विनयजङ बस्नेत जो सपना रोका मगरको बुवा भएको प्रमाण दिन्थे एक समय तर अहिले कहानिले यसरी ट्विस्ट मारो कि मानौ संसारनै उल्टो भएको छसपना उपर विनयबाट गरिएको अत्यचार जब सपनाकै बा-आमाले सार्वजनिक गरे तब सन्सनिनै मच्चियो ।यस्तो ज`घन्य अ`पराध पछि विनय पहिलोपटक मिडियामा आए तर यसरी आए जसरि यु`द्ध गर्न मैदानमा उत्रिए ।उनले सपना उपर त`थानाम गा`लि ग`लौच मात्रै दिएनन् आफुसग सपनाका ना`ङ्गा तस्बिरहरु समेत सुरक्षित भएको दाबि गरे त्यति मात्रै हैन सपनालाई आफुलेनै यो स्थानसम्म पुर्याएको र आफुले म`नलाग्दि गर्ने अधिकार भएको समेत दर्शाउन खोजे ।
हेर्नुस् विनय जङको विवादपछि पहिलो अन्तर्बार्ता
;
यशैबिच News24 का पत्रकार युवराज कंडेलले लेखेको पोस्टमा कमेन्ट गर्दै आफू म`रेर केही नो`क्सान नहुने जिकिर गरिन् ।युवराज लेख्छन् : बिनयजग बस्नेतले सपना रोकाको फोटो भिडियो मोबाईलमा मात्रै होइन पेन ड्राइभभरी छ भन्दै खुलेआम सार्बजनिक मिडियामा ध`म्की दिइरहेका छन् । यो नि`र्कृष्ठ अ`पराध हो , व्यक्ति जोसुकै होस्, सम्बन्ध जेसुकै होस, जस्तो सुकै होस् कसैले कसैलाई यसरी ब्ल्या`कमेल गर्न पाइदैन। डिजिटल दुनियाँको ब्ल्या`कमेल निकै आ`ततायी हुन्छ ।
यशमै कमेन्ट गर्दै सपना लेख्छिन् : उनिहरु जस्ता ठुला हरुको लागि कानुन पनि नलाग्ने रहेछ , अहिले सम्म कानुन नै छ भनी यति सम्म चरित्र ह`त्या गर्दा पनि चुप थिए कानुन भन्दा माथी कोहि छैन भनेर, दिन भर चौ`की धाउदा पनि केहिनै लागेन ।आखिर आ`त्मह`त्या कसरी हुदो रहेछ भन्ने कुरा बुज्दै छु !! म एउटा सपना म`रेर केही पनि हुदैन बस हजार सपना हरु बाच्न जरुरी छ् ।
सपनाको यो प्रतिक्रियाबाट यो छर्लङ्ग हुन आउछ कि उनी भित्रभित्रै कति हो कति चि`रा परि सकेकि रहिछिन् ।आफू यत्रो समय यस्तो अ`त्याचार भैरहदा पनि सहेरै बसेको र बुवा छोरिको नातामा कसन पनि दाग लगाउन नखोजेको बुझ्न सकिन्छ ।कानुन छ कानुनले आफ्नो तबरमा केही गर्ला भन्ने उनको आश थियो तर कानुन पनि ठुलाबडाको लागि त कहाँ हुदो रहेछ उनले भन्दैगर्दा सपनाले अन्तर्राष्ट्रिय जगतमा समेत नाम मात्रै कमाइन अन्यायबाट न्याय पाउने अधिकार कमाउन नसकेको उनको मानसिकता बुझिन्छ ।
सपना रोका मगर आफ्ना भनिने बुवा विनय जङ बस्नेतको यस्तो नि`ज ह`र्कतबाट आजित हुन्छिन् बिछिप्त हुनु त छदै थियो ।सपना ती चेलि हुन् जो सडकबाट यहासम्म आएकि हुन् ।सपना भन्दा बढि जिन्दगीको महत्त्व सायदै कसैले बुझेको होला तर उनिले नै आ`त्मह`त्या गर्छु भन्ने प्रतिक्रिया दिनुले मात्रै पनि धेरै अर्थ लाग्छ ।
वृद्धाभत्ता मासिक पाँच हजार पुग्छ : उपप्रधानमन्त्री पोखरेल
उपप्रधानमन्त्री ईश्वर पोखरेलले वृद्धाभत्ता मासिक रु पाँच हजार पु¥याउने सरकारको लक्ष्य रहेको बताउनुभएको छ । चिशङ्खुगढीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनसभालाई सम्बोधन गर्दै उहाँले सरकारले अघिल्लो निर्वाचनमा वाचा गरेअनुसार वृद्धाभत्ता मासिक रु पाँच हजार दिने बताउनुभएको हो ।
