फ्यानलाई र्सप्राइज दिँदै सुटुक्क विबाह गरे सरोज अधिकारी र आश्माले, भने कोरोनाले गर्दा तामझाम गर्न पाइएन, छिट्टै पार्टी दिनेछौँ
विबाहपछि खासै चर्चामा आउन नसकेकी प्रियंका कार्कीले माल्दिभ्स पुगेर के गरिन्. यस्तो, के चर्चामा आउन यस्ता तस्विर खिचाएकी हुन् ? काठमाडौँ । आफ्नो जन्मदिन र बिहेको पहिलो उत्सव मनाउन माल्दिभ्स पुगेकी सुन्दरी नायिका प्रियंका चोपडाका तस्विर अहिले भाइरल बनिरहेका छन् । पति आयुष्मान देशराज जोशीसँग माल्दिभ्समा रमाइलो गरिरहेकी प्रियंका कार्की फेरि चर्चामा छिन् । यसपटक उनी अभिनयका कारण नभई आफ्नो पहिरनका कारण चर्चामा आएकी हुन् ।
प्रियंका बसेको माल्दिभ्सको होटलले सार्वजनिक गरेको तस्वीरमा उनी भिन्न अवतारमा देखा परेकी छिन् । यसअघि उनी ब्याचलर पार्टी मनाउन थाइल्याण्ड पुग्दा होस् या विभिन्न कार्यक्रमका लागि विदेश पुग्दा नै किन नहोस्, उनको पहिरनको नै चर्चा भए पनि यसपटक उनी अझै खुलेका कारण उनको चर्चा बढेको हो । बिहेपछि उनको चर्चा सेलाएका बेला माल्दिभ्सबाट बाहिरिएका तस्विरले प्रियंकालाई थप उचाईमा पुर्याउला वा आलोचनाको मारमा पार्ला त्यो भने केही समयमा नै थाहा लाग्नेछ ।
यो पनि पढ्नुहोस् : चर्चामा पल र मलिकाको जोडी, फुलबुट्टे सारीु हिटभएसँगै यो चलचित्रमा एकसाथ काम गर्ने पक्का :- फुलबुट्टे सारी बोलको गीतबाट रातारात चर्चा कमाएका पल शाह र मलिका महतको जोडी अहिले भाइरल छ । यो जोडीको खोजी दर्शक, निर्देशकदेखि महोत्सबसम्म देखिन थालेको छ । यात्रा फिल्ममा अभिनय गरेर चर्चा कमाएकी मलिकाले छानेर मात्रै म्यूजिक भिडियोमा देखिने उनको बानीका कारण पनि उनी आज चर्चाको शिखरमा छिन् । फुलबुट्टे सारी र टाढा भए पनि दुई गीतको भिडियोमा साथ देखिएका पल र मलिकालाई दर्शकले पीएम जोडीको उपमा दिएसँगै यो जोडीलाई चलचित्रको पर्दामा ल्याउने तयारी गरिएको स्रोत बताउँछ ।
केन्द्रमोसन पिक्चर्सले यी दुवैलाई चलचित्रको पर्दामा ल्याउने तयारी सुरु गरेको हो। दुवै म्युजिक भिडियोपनि यहि कम्पनिले निर्माण गरेको थियो। यतिबेला चलचित्रको स्क्रिप्टको काम भैरहेको केन्द्रमोसन पिक्चर्स प्रतिनिधिले हामीलाई जानकारी गराएका छन्। स्क्रिप्टको काम भएका कारण यस विषयमा निर्माण यूनिटले अहिलेसम्म केही बोलेको छैन ।