काठमाडौं ।अहिले कोरोनाका कारण पुरै मुलुक लकडाउनमा छ । सबै घरभित्र छन् । सरकारले दैनिक ज्यालादारी गर्ने र विद्यार्थीलाई भाडामा छुट दिन घरधनीलाई आग्रह गरेको छ ।
तर राजधानीको बसुन्धरामा भाडामा बसेकी गुल्मीकी एक युवतीलाई घरभेटीले तत्काल कोठा खाली गर्न भने ।आफुलाई घरधनीले तत्काल कोठा खाली गर्न भनेको कुरा उनले छिमेकीलाई सुनाइन् ।
बसुन्धाराकै एक कलेजमा कक्षा १२ मा अध्ययानरत ती युवतीलाई घरधनीले एकैदिनमा कोठा छाड्न भनेपछि उनी निक्कै त ना व मा थिइन् । ति किशोरीलाई घरभेटीले अन्याय गरे भन्दै घरभेटीकै छिमेकी उनको वि रु द्ध मा उत्रिए ।
यस्तो बेलामा उनलाई कोठावाट निकाल्न नहुने भन्दै युवतीको पक्ष लिए ।तर जब २ वटा कोठा भाडा लिएर बस्ने १७ वर्षीय युवतीको ध’न्दा बारे उनीहरूले छिमेकीले पनि थाहा पाए त्यसपछि उनीहरु पनि अचम्म परे ।
मासिक ९ हजार भाडा दिनेगरि बसेकी ती युवतीको कोठामा उनकै कक्षामा पढ्ने झन्डै दर्जन विद्यार्थी दैनिकजसो पालैपालो सामूहिक यौ न कार्यमा लाग्ने गरेको खुलेपछि ती युवतीलाई घरधनीले कोठा छाड्न भनेका थिए ।
केही समय पहिलेसम्म ठमेल तथा लेकसाईडका सडक हुदैं झाँ गिएको अ वै ध यौ न व्यवसाय पछिल्लो समय यसरि नाम चलेका विद्यालय र कलेजभित्रसमेत छिरेको घ ट नाले धेरै अभिभावकलाई समेत सोच्न बाध्य बनाएको छ । तर नेपालमा अस्वभाविक रूपमा झाँगिएको अ वै ध यौ न व्यसायको पछिल्लो वास्तविकता भने यही हो ।
अदुवाको भाउ घटेपछि किसानमा निराशा
अदुवाको भाउ घटेसँगै इलामका किसानमा निराशा देखिएको छ । गत वर्ष प्रतिमन (४० किलो) रु छ हजारसम्ममा बिक्री भएको अदुवा यस वर्षप्रति मन रु एक हजार मात्र हुँदा किसान निरास भएका हुन् । गत वर्ष उल्लेखीय भाउ भेटेर हौसिएका किसान यस वर्ष कम मूल्यमै अदुवा बेच्न बाध्य छन् । गत वर्षमात्र होइन बीउ अदुवाको सिजनमा पनि भाउ उल्लेखीय थियो । पछिल्लो समय भारतीय बजारमा अदुवा सस्तिएसँगै यस वर्ष भाउ कम आएको हो ।
गत वर्ष अदुवाले मूल्य पाएसँगै फाकफोकथुम गाउँपालिकाका किसान गिरिजा खनालले सदाको भन्दा धेरै खेती गर्नुभएको थियो । यस वर्ष ह्वात्तै भाउ घट्दा अदुवाको लागत मूल्यसमेत नउठेको खनाल बताउनुहुन्छ । अदुवाको भाउ सधैँ अस्थिर हुन्छ । एक वर्ष आए अर्का वर्ष नआउने भएकाले सोचेझैँ आम्दानी लिन सकिएको छैन । यहाँ उत्पादन हुने ठूलो परिमाण भारत निकासी हुन्छ । अन्य खेती विस्थापित गरेर अदुवा खेती लगाए पनि श्रम मूल्य नपाउँदा निरास हुनुपरेको फाकफोकथुमकै अर्का किसान गुरुभक्त नेपाल बताउनुहुन्छ ।
अघिल्लो वर्ष भारतले निकासीमा अवरोध गरेपछि उत्पादित निर्यातमा समस्या थियो । व्यावसायिक किसानको सावाँसमेत नउठेपछि धेरैले यस वर्ष अदुवा खेती नै गरेका छैनन् । अदुवा फागुन, चैत महिनामा रोपिन्छ । रोपिएको बीउ अदुवा नै माउको रूपमा झिकेर बेच्ने गरिन्छ ।
गाउँमा स्थानीय व्यापारीले अदुवा किनेर जिल्लाका ठूला व्यापारीलाई दिने गरेका छन् । विगत वर्षदेखि नै इलामको अदुवा भारतीय बजारमा निकासी हुँदै आएको छ । भारतकै कारण यस वर्ष भाउ नआएको इलाम नगरपालिकास्थित बिब्ल्याँटेका अदुवा व्यापारी कृष्ण पौडेल बताउनुहुन्छ ।
