• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
नेपालकी युवतीसंग बिवाह गर्ने गोबिन्दा हुन् अर्बौका मालिक, यत्तिकै भनिएको होइन बलिउडको हिरो नम्बर वान

नेपालकी युवतीसंग बिवाह गर्ने गोबिन्दा हुन् अरबपति

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Wednesday, May 18, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

नेपालकी युवतीसंग बिवाह गर्ने गोबिन्दा हुन् अरबपति

by gazab g
February 13, 2021
in मनोरञ्जन
0
नेपालकी युवतीसंग बिवाह गर्ने गोबिन्दा हुन् अर्बौका मालिक, यत्तिकै भनिएको होइन बलिउडको हिरो नम्बर वान

एजेन्सी । ९० को दशकका निकै चर्चीत बलिउड अभिनेता हुन् गोबिन्दा आहुजा । उनको ससुराली नेपाल हो । त्यसैले उनी बारम्बार नेपाल पनि आइरहन्छन् । उनी धेरै पटक आफ्नो पत्नीका साथ नेपाल आएका छन् । पशुपतिनाथ मन्दिरले पनि उनलाई लोभ्याउँछ । त्यसैले उनी केही वर्षको अन्तरालमा पशुपति दर्शनका लागि पनि नेपाल आउने गरेका छन् ।९० को दशकमा दर्शको मन मष्तिक्समा बस्न सफल अभिनेता गोबिन्दाको ब्यक्तिगत जिवन पनि निकै रो चक छ । उनी सामाजिक रुपमा मात्र धनि छैनन्, आर्थिक रुपले पनि उत्तिकै सम्पन्नशाली छन् ।भारतीय एक अनलाइन पोर्टलको रिपोर्ट अनुसार सन् २०२० मा गोबिन्दाको कूल सम्पत्ति २० मिलियन डलर अर्थात् २ अर्ब ४१ करोड रुपैयाँ आँकलन गरिएको जनाएको छ । उनले विज्ञापन मार्फत सो आम्दानी गरेका हुन् । गोबिन्दाले ब्रान्ड एन्डोर्समेन्टले उनलाई यति धेरै सम्पत्तीको मालिक बनाएको हो ।

गोबिन्दाले सन् १९८६ मा इल्जाम नामको फिल्मबाट बलिउडमा डेब्यु गरेका थिए । त्यो समयमा गोबिन्दाले बलिउडमा त ह ल्का मच्चाएका थिए । खासगरी उनको डान्सको फ्यान दर्शक थिए । हाँस्य अभिनयमा उनको जादु चल्छ । डान्स र हाँस्य अभिनय उनको सबैभन्दा सफल कला हुन् । सन् २०२० मा आइपुग्दा गोबिन्दाको कूल सम्पत्ति २ अर्ब बढी छ ।उनले निकै राम्रा चलचित्रमा अभिनय गरेर दर्शकको मन जितेका छन् । उनले अभिनय गरेका ‘इल्जाम’ ‘लभ’‘ह / त्या’‘जिते है शान से’, ‘हम जैसी’ छन् । उनले आफ्नो जिवनमा १ सय ६५ भन्दा बढि फिल्ममा काम गरेको बताइएको छ ।फिल्मी क्षेत्रमा ब्यस्त भएकै समय ९० को दशकमा उनको आम्दानीमा पनि उतार चढाव आएको थियो । फिल्म शोला और शबनम, राजा बाबू, कुली नम्बर वान, हिरो नम्बर वान, दिवाना मस्ताना, दुल्हे राजा, बडे मियां–छोटे मियां, अनाडी नम्बर वान, हसिना मान जाएगी, साजन चले ससुराल र जोडी नम्बर वानमा उनले निकै शसक्त अभिनय गरेका छन् । उनी केही समय सम्म राजनीतिमा पनि सकृय थिए । अहिले उनले राजनीति छोडेर फिल्म निर्माणमा लागेका छन् ।

भरतपुरको विकासले गति लिँदै
चितवन, १ फागुन (रासस) ः गाउँदेखि शहरसम्म मिलाएर बनेको भरतपुर महानगरपालिकाभित्र विकासका क्रियाकलप बढ्दै गएको छ । जनप्रतिनिधि आएसँगै सानादेखि ठूला परियोजना निर्माण हुन थालेपछि विकासका कामले गति लिएको हो ।

