काठमाडौँ / सौता भन्ने शब्द महिलाहरुलाई पटक्कै मन नपर्ने शब्द हो । महिलाहरु विवाहपछि घरमा धेरै दुःख सहेर बसेका उदाहरणहरु छन्। महिलाहरु निकै सहनशील हुन्छन् तर विवाहित महिलाले सहनै नसक्ने कुरा हो –सौता । उनीहरु अरु धेरै कुरा सहन सक्छन् तर आफ्नो श्रीमानलाई अरु कसैसँग बाँड्न पटक्कै तयार हुँदैनन् । तर एक २२ वर्षका युवकका तीन श्रीमतीहरुले भने चौथी सौताको खोजी गरिरहेका छन्।
गल्फ टुडेका अनुसार अदनान नामका यी पाकिस्तानी युवकले २२ वर्षको उमेरसम्म आइपुग्दा तीन बिहे गरिसकेका छन् । र, अब उनका तीन श्रीमतीहरु मिलेर चौथी सौता खोज्दैछन् । उनका तीनैवटी श्रमिती उनीसँगै छन् । पाकिस्तानको सियालकोटका अदनानको चर्चा अहिले विदेशसम्म पुगेको छ ।मुस्लिम समुदायमा १ भन्दा धेरै विवाह गर्नु कुनै नौलो कुरा होइन तर श्रीमतीले नै आफ्नी सौता खोज्नु भने निश्चय पनि अनौठो कुरा हो।अदनानले पहिलो बिहे १६ वर्षको उमेरमा गरेका थिए ।
दोस्रो श्रीमतीसँग २० वर्षमा र अर्कीसँग २१ वर्षको उमेरमा बिहे गरेका हुन् । अदनानकी श्रमितीहरुको नाम शुंभाल, शुबाना र शाहिदा हो । अहिले यी तीनैजना सौता मिलेर चौथी सौताको खोजी गरिरहेका छन्र उनीहरुलाई चौथी सौता पनि अंग्रेजीको एस अक्षरबाट नाम आउने नै चाहिएको छ । एस अक्षरबाट नाम आउने सौता आएमा घरमा खुसी रहिरहने उनीहरु मान्छन्।अदनानका २ श्रीमतीका सन्तान पनि छन् ।
जेठी श्रीमती शुंभालका ३ र माइली श्रीमती शुबानाका दुई सन्तान छन् । शुबानाको एउटा बच्चालाई कान्छी शाहिदाले आफ्नो मानेकी छिन् । अदनानका तीन श्रीमतीहरुले उनीमाथि सबैश्रीमतीहरुलाई पूरा समय दिन नसकेको आरोप भने लगाउँछन् तर तीनैवटीले अदनान र बच्चाहरुको ख्याल गछृन् । अदनान तीनैजना श्रीमतीलाई प्रेम गर्छन् । उनको घरको एक महिनाको खर्च डेढ लाख पाकिस्तानी रुपैयाँ हुन्छ।
डिजिटल सिकाइ अभियान
जिल्लाको व्यास नगरपालिका–१० स्थित शिव माध्यमिक विद्यालयबाट डिजिटल सिकाइ अभियान शुभारम्भ गरिएको छ । व्यास नगरपालिकाको सहयोग तथा एककिृत हरित विकास नेपालको सहकार्य एवं टच स्काइ एजुकेशन नेटवर्क र बिएसएस कम्प्युटर लर्निङ सेन्टर प्रालिको प्राविधिक सहयोगमा डिजिटल सिकाइ अभियान मङ्गलबारदेखि थालिएको हो । उक्त अभियानको नगरप्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गर्नुभयो । नगरप्रमुख न्यौपानेले अबको शिक्षा प्राविधिमैत्री बनाउन आवश्यक रहेको बताउनुभयो । भौतिक सुधारका साथै गुणस्तरीय शिक्षा लिने अपेक्षा गरिए पनि शिक्षण प्राविधि पुरानै ढर्राको रहेकाले यसको अन्त्य गर्दै नयाँ प्रविधितर्फ अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
शिक्षक महासङ्घका जिल्ला अध्यक्ष रामचन्द्र्र पोखरेलले हिजोको शिक्षण सिकाइ चक, डस्टर र कालोपाटीबाट शुरुआत भए पनि अहिलेको माग डिजिटल प्राविधि रहेकाले यसको प्रयोग गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।
स्थानीय तह, साझेदारी संस्था र विद्यालय गरी त्रिपक्षीय सहभागितामा यस कार्यक्रम सञ्चालन गरिनेछ । अफलाइनमा आधारित सफ्टवेयरमार्फत शिक्षकको प्राविधिक क्षमतामा वृद्धि गर्ने लक्ष्य रहेको डिजिटल सिकाइ अभियानका कार्यक्रम संयोजक श्रीकृष्ण आचार्यले बताउनुभयो ।
उक्त प्राविधिमार्फत २०० भन्दा बढी वेवसाइट उपलब्ध गराइनेछ । उहाँले भन्नुभयो, “मार्कसिट, ग्रेडसिट, तलबी भर्पाइ, पुस्तकालय व्यवस्थापनलगायतका ढाँचा, डिजिटल किताबलगायत उपलव्ध गराइने छ ।” यस कार्यक्रमका लागि व्यास नगरपालिकाबाट रु चार लाख, साझेदारी संस्था एकीकृत हरित विकास नेपालबाट रु तीन लाख ५० हजार सहयोग रहेको छ । जिल्लामा रहेका ७५ वटै विद्यालयमा प्राविधिक शिक्षा पु¥याउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
व्यास नगरपालिकाको सहयोगमा सबै विद्यालयका शिक्षकलाई ६० दिने प्राविधिक तालिम प्रदान गरिसकिएको सो संस्थाले जनाएको छ । व्यास नगरपालिका –१० मा रहेका चार माध्यमिक विद्यालयमा आइसिटी प्याकेज उपलब्ध गराइसकिएको छ । जसमा भानु मावि, सर्वज्योति मावि, शिव मावि र चण्डीदेवी मावि छन् ।