• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
बुढेशकालमा त रुनी पत्नि विबाह गरेर पनि बालबच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने दानी रहेछन्

गायिका अञ्जु पन्तले विबाह गरे लगत्तै विबाह गर्दै चर्चित नायिका रिमा विश्वकर्मा, यि हुन् रिमा जस्ती सुन्दरीलाई पत्नि बनाउन पाउने ह्याण्डसम युवक

धमला पत्नि एलिजा गौतमलाई बाबुले दिए ५० लाखको बिएमडब्लू गाडी

धमला पत्नि एलिजा गौतमलाई बाबुले दिए ५० लाखको बिएमडब्लू गाडी

आँचलका डाक्टरका पतिको काठमाडौँ नै छ यस्तो  भब्य महल

आँचलका डाक्टरका पतिको काठमाडौँ नै छ यस्तो भब्य महल

Auto Draft

नायिका प्रियंका कार्की र आयुष्मानले किने काठमाडौँमा यस्ते आलिसान बंगला

Auto Draft

चर्चित युट्युबर सन्तोष देउजाको जीवनमा के भयो यस्तो ?

बाउ आमालाइ घर निकाला गर्ने डाक्टर टेकु प्रहरीमा पुगे

बाउ आमालाइ घर निकाला गर्ने डाक्टर टेकु प्रहरीमा पुगे

अरबी युवतीले चलाएको गाडीले एक्कासी ठक्कर दिँदा दुबईमा घा इते भएका ३८ वर्षका गोबिन्द जि वितै

अरबी युवतीले चलाएको गाडीले एक्कासी ठक्कर दिँदा दुबईमा घा इते भएका ३८ वर्षका गोबिन्द जि वितै

Auto Draft

पतिलाई छाडेर एकल जिवन बिताइरहेकी चर्चित अभिनेत्री गौरी मल्लको छ काठमाडौँमा आलिसान महल

Auto Draft

चर्चित नायक आकाश श्रेष्ठ र पूजा शर्मा छन् गहिरो प्रेममा

Auto Draft

भ्वाइस अफ नेपालका कोच राजु लामाले पत्नि र छोराछोरीलाई कहिल्यै देखाउँदैनन्, कारण यस्तो

सबै महिलाले हिमानीवाट संस्कार सिकुन् भन्दै संसद भवन भित्रै सांसदहरुले गरे हिमानीको खुलेर प्रशंसा

सबै महिलाले हिमानीवाट संस्कार सिकुन् भन्दै संसद भवन भित्रै सांसदहरुले गरे हिमानीको खुलेर प्रशंसा

आर्यन सिग्देलचर्चित नायक आर्यन सिग्देलको काठमाडौँमा नै छ आलिसान बंगला

आर्यन सिग्देलचर्चित नायक आर्यन सिग्देलको काठमाडौँमा नै छ आलिसान बंगला

महान् श्रीमान् बिनोदको जिन्दगीमा फर्कियो खुशी ठिक भइन् अनिता

चर्चित नायिका संचिता लुईटेलसँग दोस्रो विबाह गरेका चर्चित नायक निखिल उप्रेतीको काठमाडौँमा नै छ यत्रो भब्य बंगला

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Tuesday, April 13, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

गायिका अञ्जु पन्तले विबाह गरे लगत्तै विबाह गर्दै चर्चित नायिका रिमा विश्वकर्मा, यि हुन् रिमा जस्ती सुन्दरीलाई पत्नि बनाउन पाउने ह्याण्डसम युवक

by gazab g
February 26, 2021
in मनोरञ्जन
0
बुढेशकालमा त रुनी पत्नि विबाह गरेर पनि बालबच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने दानी रहेछन्
502
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । चर्चित गायिका अञ्जु पन्तको विवाहको चर्चाबीच नायिका रीमा विश्वकर्माले पनि दोस्रो विवाहको संकेत दिनु भएको छ । विवाह भएको २ बर्षमा डिभोर्स गर्नुभएकी उहाँले फेरि बिहेको कुरा गर्ने बेला भैसकेको बताउनु भएको हो । ‘कमेडी च्याम्पियन २’ प्रशारणको बिषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा रीमाले दोस्रो विवाहको विषय उठान गर्नुभयो । संचारकर्मीसँग निकै नै रमाइलो शैलीमा प्रस्तुत हुनुभएकी रीमाले अब बिहेको कुरा गर्दा हुने भन्दै प्रशंग शुरु गर्नुभयो । नायिका विश्वकर्माले आफ्नो बिहेको कुरा गर्ने बेला भैसकेको तर्क गर्नुभयो । तर, उहाँले दोश्रो बिहेको योजनाको बिषयमा भने केही पनि बताउन मान्नु भएन् । अभिनेत्री रीमाले आफूलाई ‘अर्थपूर्ण सम्बन्ध’ मनपर्ने पनि स्पष्ट पार्नुभयो ।

