचित्रको कलाकार र प्राविधिकहरू केही ढुक्क छन् । आफूहरूले पनि सामाजिक दूरी कायम र अन्य सावधानी अपनाएर काम गरिरहेको यी अभिनेताको कथन छ ।

अभिनेता आर्यन सिग्देल यो चलचित्र अभिनेत्री उपासनासिंह ठकुरीसँग जोडी भएर आउँदै छन् । आर्यनसँग उपासनाले पहिलोपटक काम गरेकी हुन् । निर्माण पक्षले यतिबेला आर्यन र उपासनाको फस्ट लुक्को रूपमा विभिन्न तस्बिरहरू सार्वजनिक गरेका छन् । ती तस्बिरबाट पनि आफूहरूको जोडी चलचित्रमा सशक्त देखिने भनाइ आर्यनको छ ।

फिल्ममा आर्यन र उपासनाका साथमा सुमन थापा रोहित, सलोन बस्नेत, दयाराम दाहाल, नरेश भट्टराईको अभिनय छ । बीपीका खनालको कथा रहेको फिल्मको पटकथा र संवाद केदार भुसालले लेखेका हुन् ।

भारतीय टेलि तथा फिल्म क्षेत्रमा कार्यरत निर्देशक प्रवीण झाको निर्देशनमा निर्माण भइरहेको फिल्मलाई दक्षिण भारतीय फिल्मका व्यस्त छायाकार महेश आर गुप्ताले खिचिरहेका छन् ।राजधानि दैनिकमा खबर छ ।

रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्माता लक्ष्मण रिजाल र निर्मातामा राजकुमार भट्ट छन् । फिल्मको केही दिनमा पोखरा सेडयुल समापन हुने र त्यसपछि झन्डै दुई साता काठमाडौंमा खिचिने बताइएको छ । यो चलचित्रको २०७८ को साउन १ गते रिलिज गरिने भएको छ ।

यो पनि पढ्नुहोस्

कञ्चनजङ्घा जाने नयाँ पदर्माग निर्माण हुँदै

फुङ्लिङ कञ्चनजङ्घा हिमालको आधार शिविरसम्म पुग्ने नयाँ पदर्माग रु पाँच करोड लागतमा बन्ने भएको छ । सो पदमार्गका लागि सिरिजङ्घा गाउँपालिकाले ‘सिरिजङ्घा गौरव, कञ्चनजङ्घा’ मूल नारासहित रु पाँच करोडको लागतमा तीन वर्षे योजना बनाएको छ । पर्यटन पूर्वाधार विकास तथा पर्यटन प्रवद्र्धन गर्नका लागि संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रलयले ७० प्रतिशत र गाउँपालिको बाँकी लगानीमा पदमार्ग बनाउन लागिएको हो ।

साझेदारीमा पर्यटकीय गन्तव्य पूर्वाधार विकास कार्यक्रम गर्ने आयोजनामा विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालसम्म पुग्ने पदमार्ग निर्माण गर्न लागेको गाउँपालिकाका अध्यक्ष टीकाराम गुरुङले बताउनुभयो । रु तीन करोड ५० लाख संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रलय र रु एक करोड ३० लाख गाउँपालिकाले लगानी गर्नुपर्ने अध्यक्ष गुरुङले बताउनुभयो । तीन वर्षसम्ममा आयोजना निर्माण सम्पन्न गर्नुपर्ने साझेदारी ९सञ्चालन तथा व्यवस्थापन० निर्देशिकाअनुसार प्रक्रिया अगाडि बढाउने अध्यक्ष गुरुङले बताउनुभयो । यस आर्थिक वर्षमा प्रारभिक सर्भे गरी पदमार्ग निर्माण प्रक्रिया शुरु हुने छ । उहाँले भन्नुभयो, “ नयाँ पदमार्गदेखि हिमाल हेर्दै प्रकृतिक सुन्दरताको अवलोकन गर्दै कञ्चनजङ्घा बेश क्याम्पसम्म पुग्न सकिने छ ।” पुरानो पदमार्ग काबेली खोलाको किनारैकिनार हुँदै आधारशिविर पुग्नुपर्दछ । केही स्थानमा पहिरोका कारणले स्थानीय नै हिँड्न नसक्ने अवस्था रहेको छ । पुरानो पदमार्गमा आवश्यक स्थानमा होटल नभएको र नयाँमा आवश्यक स्थानमा होटल स्थापना गरिने छ । घरबास ९होमस्टे० सञ्चालन गर्ने गाउँपालिकाको योजना छ ।

पर्यटकीय गन्तव्य पूर्वाधार विकास कार्यक्रम ८ वडा नम्बर वडाको याम्फुदिनदेखि शुरु हुनेछ । आम्जी खोलाबाट नयाँ झोरेनी, तुप्लुङ, दुन्दुडाँडा, नगर्चा र चैराम हुँदै कन्चनजङ्गा आधारशिविर जाने साहसिक पदमार्ग बन्ने छ । नयाँ पदमार्ग निर्माणले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा उल्लेख्य भूमिका निर्वाह गर्नसक्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताउनुभयो । यो आयोजनाले स्थानीयस्तरमा रोजगारी सिर्जना गरी सिरिजङ्घावासीको जीवनस्तर उकास्न कोशेढुङ्गा सावित हुनसक्ने अधिकृत घिमिरेले बताउनुभयो ।

