काठमाडौं । जंगली जनावरहरु कहीलेकाही आहारा खोज्न नजिकका गाउँमा आउने गर्छन् । गाउँ पसेका कुनै जनावरले नोक्सान गर्छन् भने कुनैले गर्दैनन् । जंगलको जनावर एक्कासी देख्दा डर सबैलाई लाग्छ ।
यस्तै भारतमा एक बिशाल गोही शहरमा पसेको छ । भारतको गुजरातस्थित बडोदरा जिल्लामा सडकमा गोही देखेपछि मानिसहरु आश्चर्यमा परे । देख्ने बित्तिकै धेरै डराएर भागे पनि ।
८ फीट लामो रहेको उक्त गोही विश्वामित्र नदीको नजिक रहेको शहरमा बाढीसँगै आएको बताइएको छ । विशाल गोही आएपछि मानिसहरुको भागदौड नै मच्चिएको थियो ।
ADVERTISEMENT
विश्वमित्र नदीमा बर्षका कारण जलस्तर बढेपछि गोही बाहिर आएको हो । भारतिय मिडियाका अनुसार शहर पसेको उक्त गोहीलाई वन विभागको टोलीले समातेर लगेको बताइएको छ ।