गत आर्थिक वर्षबाटै सामाजिक सुरक्षा भत्तामा बढावा दिने तयारी गरिए पनि पार्टीभित्रको एउटा समूहले विरोध जनाएका कारण त्यो सम्भव नभएको भन्दै उहाँले आगामी दिनमा सरकारले लक्ष्यअनुसार काम गर्ने उल्लेख गर्नुभयो । उपप्रधानमन्त्री पोखरेलले काम गर्न नदिएर सरकारलाई असफल बनाउने र मुलुकलाई पछाडि धकेल्ने प्रयास गरेकाले ताजा जनादेशमा जानु परेको बताउनुभयो । विकास र समृद्धिका अभियान निरन्तर अघि बढ्ने उहाँको भनाइ थियो ।
उहाँले अघिल्लो निर्वाचनमा प्रधानमन्त्री ओलीको हस्ताक्षरबाट उम्मेदवारी सिफारिस भएको स्मरण गर्दै विगतदेखि नै पार्टीको नेतृत्व ओलीले गरेकाले अहिले पनि ओली नेतृत्वको नेकपा नै आधिकारिक हुने बताउनुभयो । सूर्य चिह्न पनि ओली नेतृत्वको नेकपाकै हुने उहाँले जिकिर गर्नुभयो ।
खानेपानी तथा सरसफाइमन्त्री मणि थापाले खानेपानीको समस्या समाधान गर्ने बताउनुभयो । ओखलढुङ्गासहितका पहाडी जिल्लामा खानेपानीको अभाव देखिएकाले त्यसको समाधानमा सरकार जुटेको बताउनुभयो । प्रधानमन्त्रीको नेतृत्वमा मुलुकको विकास अघि बढेको जिकिर गर्दै थापाले वर्तमान सरकारको विरोध गर्नेहरु विकासका बाधक बनेको आरोप लगाउनुभयो ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेकपाको प्रचण्ड–नेपाल समूहलाई प्राइभेट कम्पनीको सङ्ज्ञा दिनुभयो । उहाँले प्रचण्ड–नेपाल समूहले फोहोरी खेलमा मुलुकलाई लैजान खोजेपछि ताजा जनादेशमा जानु परेको बताउनुभयो । प्रधानमन्त्रीको कदम असंवैधानिक बताउने समूह नै विधिविधानभन्दा फरक बाटोमा गएको उहाँले आरोप लगाउनुभयो ।
प्रदेश नं १ का भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङले जिल्लाको विकासमा आफूले गरेका पहलबारे विस्तृतमा जानकारी गराउनुभएको थियो । उहाँले चिशङ्खुगढी गाउँपालिकामा प्रदेश सरकारबाट आएको बजेटबारे जानकारी गराउँदै स्थानीय सरकारले अपेक्षित काम गर्न नसकेको बताउनुभयो ।
ओलीको पक्षमा जनमत बटुल्न जनसभा आयोजना गरिएको चिशङ्खुगढीका नेकपा नेता अशोक थापाले बताउनुभयो । उहाँका अनुसार कार्यक्रममा हजारौँ सर्वसाधारण र नेकपाका नेता कार्यकर्ताको उपस्थिति थियो ।
एकैसाथ तीन आयोजनाको शिलान्यास
पाँचथरको सदरमुकाम फिदिममा आज एकैसाथ तीनवटा आयोजनाको शिलान्यास गरिएको छ । फिदिम बजारभित्र निर्माण हुन लागेको फिदिम रङ्गशाला, बजारभित्रका सडकको कालोपत्र तथा फिदिम माध्यमिक विद्यालयको १२ कोठे भवनको आज आयोजित कार्यक्रममा शिलान्यास गरिएको हो ।
सङ्घीय सरकारबाट स्वीकृत कार्यक्रमअनुसार निर्माण शुरु भएका आयोजनाको भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले शिलान्यास गर्नुभयो । फिदिम बजारभित्र रहेको फिदिम खेल मैदानलाई रङ्गशालाका रूपमा विकास गर्ने कार्यको मन्त्री नेम्वाङले शिलान्यास गर्नुभयो ।
