प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार एवं नेकपा ओली समूहका केन्द्रीय सदस्य सूर्य थापाले रामकुमारी झाँक्रीले आफूला न सुधारे फेरि स मा त्न सक्ने चेतावनी दिएका छन् । थापाले राष्ट्रपतिविरुछ अमर्यादित र अ शिष्ट टिप्पणी जारी राखे झाँक्रीमाथि का र बाही हुने बताए ।‘राष्ट्रपतिलाई बालकोट गएर बस्नुस भनेर के बोलेको ? एउटा सद्दृे मान्छेले त्यसरी बोल्न मिल्छ ?’, ऋषि धमलाको ‘जनता जान्न चाहन्छन् कार्यक्रममा शुक्रबार राति थापाले भने, ‘रामकुमारी झाँक्री खुमलटार गएर बस्नुस् भन्ने ?’,थापाले राष्ट्रपति भइसकेका व्यक्ति निर्वाचन लड्न नआउने भन्दै रामकुमारीले राष्ट्रपतिलाई निर्वाचन लड्न दिएको चु नौ ती आपत्तिजनक रहेको बताए ।‘का रगे ट छाड्नुस्, चुनाव लड्न आउनुस् अरे । नेपालमा राष्ट्रपति भइसकेको व्यक्तित्वहरु न रामवरण यादव, न विद्यादेवी भण्डारी रामकुमारीसँग चुनाव लड्न आउँछन् ?’, थापाले प्रश्न गरे, ‘रामकुमारी कुन ठाउँको चुनाव लड्ने हो र ? कहाँ टिकट पाएर लड्ने उहाँ ?’
प्रधानमन्त्रीले गर्ने सिफारिसबाहेक अनुमोदनबाहेक राष्ट्रपतिले केही नगरेको भन्दै थापाले राष्ट्रपतिसँत उत्तेजित भएर गाली जलौग र धम्की दिने तथा अशिष्ट र अमर्यादित कुरा बोल्नुपर्ने अवस्था नरहेको टिप्पणी गरे । रामकुमारीलाई फेरि फक्राउ गर्नहुन्छ ?भन्ने धमलाको प्रश्नमा थापाले भने, ‘संविधान बमोजिमका क्रियाकलाप गर्ने कोही डराउनुपर्दैन, संविधानविपरीतका गतिविधि गर्नेहरु डराउनुपर्छ’, उनले भने, ‘यस्ता कुरा अबिलम्ब सच्याउनुपर्छ । यदि सच्याउनुभएन भने उहाँहरु कारबाहीमा पर्नुहुन्छ ।’थापाले प्रहरीले पक्राउ गरेर हिरासतमा सोधपुछ गर्दा झाँक्रीले आफूले राष्ट्रपतिमाथि विगतदेखि नै सम्मान गर्दै आएको, अहिले र भविष्यमा समेत सम्मान गर्ने लिखित प्रतिबद्धता जनाएर छुटेको दाबी गरे ।
‘उहाँले प्रहरीले पक्राउ गरेर पुर्पक्षमा सोधपुछ गर्दा मैले ठीक बोलें भन्न सक्नुभयो ?’, थापाले भने, ‘राष्ट्रपितिमाथि अशिष्ट र मर्यादाहीन टिप्पणी गरेर उहाँहरुको रानजीतिक निर्वाह चल्छ ?’राष्ट्रपतिको अपमान गरेको भन्दै प्रहरीले बिहीबार झाँक्रीलाई बानेश्वरस्थित निवासबाट पक्राउ गरेको थियो ।झाँक्री पक्राउको विरोधमा नेकपाको प्रचण्ड–नेपाल पक्षका युवा र विद्यार्थीले सडकमै प्रदर्शन गरे भने नेपाली काँग्रेसलगायत रानजीतिक दल, मानवअधिकार आयोग, वरिष्ठ अधिवक्ताहरु लगायतको दबाबमा उनी सोही दिन रिहा भएकी थिइन् ।
राजधानीमा खानेपानीको माग ४३ करोड, आपूर्ति आठ करोड लिटर
सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा दैनिक ४३ करोड लिटर खानेपानीको आवश्यकता छ तर आपूर्ति भने वर्षात्मा १५ करोड लिटर र हिउँदमा आठ करोड लिटरमात्र भइरहेको छ । वीरशम्शेरको पालादेखिको पाइप वितरण प्रणाली भएकाले करीब तीन करोड लिटर खानेपानी चुहावट हुने गरेको आज राजधानीमा आयोजित काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को १३औँ वार्षिकोत्सव कार्यक्रममा जानकारी दिइयो । संविधानमा मौलिक हकका रुपमा उल्लेख गरिएको खानेपानी २४सै घण्टा आपूर्ति हुनुपर्ने भए पनि स्रोतका कारण नसकिएको लिमिटेडका अधिकारीहरुको स्वीकारोक्ति छ ।
