• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
प्रधानमन्त्री केपी शर्मा ओलीः रक्षामन्त्री पनि आफैँ, गृहमन्त्री आफ्नै समूहका तर असुरक्षित कसरी

प्रधानमन्त्री केपी शर्मा ओलीः रक्षामन्त्री पनि आफैँ, गृहमन्त्री आफ्नै समूहका तर असुरक्षित कसरी

चर्चित अभिनेता सरोज खनालका चितवन र काठमाडौँमा छन् भब्य महल

चर्चित अभिनेता सरोज खनालका चितवन र काठमाडौँमा छन् भब्य महल

धमला पत्नि एलिजा गौतमलाई बाबुले दिए ५० लाखको बिएमडब्लू गाडी

धमला पत्नि एलिजा गौतमलाई बाबुले दिए ५० लाखको बिएमडब्लू गाडी

आँचलका डाक्टरका पतिको काठमाडौँ नै छ यस्तो  भब्य महल

आँचलका डाक्टरका पतिको काठमाडौँ नै छ यस्तो भब्य महल

Auto Draft

नायिका प्रियंका कार्की र आयुष्मानले किने काठमाडौँमा यस्ते आलिसान बंगला

Auto Draft

चर्चित युट्युबर सन्तोष देउजाको जीवनमा के भयो यस्तो ?

बाउ आमालाइ घर निकाला गर्ने डाक्टर टेकु प्रहरीमा पुगे

बाउ आमालाइ घर निकाला गर्ने डाक्टर टेकु प्रहरीमा पुगे

अरबी युवतीले चलाएको गाडीले एक्कासी ठक्कर दिँदा दुबईमा घा इते भएका ३८ वर्षका गोबिन्द जि वितै

अरबी युवतीले चलाएको गाडीले एक्कासी ठक्कर दिँदा दुबईमा घा इते भएका ३८ वर्षका गोबिन्द जि वितै

Auto Draft

पतिलाई छाडेर एकल जिवन बिताइरहेकी चर्चित अभिनेत्री गौरी मल्लको छ काठमाडौँमा आलिसान महल

Auto Draft

चर्चित नायक आकाश श्रेष्ठ र पूजा शर्मा छन् गहिरो प्रेममा

Auto Draft

भ्वाइस अफ नेपालका कोच राजु लामाले पत्नि र छोराछोरीलाई कहिल्यै देखाउँदैनन्, कारण यस्तो

सबै महिलाले हिमानीवाट संस्कार सिकुन् भन्दै संसद भवन भित्रै सांसदहरुले गरे हिमानीको खुलेर प्रशंसा

सबै महिलाले हिमानीवाट संस्कार सिकुन् भन्दै संसद भवन भित्रै सांसदहरुले गरे हिमानीको खुलेर प्रशंसा

आर्यन सिग्देलचर्चित नायक आर्यन सिग्देलको काठमाडौँमा नै छ आलिसान बंगला

आर्यन सिग्देलचर्चित नायक आर्यन सिग्देलको काठमाडौँमा नै छ आलिसान बंगला

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Tuesday, April 13, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

प्रधानमन्त्री केपी शर्मा ओलीः रक्षामन्त्री पनि आफैँ, गृहमन्त्री आफ्नै समूहका तर असुरक्षित कसरी

by gazab g
March 2, 2021
in top news, राजनीति
0
प्रधानमन्त्री केपी शर्मा ओलीः रक्षामन्त्री पनि आफैँ, गृहमन्त्री आफ्नै समूहका तर असुरक्षित कसरी
497
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सुरक्षा खतरा रहेको भन्ने आशयको अभिव्यक्ति दिएपछि त्यसले व्यापक टीकाटिप्पणी निम्त्याएको छ।प्रधानमन्त्रीको त्यस्तो अभिव्यक्ति सार्वजनिक भएपछि पक्ष-विपक्षमा सामाजिक सञ्जालहरूमा पनि फरक-फरक धारणा व्यक्त भइरहेका छन्।पोखरामा सोमवार एउटा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले कैयौँ कारणले आफूमाथि प्रहार केन्द्रित रहेको दाबी गरे।सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापित गरेको र नेकपाको प्रचण्ड-माधवकुमार नेपाल समूहले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताइरहेको पृष्ठभूमिमा ‌ओलीको पछिल्लो अभिव्यक्ति आएको हो।