राष्ट्रिय खेलकूद परिषद्का इञ्जिनीयर राजेश श्रेष्ठका अनुसार रु १५ लाख ६६ हजार कूल लागत रहेको रङ्गशाला निर्माणको ठेक्का पिएस–किरातेश्वर–मैनाचुली जेभीले रु. १० करोड ६३ लाख ७५ हजारमा लिएको हो । गत माघ २५ गते भएको सम्झौताअनुसार रङ्गशाला आगामी १७ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
रङ्गशालामा प्यारापिट ब्लक, प्रशासकीय भवन, ९३ मिटरमा व्यावसायिक सटर र शौचालयसमेत निर्माण हुनेछ । रङ्गशाला शिलान्यास कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकूद परिषद् सदस्य एवं नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्काले नेपाली झण्डा विश्वमा फहराउने कार्यका लागि यो शिलान्यास उद्गम कार्य भएको बताउनुभयो । उहाँले खेलकूद क्षेत्रमा सरकारी लगानी अझै बढ्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै फिदिममा नयाँ शहर आयोजना कार्यालयबाट बजारभित्रका मुख्य सडकको कालोपत्र गर्ने कार्यको शिलान्यास गरिएको हो । सो कार्यालयबाट सञ्चालन हुने योजनाअनुसार रु चार करोड १८ लाख कूल लागतमा फिदिम बजारभित्रका मुख्य सडकहरुको कालोपत्र तथा स्तरोन्नति हुन लागेको हो । आगामी छ महिनाभित्र बजारभित्रका मुख्य सडकको कालोपत्रको ठेक्का रु तीन करोड पाँच लाख ८६ हजारमा भइसकेको नयाँ शहर आयोजना कार्यालयका प्रमुख विश्वराम प्रजापतिले जानकारी दिनुभयो ।
यस्तै झण्डै दुई हजार २०० विद्यार्थी अध्ययनरत फिदिम माध्यमिक विद्यालयमा अत्याधुनिक १२ कोठे भवन निर्माण कार्यको शिलान्यास गरिएको हो । रु ती करोड पाँच लाख कूल लागत रहेको भवन निर्माणको ठेक्का अधिकारी–खनाल जेभीले रु दुई करोड तीन लाखमा प्राप्त गरेको हो । नमूना विद्यालय निर्माण कार्यक्रमअन्तर्गत यस विद्यालयमा सूचना सञ्चार–प्रविधि प्रयोगशालासहितका संरचना निर्माण भइरहेको विद्यालयका प्रधानाध्यापक विनोदकुमार ठाकुरले जानकारी दिनुभयो । सो भवन एक वर्षभित्र निर्माण पूरा गर्ने सम्झौता भएको निर्माण कम्पनीका प्रतिनिधि दिननाथ अघिकारीले बताउनुभयो ।
तीनवटै आयोजनाको शिलान्यास समारोहमा बोल्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेम्वाङले पूर्वाधार विकास र जनतालाई सहज सेवा दिने कार्य कुनै पनि बाहनामा रोकिन नहुने बताउनुभयो । फिदिम खेल मैदानलाई रङ्गशालाका रूपमा विकास गर्ने कार्य आफ्नो ‘ड्रिम प्रोजेक्ट’ रहेको बताउँदै मन्त्री नेम्वाङले आफैँले रङ्गशालाको शिलान्यास गर्न पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले पूर्वाधार निर्माण कार्यलाई घोषित निर्वाचनले कुनै असर नगर्ने बताउनुभयो ।