कोही पनि पूर्ण रुपमा ठिक नहुने भन्दै उहाँले कहिलेकाही कमजोर महशुश गरिरहेको बेलामा साथ दिने साथीको आवश्यकता भएको धारणा राख्नुभयो । उहाँको विचारमा यही नै अर्थपूर्ण सम्बन्ध हो । आफुले एकपटक बिहे गरेर सबै कुरा थाहा पाइसकेँको भन्दै आफ्ना लागि बिहे महत्वपूर्ण नभएको तर्क व्यक्त गर्नुभयो । अर्को बिहे आफ्नो कहिले गर्ने भन्ने कुरा आफ्नो इच्छामा भर पर्ने पनि उहाँले जानकारी गराउनुभयो । स्रोत : जनबोली ‘कागजको ऐना हेरे जस्तो महसुस भयो’ : हरिवंश आचार्य, नामै काफी छ । नाम सुन्नासाथै जो कोहीका मुहारमा हाँसो छचल्किन्छ । उहाँले बोल्न थाल्दा धेरैको हाँसोका फोहोरा उठ्छ । अझ व्यङ्ग्य नै कस्दा दर्शक पेट मिचीमिची हास्छन् । उहाँभन्दा उमेरले केही पाको मदनकृष्ण श्रेष्ठको हाउभाउ पनि उस्तै ।

उहाँका कुरैपिच्छे हाँसोका पेटारा भरिएका हुन्छन् । हास्यव्यङ्ग्य क्षेत्रका कहलिएका ‘महजोडी’ले प्रत्यक्ष र फिल्मी पर्दामा व्यङ्ग्य गर्दै सामाजिक चेत उजिल्याउँदै आउनुभएको छ । त्यही जोडी बिहीबार भने ध्यानमा बसेझैँ मग्न देखिने प्रयास गर्नुभयो । धैर्यता चाँडै नै ट्ट्यो । बेलाबेलाका ठट्यौली बान्कीले दर्शक र चित्रकारका मुहारमा मुसुमुसु हाँसो छुटिरहेको थियो । मौनताको अन्यौलता चिर्दै थिए रङ र कुचीसहितका क्यानभास । अरुको हाउभाउ र भावभङ्गीलाई पर्दामा जीवन्त उतार्न पोख्त उक्त जोडीका रेशारेशा केलाउन चित्रकारत्रय कृष्णगोपाल श्रेष्ठ, आशुराम खाइजु र डिराम पालपाली खटिएका थिए । पाल्पालीले कलाकार हरिवंश तथा खाइजुर र श्रेष्ठले मदनकृष्णका मुहारलाई क्यान्भासमा पोते ।

चित्रकारितामा कठिन विधा मानिने मुहार चित्र हो । यसमाथि चर्चा कमाएका व्यक्तिको रङ्गिन सन्सारमा उस्तै रङ भर्न कलाकारलाई थप चुनौती थियो । सधैँ हाँसोले भरिने अनुहारका चित्र बनाउने कलाकारका मनमा पनि हँसिलो काया छाइरहेको थियो । यसैले मौनताको त्यो पललाई कैद गर्न हम्मेहम्मे परिरहेको थियो ।बिहीबार पर्दा बाहिर आएका उक्त जोडीलाई कलाकारले क्यान्भासमा प्रवेश गराए । प्रत्यक्ष हेरेर कुचीले पोते । उनीहरुको अनुहासलाई कलाकारले दुरुस्त बनाएर टाँसे । कलाकार मदनकृष्णका मुहार चित्र टाँस्दै गरेका चित्रकार कृष्णगोपाल श्रेष्ठ सामुन्य बसेर चित्र उतार्दा नवरसलाई ख्याल गरिएन भने चित्र बोल्दैन भन्नुहुन्छ । उहाँले मदनकृष्णको जीवन्त मुहार उतार्न दिनभर नै कसरत गर्नुभयो । चित्रकारले कुची चलाउँदै गर्दा मदनकृष्णले हालसालकै चर्चित गीत गुनगुनाउन भ्याउनुभयो ।