प्रधानमन्त्रीले के भनेका थिए?प्रधानमन्त्री ओलीले सोमवार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गरेका थिए।त्यस क्रममा उनले आफूमाथि प्रहार केन्द्रित हुनुको एउटा कारण मात्रै नरहेको उल्लेख गरे।प्रतिनिधिसभा पुनर्स्थापनाको आदेशपछि यस्तो छ सुरक्षा तयारीप्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतद्वारा बदरउनले भने, “नेतृत्वमा म भएको हुनाले, यस पार्टीलाई ठिक ढङ्गले अगाडि बढाइराखेको हुनाले, सरकार ठिक ढङ्गले सञ्चालन गरिरहेको हुनाले, सरकार प्रभावकारी र गतिशील ढङ्गले अगाडि बढिरहेको हुनाले, विकास निर्माणका कामले गति लिइरहेका हुनाले ममाथि प्रहार केन्द्रित छ।”

आफूमाथि प्रहार “अत्यन्तै तीव्र गति”ले केन्द्रित रहेको पनि प्रधानमन्त्रीले दाबी गरे।”यदि ममाथि कुनै शारीरिक हमला नै भयो वा मेरो ज्यान तल-माथि भइहाल्यो भने पनि तपाईँहरूले अनौठो नमान्नुहोला। तर यस्तो हुन दिइनेछैन, हामी सतर्कता अपनाउनेछौँ।”आफू नरहे पनि केही नहुने भन्दै प्रधानमन्त्री ओलीले अगाडि थपे, “आन्दोलन छ, पार्टी छ। यस आन्दोलनले प्रतिक्रियावादी तत्त्व र तिनका मतियारसामु घुँडा टेक्नु हुँदैन।””देशको भविष्य अन्धकारमा जान दिनु हुँदैन। देश बनाउने पार्टीको भविष्यलाई अन्धकारमा जान दिनु हुँदैन। यस पार्टीलाई तल-माथि हुन दिनु हुँदैन।”

सुरक्षाविद्‌ के भन्छन्? : सुरक्षा मामिलाका जानकारहरूले प्रधानमन्त्रीको अभिव्यक्ति “अस्वाभाविक” भएको प्रतिक्रिया दिएका छन्।पछिल्लो समय नेकपाका दुई समूहका नेताले एकअर्कामाथि राजनीतिक प्रहार गरिरहेको अवस्था भए पनि भौतिक प्रहारको स्थिति नरहेको सुरक्षाविद्‌ गेजा शर्मा वाग्लेको ठम्याइ छ।”उहाँको अभिव्यक्ति हास्यास्पद र गैरजिम्मेवार छ। किनभने प्रधानमन्त्रीलाई जे जति सुरक्षा छ त्यो मेरो विचारमा जस्तोसुकै सुरक्षा चुनौतीलाई सामना गर्न सक्षम छ,” वाग्लेले भने।

ADVERTISEMENT

“यदि प्रधानमन्त्रीलाई साँच्चिकै सुरक्षा चुनौती छ भने उहाँले आफ्नै सुरक्षा प्रणालीलाई अविश्वास गरेको देखिन्छ।”अहिले रक्षा मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री ओली आफैँले सम्हालेका छन् भने गृहमन्त्रीको पदमा उनकै समूहका नेता रामबहादुर थापा छन्।पूर्वगृहसचिव श्रीकान्त रेग्मी पनि प्रधानमन्त्री ओलीमाथि भौतिक प्रहार हुने सम्भावना आफूले नदेखेको बताउँछन्।भीभीआईपीको सुरक्षा पाउने प्रधानमन्त्रीको त्यस्तो अभिव्यक्तिले सुरक्षा निकायको मनोबलमा नकारात्मक प्रभाव पार्ने सम्भावना उत्तिकै रहेको उनी औँल्याउँछन्।”त्रुटिरहित ढङ्गले प्रधानमन्त्रीको सुरक्षा प्रबन्ध मिलाइएको हुन्छ। त्यस्तो अवस्थामा प्रधानमन्त्रीको यस्तो भन्दाखेरि सुरक्षा दिनेहरूको मनोबलमा प्रतिकूल असर पर्न सक्छ,” रेग्मीले थपे।