कञ्चनजङ्घा क्षेत्रभित्र संरचना निर्माण गर्नु अगाडि संरक्षण क्षेत्रको स्वीकृति लिनुपर्ने कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिद्षका अध्यक्ष खगेन्द्र फेम्बुले बताउनुभयो । उहाँले भन्नुभयो, “ संरक्षणको आफ्नै निकाय हुन्छ । त्यसैअनुसार संरक्षण क्षेत्रले योजना बनाएर काम गर्दछ ।” स्थानीय सरकारले संरक्षण क्षेत्रमा बिना अनुमति काम गर्न नपाउने परिषद् अध्यक्ष फेम्बुले बताउनुभयो । संरक्षण क्षेत्रमा विकास निर्माण गर्न वातावरणीय प्रभावको विषयमा अवलोकन गरेर मात्र विकास निर्माणको अनुमति दिन सकिने परिषद् अध्यक्ष फेम्बुले बताउनुभयो ।

ADVERTISEMENT

र यो पनि पढ्नुहोस्

धौलागिरि आइसफल पदमार्ग ः जोखिमको यात्रा

पर्यटकीय सम्भावनाको म्याग्दी धौलागिरि आइसफल पदमार्गका पाँच ठाउँमा झोलुङ्गे पुल नहुँदा त्यस क्षेत्रमा यात्रा गर्ने पर्यटक र स्थानीय जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् ।

करिब एक दशकअघि पहिचान भएको यो पदमार्ग सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनोट गरेको यस क्षेत्रको सम्भावनायुक्त पदमार्ग हो । रघुगङ्गा गाउँपालिकाको रुइसेडाँडादेखि धौलागिरि आइसफलसम्मका खैरो खोला, फेदी खोला, सेतिने खोला, सरल धारा र काती बरहा खोलामा पुल नहुँदा पर्यटकले सास्ती खेप्नुपरेको चिमखोलाका गमबहादुर पुनले बताउनुभयो । “धौलागिरि आइसफल पुग्न पर्यटक आए पनि खोलामा साँघुको भरमा तुर्नुपर्छ”, उहाँले भन्नुभयो । आइसफल पुग्न ठाउँठाउँमा पदमार्ग निमार्णले सहज भए पनि खोलामा पुल नहुँदा यात्रामा असहज भएको धौलागिरि आइसफलको यात्राका लागि काठमाडौँदेखि आउनुभएकी सविना ढकालले बताउनुभयोे ।

“अरु बाटोमा त जेनतेन हिडियो खोलामा निकै गाह्रो भयो, केही खोलामा त यहाँका स्थानीय दाइहरुले बोकेर नै तार्दिनुभयो”, उहाँले भन्नुभयो । “यो आइसफललाई पर्यटकीय गन्तव्य बनाउन पहिला खोलामा पुल हाल्न आवश्यक देखियो ।” रघुगङ्गा गाउँपालिकाका अधिकांश वडालाई समेटेको यस पदमार्गलाई व्यवस्थितरुपमा सञ्चालनमा ल्याउन गाउँपालिकाले ९ विस्तृत परियोजना प्रतिवेदन ० डिपिआर तयार गर्ने काम अन्तिम चरणमा पु¥याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो ।

“कहाँ–कहाँ के पूर्वाधार बनाउने भनेर डिपिआर भएको छ, त्यसको रिपोर्ट आयो भने सम्बन्धित निकाय र मन्त्रालयमा प्रस्ताव पेश गर्छौं”, अधिकृत सुवेदीले भन्नुभयो । चालु आर्थिक वर्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु २५ लाख बजेटबाट यस क्षेत्रमा निर्माण गरिएको पदमार्गले यात्रामा सहज भए पनि खोलामा पुलको समस्या देखिएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । स्थानीयले पदमार्गअन्तर्गत कोखेभिरमा डोरीको सहायताले पदमार्ग निर्माण गरिरहेका छन् । कोखेभिरसँगै पापीधर्मी भिरमा ३०० मिटर बढी कडा पहाडलाई कटान गरेर पदमार्ग बनाउनुपर्ने देखिएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

र यो पनि पढ्नुहोस्

महिलाले थाले दुनाटपरीको व्यावसायिक उत्पादन
बढ्दो आधुनिकतासँगै लोपोन्मुख अवस्थामा पुगेको दुनाटपरीको संरक्षणका लागि वालिङमा व्यावसायिक उत्पादन शुरु गरिएको छ ।