फुलबुट्टे सारी, सपक्क पारी, पछ्यौरी मलमलको/कौसीमा बसी तिमीलाई हेर्दा मनमेरो हलचल भो गीत सुनेर कुची चलाउँदै गरेका चित्रकार एकाग्र भए र गीतमा लठ्ठिए । उपस्थित दर्शकको ध्यानाकर्षित भयो । एकैछिनमा फेरि चित्रकारले क्यान्भासमा एक्रेलिक रङ भर्न थाले । चित्रकारिताको सिद्धान्तले भन्छ “कलाकारले बनाएको चित्र बोल्नुपर्छ ।” अझ सेलिब्रेटिका चित्र बनाउन कलाकार झनै सफल हुनुपर्छ । चित्रकार कृष्णगोपाल श्रेष्ठ भन्नुहुन्छ, “पोट्रेट कोर्दा आँखाको भावलाई ध्यान दिनुपर्छ, हामी हाँस्दा आँखा पनि हाँसिरहेको हुन्छ, त्यसलाई उतार्न सकिएन भने मुहार झल्किँदैन ।”मान्छे कोही शान्त हुन्छ र कोही चलायमान हुन्छ । स्वभावतः मदनकृष्ण शीतल हुनुहुन्छ । हरिवंश को स्वभाव चुलबुले छ । त्यही स्वभाव क्यान्भासमा ल्याउनुपर्छ । फोटो हेरेर बनाउन जति सजिलो हुन्छ प्रत्यक्ष बनाउन त्यति नै कठिन हुन्छ । चित्रकार श्रेष्ठ थप्नुहुन्छ, “कुनै पनि वस्तुमा प्रकाश छिरेर प्रभाव पर्छ, कति भाग उठेको छ, कति गहिराइ छ, त्यहीअनुसार रङ भर्दै जानुपर्छ ।”चित्रकारले रङ भर्दै गर्दा कलाकार मदनकृष्णलाई आफ्नो अनुहार क्यान्भासमा टाढाबाट हेरेर चित्त बुझेन । नजिकै गएर क्यान्भार औँल्याउँदै सोध्नुभयो, “मेरो अनुहारसँग मिल्छ ?” “मिलेको छैन र”, चित्रकारको प्रतिप्रश्नमा श्रेष्ठले मुस्कुराएर मुन्टो हल्लाउनुभयो । उहाँले झण्डै एक घण्टा बसेर कलाकारलाई साथ दिनुभयो । स्वास्थ्य अवस्था कारण सावधानीका साथ देखिनुभएका मदनकृष्णले भन्नुभयो, “मुहार चित्र क्यान्भासमा देख्दा कागजको ऐना हेरे जस्तो महसुस भयो ।”

चित्रकार डिराम पाल्पाली कलाकार हरिवंश लाई क्याम्भासमा उतार्दै हुनुहुन्थ्यो । “देखे सुनेकै व्यक्तिको चित्र त मानसपटलमा बसेको हुन्छ, त्यसैले सेलिब्रेटीको मुहार ल्याउन अन्यभन्दा चुनौती हुन्छ, अहिले त्यही महसुस गरिरहेको छु”, उहाँले भन्नुभयो । देखिरहेकोभन्दा अझै बढी अन्तक्र्रिया गर्न सक्यो भने मात्रै त्यो कलाकार सफल हुन्छ ।बिहीबार चुलबुले स्वभावका हरिवंश एकाग्र भएर बस्न सक्नुभएन । अन्तर्वार्ता, सेल्फी तथा फोटोसेसनमा उहाँ व्यस्त हुनुभयो । त्यसबीच पाल्पालीले मुहार चित्र कोर्न सफल हुनुभयो । उहाँले पूरा रङ भर्न भने नभ्याएको बताउनुभयो । कलाकार हरिवंश भन्नुहुन्छ, “म कुनै क्यारेक्टर ल्याउन त्यसको धेरै अध्ययन गर्छु त्यो मान्छेको क्यारेक्टर बुझ्छु, त्यसपछि क्यामरामा उतार्छु तर चित्रकारले गहिराइमा पुगेर एकै बसाइमा क्यारेक्टर निकाल्दिनुभयो, त्यो मेरा लागि प्रेरणा बन्यो ।” उहाँले बुझेअनुसार आर्ट भनेको मान्छेको आँखा हो । एक्सप्रेसन आँखामा नै निहित हुन्छ । मानिस जे गरिरहेको हुन्छ आँखाले बोलिरहेको हुन्छ । उहाँले आफ्नो विगतको अनुभव सुनाउँदै ठट्यौली पारामा भन्नुभयो, “एक दिन मैले गाई बनाउन बसेको कुकुर बन्न पुग्यो ।” चित्रकारिताको संवेदनशीलतालाई उहाँको उत्तिनै ठूलै महत्व राख्छ ।