राजनीतिक उद्देश्य के? प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्ति राजनीतिक फाइदा लिने उद्देश्यले पनि आएको हुन सक्ने एकथरीको विश्लेषण छ।
राजनीतिशास्त्री कृष्ण पोखरेलको बुझाइमा सहानुभूति बटुल्न र नेकपाको प्रचण्ड- नेपाल समूहका नेता, कार्यकर्तालाई आफूतिर तान्ने उद्देश्यका साथ प्रधानमन्त्रीले त्यस्तो अभिव्यक्ति दिएको हुन सक्छ।”यो एक प्रकारको राजनीतिक स्टन्ट र जनताबाट सहानुभूति बटुल्ने उपाय मात्र हो,” पोखरेलले भने।

भिडिओ क्याप्शन सुरु हुँदैछ,प्रचण्डलाई प्रश्नः अबको प्रधानमन्त्री शेरबहादुर देउवा कि तपाईँ?”भारतमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले जस्तै हाम्रो सन्दर्भमा हाम्रा प्रधानमन्त्रीले नयाँ-नयाँ बहसका कुरा राजनीतिकवृत्तमा छाडिदिनुहुन्छ र अगाडि बढ्नुहुन्छ।”आफूले वाचा गरेअनुरूप विकास र सुशासनको दिशामा खासै प्रगति नदेखिएको पृष्ठभूमिमा आमनागरिकको ध्यान अन्यत्र मोड्ने हिसाबले पनि प्रधानमन्त्रीको त्यस्तो अभिव्यक्ति आएको हुन सक्ने एकथरीको बुझाइ छ।

त्यसबारे पोखरेल भन्छन्, “म आफैँमाथि खतरा छ म मरे पनि मेरा मुद्दालाई अगाडि बढाउनुहोला भन्ने ढङ्गले बहसलाई अन्तै मोड्ने पनि हुन सक्छ। तर यी कुराबाट मानिसहरू भ्रमित हुने अवस्था अब छैन।”सामाजिक सञ्जालमा चर्चाट्विटरमा बुद्धि कार्कीले सामान्य अवस्थामा सरकार प्रमुखले आफू असुरक्षित रहेको अभिव्यक्ति दिएकोमा आश्चर्य व्यक्त गरेका छन्। उनी लेख्छन्, “अन्यत्रका सरकार प्रमुखहरू मुलुक कठिनभन्दा कठिन परिस्थितिमा हुँदा, ठूल्ठूला आतङ्कवादी हमला हुँदा जनतालाई सुरक्षाको भरोसा दिलाउँछन्।””मुलुक सामान्य अवस्थामा हुँदा समेत हाम्रा सरकार प्रमुख भन्छन्, मलाई ज्यानको खतरा छ। हामी नेपाली, हाम्रो खप्पर!”

Share199Tweet124Share50
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

अरबी युवतीले चलाएको गाडीले एक्कासी ठक्कर दिँदा दुबईमा घा इते भएका ३८ वर्षका गोबिन्द जि वितै
top news

अरबी युवतीले चलाएको गाडीले एक्कासी ठक्कर दिँदा दुबईमा घा इते भएका ३८ वर्षका गोबिन्द जि वितै

सबै महिलाले हिमानीवाट संस्कार सिकुन् भन्दै संसद भवन भित्रै सांसदहरुले गरे हिमानीको खुलेर प्रशंसा
top news

सबै महिलाले हिमानीवाट संस्कार सिकुन् भन्दै संसद भवन भित्रै सांसदहरुले गरे हिमानीको खुलेर प्रशंसा

Auto Draft
राजनीति

आखिर के भयो प्रचण्ड पत्निलाई यस्तो र प्रचण्डका परिवारका सबै सदस्यहरु बने एकाएक नि राश

घरबार बिग्रेकाहरुका पछि लागेर अन्तरवार्ता लिँदै भाइरल बनेका सन्तोष देउजालाई पत्निले गरिन् यस्तो गुनासो
top news

घरबार बिग्रेकाहरुका पछि लागेर अन्तरवार्ता लिँदै भाइरल बनेका सन्तोष देउजालाई पत्निले गरिन् यस्तो गुनासो

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!