महानगरपालिका, वाग्मती प्रदेश सरकार र सङ्घीय सरकारका आयोजना यस महानगरमा सञ्चालनमा आएसँगै विकासका कामले गति लिएको हो । महानगरपालिकको अगुवाइमा प्रदेश र सङ्घीय सरकारको साथकै कारण महानगरमा ठूला आयोजना अघि बढेका हुन् । भरतपुरभित्र बन्दै गरेका र बन्ने तयारीमा रहेका एक दर्जनभन्दा बढी आयोजना रहेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, भरतपुर महानगर सिटी हल, पुल्चोक–गोन्द्राङ छ लेन सडक, नारायणी नदी किनार आयोजना, हुलाकी सडक, उद्योग ग्राम, चौबीसकोठी–मेघौली सडक, रिङरोड र लिङ्क रोडको काम धमाधम भइरहेको छ । यस्तै नारायणगढको लायन्सचोकमा बहुउद्देश्यीय भवन, भरतपुर विमानस्थल विस्तार, स्मार्ट सडक बत्तीजस्ता परियोजना सञ्चालनको तयारीमा रहेका छन् ।

महानगर प्रमुख रेनु दाहालका अनुसार क्रिकेट रङ्गशालाका लागि महानगरकै पहलमा जग्गा खोजी गरी काम तीव्र गतिमा अघि बढिरहेको छ । धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माणको काम अघि बढाएको हो । यस परियोजना सम्पन्न भएसँगै अन्तर्राष्ट्रियस्तरका खेल यहाँ हुनेछन् । जुन नेपालको महत्वपूर्ण परियोजना मध्येको एक बन्ने दाहालको भनाइ छ । यो आयोजनाको निर्माणको काम रा तदिन भइरहेको छ ।

भरतपुर महानगरपालिकाको वडा नं १ र ३ को नारायणी नदी किनारालाई ‘सी बीच मोडेल’ मा विकास गरी स्वदेशी तथा विदेशी पर्यटक आकर्षण गरी आर्थिक क्रियाकलापमा वृद्धि गर्ने गरी काम अगाडि बढाइएको छ । दाहालका अनुसार गत आर्थिक वर्षमा महानगरबाट रु एक करोड रकम खर्च भई फुटपाथ बनेको थियो । यस आर्थिक वर्षमा पर्यटन मन्त्रालयबाट करिब रु सात करोडको बोलपत्र आह्वान भइसकेको छ । यससँगै यस क्षेत्रमा आन्तरिक र बाह्य पर्यटक प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्नेछ ।

यस्तै भरतपुर महानगरपालिका–११ को गणेशस्थानलाई गणेशधामका रुपमा विकास गर्ने काम धमाधम भइरहेको छ । उक्त ठाउँमा पानी पोखरी, मन्दिर, पार्कलगायतका संरचना बन्नेछन् । धार्मिक पर्यटकीय क्षेत्रका रुपमा यसलाई विकास गर्न लागिएको प्रमुख दाहालले बताउनुभयो । वाइपास सडक किनारमा सिटीहल निर्माणको काम धमाधम भइरहेको छ । सङ्घीय सरकारको रु ७७ करोड ७७ लाख बजेटमा सघन शहरी तथा भवन आयोजनाबाट ठेक्का सम्झौता भई निर्माण कार्य भइरहेको हो । महानगरकै पहलमा जिल्ला समन्वय समितिको जमिन महानगरको नाममा ल्याएर काम अगाडि बढाइएको दाहालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो तेस्रो प्रयासपछि महत्वपूर्ण आयोजना अघि बढेको छ । यसले सिङ्गो चितवनको विकासमा टेवा पुग्नेछ ।” सँगै रहेको वाइपास सडक पनि विस्तारको काम भइरहेको छ ।

ADVERTISEMENT

भरतपुर महानगर क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्गलाई आकर्षक छ लेन सडक बनाइँदै छ । नारायणगढको पुल्चोकदेखि गोन्द्राङसम्म सडक विस्तार गर्न रु एक अर्ब १२ करोडको ठेक्का सम्झौता भई निर्माण कार्य भइरहेको छ । आधुनिक र व्यवस्थित फुटपाथसहितको सडक निर्माण हुनुका साथै महानगरको सौन्दर्यमा वृद्धि हुने दाहालको भनाइ छ । भरतपुर महानगरपालिका हुँदै जिल्लाको ठोरीसम्म पुग्ने हुलाकी सडकको काम पनि भइरहेको छ । महानगरभित्र पर्ने हाकिमचोक जगतपुर सडकमध्ये हाकिमचोकबाट पकौडीसम्म हालको छ मिटर सडकलाई सात मिटर कालोपत्रे बनाउने र बाँकी नौ किमी सडकखण्डलाई सतह ढल निर्माणसमेत गरी स्तरोन्नति गर्ने कार्य भइरहेको छ ।

चौबिसकोठी रामपुर चनौली मेघौली सडकखण्डमध्ये हाल रामपुर चनौलीखण्ड निर्माण सम्पन्न भएको छ भने चनौली–मेघौली सडकखण्डको निर्माण र मर्मत कार्य अगाडि बढिरहेको छ । दाहालका अनुसार ६५ किलोमिटर लिङ्करोडको काम अघि बढिरहेको छ ।