ADVERTISEMENT

मुहारमा उत्रेको हाँसो खुशी तथा रोदन अनि प्रकृतिले खिचिदिएका अनेक रेशा पनि रङबाट भर्नुपर्छ । कलाकारसामु बसेका हरिवंशका आँख हाँसिरहेझैँ लाग्थे । अनि मदनकृष्णका उमेरले दिएको चाउरीपना उमेरसँगै मुस्कुराइरहेझैँ थियो । सेलिब्रेटीका मुहारका अनेक भावभङ्गीबीच प्रविधिको आधुनिक जमानामा कुची हल्लाउँदै कागजमा दृष्य कोर्नु सामान्य होइन ।स्वयं वस्तु, प्रकाश र छायासँग खेलेर कलाकारले मुहार आकृति बनाउँछन् । कलाकार पाल्पालीले क्यान्भारमा नमिलेका मुहारका बान्की मिलाउन निकै मिहेनत र समय खर्चिनुभयो । बीचबीचमा आउने अन्तर्वार्ता र सेल्फीले उहाँको एकाग्रता भङ्ग भएकाले बिहीबार मुहार चित्रले पूर्णता पाउन सकेन भन्नुहुन्छ उहाँ ।

चित्रकलाका विधामध्ये पोट्रेट चुनौतीपूर्ण विधा हो । दृष्यमा यताउता भए पनि त्यसले फरक पार्दैन । रङ मिलेपछि स्वीकार्य हुन्छ । चित्रकार पाल्पाली भन्नुहुन्छ, “मुहार चित्रमा क्यारेक्टर आउनुपर्छ ।”नेपालमा मुहार चित्र कोर्ने माहोल छैन । एउटै विधा समाउने कलाकार पनि छैनन् । दृष्यचित्र बढी प्रचलनमा छ । धेरैका रुचि पनि त्यसैमा छ । मागअनुसार उनीहरुले नै मुहार चित्र बनाउने गरेका छन् । पोट्रेट बनाउन जान्नेलाई सक्षम कलाकार मानिन्छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य भन्नुहुन्छ, “अझै लाइभ बनाउन सक्यो भने ऊ विश्वमा बिक्छ । उसले हरेक चुनौती स्वीकार्न सक्छ,।”

मुहार चित्रमा एकाग्रताको जरुरत पर्छ । आर्टमा राम्रै दख्खल चाहिन्छ । रङ, स्केच र इफेक्टको सम्बन्धलाई जोड्न सक्नुपर्छ । यसमा पश्चिमा कलाकारमा राम्रो दख्खल छ । ठ्याक्कै ‘क्यारेक्टर’ झल्केन भने मुहार चित्र हुन्न । जीवन्त चित्र बनाउन सकिएन भने मुहार चित्रको महत्व रहँदैन । त्यसमाथि लाइभ बनाउनु अर्काे चुनौती हो ।मङ्गलबारदेखि शुरु भएको मुहारचित्र कार्यशालामा महजोडीसहित नायिका मनिषा कोइराला, पूर्वप्रदेश प्रमुख अनुराधा कोइराला, गायिका आनी छोइङ डोल्मा, व्यवसायी प्रदीपकुमार श्रेष्ठ, सुरेन्द्रवीर मालाकार, प्रतिष्ठानका कुलपति कर्माचार्यसहित पृथ्वीबहादुर पाण्डे, भद्रकुमारी घलेलगायत १२ व्यक्तित्वका मुहार चित्र बनाइने कार्यक्रम संयोजक सुष्माराज राजभण्डारीले जानकारी दिनुभयो ।

Share201Tweet126Share50
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

धमला पत्नि एलिजा गौतमलाई बाबुले दिए ५० लाखको बिएमडब्लू गाडी
मनोरञ्जन

धमला पत्नि एलिजा गौतमलाई बाबुले दिए ५० लाखको बिएमडब्लू गाडी

आँचलका डाक्टरका पतिको काठमाडौँ नै छ यस्तो  भब्य महल
मनोरञ्जन

आँचलका डाक्टरका पतिको काठमाडौँ नै छ यस्तो भब्य महल

Auto Draft
मनोरञ्जन

नायिका प्रियंका कार्की र आयुष्मानले किने काठमाडौँमा यस्ते आलिसान बंगला

Auto Draft
मनोरञ्जन

चर्चित युट्युबर सन्तोष देउजाको जीवनमा के भयो यस्तो ?

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!