वार्षिकोत्सव कार्यक्रममा खानेपानी मन्त्री मणिचन्द्र थापाले संविधानमा मौलिक हकका रुपमा स्थापित खानेपानी सेवालाई चुस्त्रुपमा प्रवाह गर्न सरोकार भएका सबै निकाय लाग्नुपर्नेमा जोड दिनुभयो । “पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले देख्नुभएको मेलम्चीको सपना पूरा हुन लागेको छ, सपना देख्नेकै कार्यकालमा पूरा नभएपछि त्यसलाई अर्को पुस्ताले पूरा गर्नुपर्ने भएकाले अब हामी पूरा गर्ने चरणमा पुगेका छौँ, डेढ दशकदेखि उपत्यकावासीले शुद्ध खानेपानी पाउन गरेको आशा पूरा गर्न लागिपरेका छौँ”, उहाँले भन्नुभयो ।
मेलम्चीको पानी आएपछि वितरणका लागि तयार हुन मन्त्री थापाले लिमिटेडका कर्मचारीलाई निर्देशन दिनुभयो । मेलम्चीको पानी राजधानीमा आएर उपभोक्ताको धारामा गएन भने आइपर्ने राजनीतिक, सामाजिक र प्राविधिक प्रभावलाई ध्यान दिन पनि उहाँले लिमिटेडलाई सचेत गराउनुभयो ।मेलम्ची राष्ट्रिय गौरवको ठूलो आयोजना भएकाले यसको सफलता र असफलतामा देशको सफलता वा असफलता पनि जोडिएकाले कमाउको धन्दा, राजनीतिक मुद्दा नबनाउन मन्त्री थापाले आह्वान गर्नुभयो । मेलम्ची सम्पन्न भएपछि यसको सफलताका लागि लाग्ने सबै सम्मानका पात्र हुने उहाँको भनाइ थियो ।
मन्त्रालयका सचिव माधव बेल्वासेले अव्यवस्थित शहरीकरणका कारण खानेपानीको वितरण प्रणाली कताबाट कता जोडिएको छ भन्ने थाहा नहुने भएकाले चुहावटको समस्या समाधानमा कठिनाइ भएको बताउनुभयो । उपत्यकामा ३० देखि ४० प्रतिशत खानेपानी चुहावट भइरहेको उहाँले सुनाउनुभयो । यसलै हाल लिमिटेडले पाँच करोड लिटर पानीमाात्र बाँडिरहेको सचिव बेल्वासेले बताउनुभयो ।विसं २०७८ को अन्त्यसम्म मेलम्चीको पानी राजधानीमा वितरण गर्ने मन्त्रालयको प्रतिबद्धता छ । मेलम्ची आएपछि हिउँदमा पनि २५ करोड लिटर पानी वितरण गर्न सकिने मन्त्रालयले जनाएको छ । धारामा पानी नआएपनि ८० देखि ८५ प्रतिशत उपभोक्ताले मासिकरुपमा महसुल तिरिरहेका छन् ।
लिमिटेडको अध्यक्षसमेत रहनुभएका मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले केही दिनमा मेलम्चीको पानी सुरुङमा हालेर परीक्षण गरिने प्रतिबद्धता जनाउनुभयो । मेलम्चीको पानी आएपछि लिमिटेडले पनि शाखवृद्धि हुने गरी काम गर्ने अवसर पाउने भएकाले त्यसको उपयोग गर्न पनि उहाँले आह्वान गर्नुभयो ।चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले भूकम्पपछि सुकेको मातातीर्थ र मच्छेगाउँमा फेरि पानी आउन थालेकाले त्यसलाई व्यवस्थित गरेर पानीको परिणाम बढाउन सकिने बताउनुभयो । अन्य नगरपालिकामा रहेका मुहान पनि व्यवस्थित गरेर परिणाम बढाउन उहाँले लिमिटेडको ध्यानाकर्षण गराउनुभयो ।
बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेलले जनताको आधारभूत आवश्यकताका रुपमा रहेको खानेपानी नै पु¥याउन सकिएन भने विकासका ठूला कुरा गर्नुको अर्थ नभएकाले नगर सभ्यताको मापदण्डका आधारमा प्रत्येक घरका धारामा पानी खसाल्न लिमिटेड लाग्नुपर्ने बताउनुभयो । पानी चुहावट भएर बन्ने खाडल पाँच लाखभन्दा बढी खर्च लाग्ने अवस्था नभएसम्म नबन्ने गरेकाले ढिलासुस्ती अन्त्य गरी छिटो काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणा, आयोजना कार्यान्वयन निर्देशक कमलराज श्रेष्ठ, लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यलगायतले मेलम्चीको पानी राजधानी आउने चरणमा रहेकाले सबै निकायको सहकार्यमा चुस्तरूपमा उपभोक्ताको धारामा वितरण गर्न लाग्नुपर्नेमा जोड दिनुभयो ।सो अवसरमा मन्त्री थापाले लिमिटेडका पूर्वकर्मचारी अमरकाजी राईले सङ्कलन गर्नुभएको सन्देशमूलक भनाइका सङ्ग्रहको विमोचनसमेत गर्नुभयो । लिमिटेडमा सेवा गरी निवृत्त भएका कर्मचारीलाई सो अवसरमा सम्मानसमेत गरिएको थियो ।