यसैगरी भरतपुर महानगरपालिका–२० मा प्रदेशस्तरको उद्योगग्राम र वडा नं २१ पार्वतीपुरमा सङ्घीय उद्योग ग्राम निर्माण अघि बढेको छ । पवित्र तीर्थस्थल देवघाटमा विद्युतीय शवदाहस्थल बन्दै छ । महानगरपालिकाभित्र नै नगरवासीलाई शुद्ध र गुणस्तरीय पिउने पानी प्रवाह गर्न व्यवस्थित खानेपानी सञ्जाल निर्माणको काम धमाधम भइरहेको दाहालले जानकारी दिनुभयो । महानगरभित्र विभिन्न आयोजना गरी खानेपानीतर्फ मात्रै रु दुई अर्ब ४१ करोडभन्दा बढीका आयोजना सञ्चालनमा रहेको उहाँको भनाइ छ । महानगर पूरै क्षेत्रलाई शुद्ध खानेपानी वितरण गर्ने लक्ष्यका साथ काम भइरहेको उहाँले बताउनुभयो ।

महानगरभित्र रहेको सङ्घीय भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सरजस्ता स्वास्थ्य संस्थाको स्तरोन्नतिका लागि महानगरले काम गरिरहेको उहाँले जानकारी दिनुभयो । महानगरभित्र नारायणगढको लायन्सचोकमा बहुउद्देश्यीय भवन निजी क्षेत्रमार्फत् सम्पन्न गर्न बोलपत्र आह्वान भई प्राविधिक प्रस्तावसमेत पारित भइसकेको छ । तीस वर्षका लागि निजी क्षेत्रलाई उक्त भवन निर्माण र सञ्चालन गर्न दिन लागिएको हो । दाहालका अनुसार सो परियोजनाका लागि निजी क्षेत्रले रु एक अर्ब ७५ करोड हाराहारी खर्च गर्नेछन् । जहाँ पाँच तारे होटलदेखि अन्य महत्वपूर्ण व्यवसाय रहने छन् । उहाँले भन्नुभयो, “यो महानगरको गहना हुनेछ ।”

यस्तै महानगरको भरतपुरमा हाल रहेको विमानस्थल विस्तारका लागि काम शुरु भएको छ । विमानस्थल तोकिएको मापदण्डभन्दा कम भई जोखिमयुक्त भएको र हालको मागलाई धान्न ठूला विमान ल्याउन आवश्यकसमेत भएकाले विमानस्थल विस्तार एवं सुधार गर्न लागिएको उहाँले बताउनुभयो । महानगरपालिकाले विमानस्थल विस्तारका क्रममा स्थानान्तरण गर्नुपर्ने नेपाली से नाको गण र घोडा प्रजनन केन्द्रका लागि वैकल्पिक जग्गासमेत तयार गरिसकेको छ ।

महानगरपालिकाको मुख्य शहरी क्षेत्रका सडकमा रु ११ करोड ४९ लाख ८९ हजार लागतमा स्मार्ट बत्ती जडानको काम पनि शुरु हुन थालेको छ । उक्त योजनाको बोलपत्र आह्वान भई काम अघि बढिरहेको छ । महानगरका उपप्रमुख पार्वती शाहले जनप्रतिनिधि आएसँगै महानगरको योजनाबद्ध विकास अघि बढेको बताउनुभयो । उहाँले आवश्यकता र औचित्यका आधारमा विकासलाई अघि बढाइएको बताउँदै भन्नुभयो, “महानगरमा ठूला आयोजनासँगै साना धेरै आयोजना अघि बढिरहेका छन् ।” महानगरभित्र अधिकांश सडक कालोपत्र गर्ने काम भइरहेको भन्दै उहाँले व्यवस्थित विकासमा महानगर जुटिरहेको बताउनुभयो । देशकै नमूना शहरका रुपमा भरतपुरलाई विकास गर्ने गरी योजना अघि बढाइरहेको उहाँको भनाइ छ ।

यस क्षेत्रका प्रदेशसभा सदस्य विजय सुवेदीले तीन तहको सरकारको समन्वयमा भौतिक विकासका काम अघि बढिरहेको बताउनुभयो । यहाँका स्थानीयले पनि विकासमा सहभागिता जनाउँदै साझेदारीको रुपमा काम गरिरहेको भन्दै उहाँले भन्नुभयो, “भरतपुर विकासको गतिमा छ, यसले अग्रगमन लिइरहेको छ ।”

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि
मनोरञ्जन

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )
मनोरञ्जन

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो
मनोरञ्जन

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’
मनोरञ्जन

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com