काठमाडौं । अमेरिकाले नेपालसँगको सम्बन्ध सुदृढ बनाउन चाहेको बताएको छ । बुधबार अमेरिकाका राष्ट्रपति जो वाइडनले अमेरिकाले नेपालसँग सुदृढ सम्बन्ध चाहेको बताउनु भएको अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ ।अमेरिकी बिदेश मन्त्रालयमार्फत नेपालका राजदूत डा।युवराज खतिवडाले पठाउनु भएको ओहदाको प्रमाणपत्र बुझेपछि राष्ट्रपति वाइडनले जवाफमा यस्तो बताउनु भएको हो । अमेरिकास्थित नेपाली दूतावासका अनुसार राष्ट्रपति वाइडनले नेपालसँग साझा एजेण्डाको आधारमा सम्बन्धलाई बनाउन चाहेको बताउनु भएको हो । त्यस्तैगरी राजदूत खतिवडाले पनि अमेरिकाले गर्दै आएको सहयोगहरु प्रति नेपालका तर्फबाट आभार व्यक्त गर्नुभयो ।
यो पनि पढ्नुहोस् : त्रिभुवन विमानस्थल चैत १५ गतेदेखि १८ घण्टा मात्र खुल्ने : काठमाडौं, १२ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चैत १५ गतेदेखि १८ घण्टा मात्र खुल्ने भएको छ ।विमानस्थल हाल २१ घण्टा सञ्चालन हुँदै आएको छ । बिहान ६ बजेदेखि अर्को दिन बिहान तीन बजेसम्म सञ्चालन हुँदै आएको विमानस्थल अब बिहान ६ बजेदेखि राति १२ बजेसम्म मात्रै सञ्चालन हुने जनाइएको छ ।विमानस्थल सञ्चालनको समय घटाउनुको कारण विमान र यात्रुको संख्या कम हुनुकोसाथै कोरोना महामारीले गर्दा आम्दानीमा कमी आएको र सञ्चालन खर्च धेरै रहेको बताइएको छ ।
अहिले नेपाल एअरलाइन्स, कतार एअरवेज, जजिरा एअर र एअर अरेबिया गरी चार वटा एअरलाइन्सले मात्रै १२ बजेपछि उडान गर्दै आएका छन् भने कतार र एअर अरेबियाले दैनिक रूपमा तथा नेपाल एअरलाइन्स तथा जजिरा एअरले हप्तामा तीन दिन राति १२ बजेपछि उडान गर्दै आएका छन् । यस्तै नेपाल एअरलाइन्सले हप्तामा तीन दिन राति १ बजेपछि जापानको नारिता उडान गर्दै आएको छ, भने कतार र एअर अरेबियाको उडान राति सवा २ बजे हुँदै आएको छ ।