माधवनारायणका बर्तालु चाँगुनारायणमा
पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका बर्तालु मङ्गलबार राति तीर्थयात्राका लागि चाँगुनारायण मन्दिर पुगेका छन् ।
बर्तालु आज बिहान चाँगुनारायणस्थित सादहमा स्नान गरी चाँगुनारायणको मूल मन्दिरमा माधवनारायणलाई राखी पूजा आराधना गर्ने परम्परा छ । माघ शुक्ल पूर्णिमासम्म चल्ने एक महिना लामो माधवनारायणको व्रतका क्रममा यो तेस्रो तीर्थयात्रा हो । यसअघि पशुपति र दक्षिणकालीको शेषनारायण एवं काभ्रेपलाञ्चोकको पनौतीमा बर्तालुले तीर्थयात्रा सम्पन्न गरेका छन् । माधवनारायणको चाँगुनारायणमा हुने तीर्थयात्रा माघ शुक्ल एकादशीका दिन राति हुने गरेको छ । जसका लागि बर्तालु मङ्गलबार राति १० बजेपछि चाँगुनारायण पुगेका थिए ।
माघ शुक्ल द्वादशीका दिन बिहान सादहमा स्नान गरी चाँगुनारायणमा माधवनारायणको रथलाई राखेर पूजा आराधना गरेपछि साँखु गई बर्तालुले आ– आफ्नै घरघरमा भोजन गर्ने व्रत विधि रहेको साँखुबाट प्रकाशित हुने लावण्य सन्देश साप्ताहिकका सम्पादक पवनलाल श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।
बर्तालु चाँगुनारायणबाट आज साँखु फर्किएर घरघरमा भोजन गरिसकेपछि साँखुमा भीमसेन जात्रा गरिन्छ । जात्रा साँखु बजार घुमाउने प्रचलन रहेको छ । विगत वर्षमा करिब ४०० जनाले माधवनारायण व्रत गर्ने गरेकामा यस वर्ष कोरोना महामारीका कारण ४९ जनालाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षितसाथ राखिएको छ । महिला ३५ र पुरुष १४ गरी ४९ जना यसपटक व्रतमा सहभागी भई परम्परादेखि गरिँदै आएको माधवनारायण व्रतको संस्कृति संरक्षण गरिरहेको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष मीजेन्द्रकाजी श्रेष्ठले बताउनुभयो ।
कोरोना महामारी भए पनि शालीनदीमा विगत वर्षमा जस्तै दर्शनार्थीको भीड लाग्ने गरेको छ । कोरोनापछि सबै क्षेत्र खुला भइसकेकाले दर्शनार्थी बिना हिच्किचाहट शालीनदीमा आइरहेका छन् । शङ्खरापुर नगरपालिकाले माधवनारायण मेला नचलाउने भने पनि देशका विभिन्न भागबाट स्वतःस्फूर्तरूपमा भक्तजन शालीनदीमा आएको समितिले जनाएको छ ।
माधवनारायण मेलामा विगत वर्षको भन्दा पनि बढी भक्तजनको भीड लागेको छ । माधवनारायण मन्दिर छिर्न चाहने भक्तजनलाई निःशुल्क स्यानिटाइजर र मास्क वितरण गरिएको छ । अन्यत्र आउने भक्तजनलाई भने मास्क र स्यानिटाइजर प्रयोग गर्न माइकिङ गरिएको छ । माधवनारायण मेलाले ऐतिहासिक, सांस्कृतिक र धार्मिक शहर साँखुमा चहलपहल बढेको छ ।
साँखु एवं शालीनदी आउने सार्वजनिक यातायातमा भीड छ । भक्तजन बढी आउने भएपछि यातायातमा दूरी कायम हुने अवस्था छैन । यात्रु कोचाकोच गरेर यात्रा गरिरहेका छन् । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म साँखुस्थित शालीनदीमा माधवनारायण व्रत हुने गरेको छ । शालीनदी मेला लाग्ने यो समयमा देशका विभिन्न स्थानका साथै विदेशबाट समेत श्रद्धालु भक्तजन साँखु आउने गरेका छन् ।