शनिदेव:शास्त्रको अनुसार शनिदेव सूर्य देव र देवी छायाका पुत्र हुन। इनको जन्म ज्येष्ठ महिनाको अंावस्यामा भएको थियो । शुद्ध मन बाट प्रत्येक शनिवारको दिन व्रत राखदा शनि अत्यंत प्रसन्न हुन्छन्। यस्तो गर्ने ब्यक्ति माथि उनको कुपित दृष्टि पर्दैन। शनिको प्रभाव पनि खत्म हुन्छ।
नव ग्रहहरुमा सातौ ग्रह मानिने शनिदेव संग मनुस्य सबै भन्दा ज्यादा डराउन्छन तर शनि कसैको अहित गर्दैनन। उनि ब्यक्तिहरुको कर्म अनुसार न्याय गर्छन। शायद त्यसैले उनलाई न्यायाधीश को रूपमा पनि जानिन्छन। शनिवारमा शनिदेवको पूजा गर्दा व्यक्ति माथिको साढ़ेसाती र ढैया समाप्त हुन्छ। यसको अलावा कुंडलीमा भएको कमजोर शनिको प्रभाव पनि नाश हुन्छ।
लाभका लागि उपाय:यसदिन केहि खास उपाय पनि गर्न सकिन्छ । जस्तो सूर्योदय भन्दा पहिला शरीरमा तेल मालिश गरेर स्नान गरौ। यस दिन ब्रह्मचर्यको पालन गर्दा लाभ मिल्छ। कुनै पनि यात्र नगरौ ।
गाइ र कुकुरलाइ तेलमा बनेको चीजहरु खिलाउ यसले विशेष लाभ हुन्छ। यस दिन शनि मंदिरमा शनिदेवको साथै हनुमान जी को दर्शन गर्नु शुभ हुन्छ। शनिदेवको आखामा हेर्नु हुदैन र प्रयास गरौ कि शनिवारको दिन सूर्य देवको पूजा नगरौ।
कसरी गर्ने पुजा:शनि जयंतीमा प्रात:काल उठेर स्नानादि गरेर शुद्ध होउ। त्यस पछी काठको टुक्रामा एक कालो कपड़ा बिछाएर त्यस माथि शनिदेवको प्रतिमा राखौ। त्यसपश्चात उनको मुर्तिको राखिएको काठको टुक्राको दुइटै कुनामा घिउको दीपक जलाउ र सुपारी चढ़ाउ। त्यसपश्चात शनिदेवलाई पंचगव्य, पंचामृत, इत्र बाट स्नान गराउ।
उनिलाइ कालो या नीलो रंगको फूल चढाउ। त्यसपश्चात गुलाल, सिंदूर, कुमकुम र काजल लगाउ। पूजामा तेलमा तलेको वस्तुहरुको नैवेद्य समर्पित गरौ। यस दौरान शनि मंत्रको कम से कम एक माला जप गरौ।
यो पनि पढ्नुहोस् :अनौठा र अत्यन्तै शक्तिशाली मन्दिर जहाँ जे मागे पनि पूरा हुनेगर्छ,ॐ लेखि सेयर गर्नुहोस !!;भगवान, इश्वर, अल्लाह जे जे ले पुकारेपनि देवत्वमा विश्वास नगर्ने मानिस विश्वमा नै कम छन् । हुनपनि हो आखिर सृष्टिमा केही न केही तेस्रो शक्तिको देन छ ।यही मन्दिरहरुमा अति विश्वास भएको ठुलो केदार नेपालको डोटी जिल्लामा अवस्थित एक मन्दिर हो । यो मन्दिरलाई सुदूर पश्चिमकै प्रख्यात मन्दिर मनिन्छ ।
ठुलो केदारलाई गौतम गोत्रिय चन्दहरूले कुल देवताको रुपमा पूजा गर्दछन् । यो मन्दिर डोटी बोगटानमान्ना कापडी गाउँ विकास समितिको पूर्वउत्तर, ।धिर्कमाण्डौ र सातफेरी गाउँ विकास समितिको दक्षिण,लाना केदारेश्वर गाउँ विकास समितिको उत्तर र सिमचौर गाउँ विकास समितिको उत्तरवाट पश्चिमको शिखरगरी ।
पाँच गाउँ विकास समितिको बीचमा पर्ने २८९१ मिटरको अग्लो केदारेश्वर लेकमा भगवान ठूलाकेदार विराजमान रहेकाछन् । यो क्षेत्र उपल्लो वोगटानमा पर्दछ ।डोटी जिल्लामा केदारका मन्दिर माडौं पौराणीककाल देखिनै प्रत्येक स्थानमा रहेको मान्यता छ । यी सबैको मूलस्थान ठूला केदारलाई मानिन्छ ।
डोटी वोगटान लानाकेदारेश्वरको उत्तरको लेकको पहरोको चुचुरोमा केदारको शिला रहेको छ । यो शिला दुई ठूला ढुङ्गाको बीचमा अलि समथर स्थानमा छ ।ब्राह्मणहरुले यसगाथमा उक्लने सिडीभन्दा तल दुई ढुङ्गाको बीचमा बाटोको वरपर वडारमा बसेर केदारको पाठपूजा गर्ने गर्दछन् ।
यस जात्राको देउरामा आएका चोखा जातका धामी मात्र गाथमा गएर नाँच्ने गर्दछन् । अन्य जातका मानिसहरु अर्को एउटा ठूलो ढुङ्गा माथिमा गएर नाँच्ने गर्दछन् । यिनै केदारका पुत्र कार्तिकेय मोहन्याल मानिन्छन् ।