काठमाडौं । वैबाहिक बन्धनमा बाँधिन लागेका लोकप्रिय हास्य अभिनेता मनोज गजुरेलले सोमबार विबाह सम्पन्न गरेका प्रखर वक्ता तथा गायक रमेश प्रसाईलाई वैबाहिक जीवनको शुभकामना दिएका छन् । मनोजले भनेका छन् ‘
जय जोडी, जय जवानी, जय जिन्दगानी 🌹 अद्भुत प्रतिभा र क्षमताका जाज्वल्यमान पुञ्ज रमेश प्रसाईं तथा नन्दा सिँह 🙏’
मीना ढकालसँग ३ वर्ष अघि डिर्भोस गरेका मनोजले पुनः विवाह गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।
एक टेलिभिजनसँग कुराकानी गर्दै मनोजले आँफु विबाह गर्ने तयारीमा रहेको बताएका छन् । एक छोरा र १ छोरीका पिता समेत रहेका मनोजले पूर्वी नेपालमा विवाह गर्न लागेको जानकारी दिए ।
हालै मात्र कोरोनालाई जितेका उनले एक–दुई महिना पछि मात्रै विवाह गर्ने तयारी गरेका छन् । मीना ढकालसँगको २२ वर्ष लामो सम्बन्धलाई अन्त्य गर्दै सम्बन्ध बिच्छेद गरेका मनोज विवाह बन्धनमा बाँधिन लागेको प्रोमो एपीवान टेलिभिजनले सार्वजनिक गरेको छ ।