वालिङ नगरपालिका र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ९युएनडिपी० को आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङ नगरपालिकामा सञ्चालित ‘कोभिड–१९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना’ अन्तर्गत व्यावसायिकरुपमा दुनाटपरी उत्पादन शुरु गरिएको वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताउनुभयो । “वालिङ–८ छेउडाँडामा रहेको ‘छेउडाँडा शिल्पकला समूह’ लाई दुनाटपरी बनाउने तालीम तथा मेशिन हस्तान्तरण गरेका छौँ”, उहाँले भन्नुभयो, “मेसिनको प्रयोगले छोटो समयमै धेरै दुनाटपरी बनाउन सकिने भएको छ ।” प्लाष्टिकजन्य वस्तुको प्रयोगका कारण परम्परादेखि चल्दै आएको दुनाटपरी हराउँदै गएकाले यसको प्रयोग र संरक्षणमा जोड दिने गरी दुनाटपरी उद्योग स्थापना गरी व्यावसायिक उत्पादन थालिएको उहाँले बताउनुभयो ।

“हाम्रो समाजमा विवाह, व्रतबन्ध र पूजाआजामा दुनाटपरीको प्रयोग गर्ने गरिन्थ्यो”, उहाँले भन्नुभयो, “पछिल्लो समय यसको प्रयोग हराउँदै गएको छ, यसलाई पुनः प्रयोग गर्न सकेमा जङ्गलमा त्यसै खेर गइरहेका पातबाट लाखौँ आम्दानी गर्न सकिन्छ ।” कोभिड–१९ को प्रभावका कारण धेरैको रोजगारी गुमेका बेला यहाँ उत्पादन भएका दुनाटपरीको बजारीकरणका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने उहाँले बताउनुभयो ।

स्थानीयस्तरमा पाइने कच्चा पदार्थको प्रयोग गरी सामूहिकरुपमा सीप सिकेर उद्योग स्थापनासँगै दुनाटपरी उत्पादन थालिएको स्थानीय गीता रनपालले बताउनुभयो । सामूहिकरुपमा व्यवसाय थाल्दा काम गर्न पनि सहज र आम्दानी पनि लिन सकिने भएकाले यहाँका महिला दिदीबहिनीको आर्थिकस्तर उकास्नमा सघाउ पुग्ने दाबी रनपालको छ । “जन्म, मृत्यु तथा अन्य शुभ कार्यमा प्रयोग गरिने दुनाटपरी बनाउने सीपलाई थप व्यवस्थित बनाउँदै व्यावसायिकरुपमा विस्तार गर्ने उद्देश्य हाम्रो छ”, रनपालले भन्नुभयो, “तालीमपश्चात उद्योग स्थापना भएकाले यहाँका महिला दिदीबहिनी व्यावसायिक उत्पादनका लागि उत्साहित र आकर्षित हुनुभएको छ ।”

पछिल्लो समय परम्परागत दुनाटपरीलाई प्लाष्टिकजन्य वस्तुले विस्थापित गर्दै गई्रहेका बेला प्रविधिको प्रयोगका कारण निकै प्रभावकारी देखिएको छ । मेसिनको प्रयोगबाट छोटो समयमा धेरै दुनाटपरी बनाउन सकिने हुँदा यसलाई व्यावसायीकरण गरी यहाँका स्थानीयको जीवनस्तरमाथि उकास्न सकिने स्थानीय रनपालको भनाइ थियो । साना साना पात भए सिन्काले जोड्ने र मेसिनमा राखेपछि टपरीको आकार दिने र विभिन्न प्रकारका दुनाटपरी बनाउन सकिने भएकाले समयको वचतसँगै वातावरणीय प्रदूषणलाई समेत कम गर्ने उहाँले बताउनुभयो । यहाँका ३० महिलाले सामूहिकरुपमा दुनाटपरी उत्पादनमा सक्रिय सहभागिता जनाएका छन् ।

Share200Tweet125Share50
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

Auto Draft
मनोरञ्जन

बलिउड अभिनेता सोनु सुद नेपाली भनेपछि हुरुक्कै हुन्छन्, यि नेपाली बिरामीलई गर्दैछन् आँफैले उपचार, भगवान् मान्छन् सोनु सुदलाई

माग्ने बुढा आफ्नी १ सय बर्षकी हजुरआमासँग यसरी रमाए, भिडियो हेरेर नहाँँस्ने को होला  ?
मनोरञ्जन

माग्ने बुढा आफ्नी १ सय बर्षकी हजुरआमासँग यसरी रमाए, भिडियो हेरेर नहाँँस्ने को होला ?

गरिब र दिनदुखीका भगवान् सोनु सुदको अर्को तारिफयोग्य काम
मनोरञ्जन

गरिब र दिनदुखीका भगवान् सोनु सुदको अर्को तारिफयोग्य काम

ज्योतिष अभिनेता हरिहरसँग लगनगाँठो कस्दै नायिका निता ढुंगाना
मनोरञ्जन

ज्योतिष अभिनेता हरिहरसँग विबाह गर्दै नायिका निता ढुंगाना

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!