सबै आयोजना समयमै निर्माण सम्पन्न गर्न आग्रह गर्दै मन्त्री नेम्वाङले विकास निर्माणको अभियानबाट कोही बिचलित हुन वा आत्तिन नहुने बताउनुभयो । “पूर्वाधार विकासको गति अगाडि बढ्दा केही मान्छेलाई छटपटी भएको छ”, मन्त्री नेम्वाङले भन्नुभयो, “जनता खुशी भएपछि नेता कार्यकर्ता पनि दलीय सोचबाट माथि उठेर खुशी हुनुपर्छ ।”भौतिक पूर्वाधार निर्माणका लागि चार स्थानीय तह छनोट
पर्यटकीय क्षेत्रको भौतिक पूर्वाधार निर्माणका लागि चारवटा पालिकाका पर्यटकीय क्षेत्र छनोटमा परेका छन् । बेदकोट नगरपालिका, कृष्णपुर नगरपालिका, भीमदत्त नगरपालिका र लालझाडी गाउँपालिका पर्यटकीय क्षेत्र भौतिक पूर्वाधार निर्माणका लागि छनोटमा परेका हुन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पूर्वाधार विकास तथा पर्यटन उपज विकास साझेदारी (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका २०७७ अनुसार प्रदेश र स्थानीय तहको लागत साझेदारीमा पर्यटकीय गन्तव्य पूर्वाधार कार्यक्रमअन्तर्गत भौतिक पूर्वाधार निर्माणको कामलाई अगाडि बढाउने भएको हो ।
बेदकोट–४ स्थित लिङ्गेश्वर पर्यटकीय क्षेत्रको सांस्कृतिक पुरातत्विक तथा पर्यटकीय महत्वका पूर्वाधार निर्माणका लागि मन्त्रालयले रु सात करोड बजेटको व्यवस्था गरेको नगरप्रमुख अशोककुमार चन्दले बताउनुभयो ।
उहाँका अनुसार मन्त्रालयको रु चार करोड ५५ लाख र नगरपालिकाको रु दुई करोड ४५ लाखमा पर्यटकीय क्षेत्रमा पर्यटकको सुविधाका लागि भौतिक पूर्वाधार विकासको कार्य गरिने छ । लिङ्गेश्वर क्षेत्र पर्यटकको आकर्षक गन्तव्यका रूपमा रहेको छ । पहाडको चिरिएका थुम्कोलाई हेर्नका लागि आन्तरिक तथा बाह्य क्षेत्रका पर्यटक पुग्ने गर्दछन् ।
मन्त्रालयले कृष्णपुरमा रहेको गविजुला सामुदायिक वनमा साझेदारीमा इकोपार्क निर्माण गर्ने भएको छ । इकोपार्क निर्माणका लागि मन्त्रालयले रु दुई करोड ४० लाख र नगरपालिकाले रु एक करोड २८ लाख व्यहोर्ने गरी रु तीन करोड ६८ लाख रकम विनियोजन गरेको छ । गडबिजुला सामुदायिक वन त्यस क्षेत्रमा रहेको प्राकृतिक ताल र विशिष्ट प्रकारको जैविक विविधताका कारण परिचित रहेको छ । इकोपार्क निर्माणको काम दुई वर्षभित्रै पूरा गर्नुपर्ने छ ।
यसैगरी भीमदत्तमा इकोपार्क निर्माणका लागि मन्त्रालयले रु चार करोड ५० लाख र नगरपालिकाले रु दुई करोड ५० लाखको साझेदारी गर्ने भएका छन् । लालझाडी गाउँपालिकामा समेत मन्त्रालयको रु तीन करोड ४९ लाख र गाउँपालिकाको रु एक करोड ४९ लाख गरी रु चार करोड ९८ लाखको लागतमा पार्क (उद्यान) निर्माण गरिनेछ । उद्यान निर्माणका लागि एक वर्षको समयसीमा निर्धारण गरिएको छ ।
मन्त्रालयले देशभरका २०० पर्यटकीय गन्तव्यको पूर्वाधार विकास निर्माणका लागि स्थान छनोट गरी बजेटको व्यवस्था गरेको छ । सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका २७ पर्यटकीय गन्तव्य पूर्वाधार निर्माणका लागि छनोटमा परेका छन् ।