काठमाडौ । मोरङको मिक्लाजुङ गाउँपालिका १ का शिक्षक राजेन्द्र श्रेष्ठको ज्यान लिएको छ । उनको घटनास्थलमै निधन भएको छ । उनलाई समुहले मंगलबार बिहानै पछाडी हात बाँ’धे’र लगेको स्थानियले बताएका छन् । उनलाई लिएर गएको आधा घण्टामा नै उनको निधन भएको अवस्थामा स्थानियले देखेका थिए ।
१५ घर जति रहेको सो ठाउँ पहाड र बिकट क्षेत्र रहेको स्थानमा शिक्षकको शव फेला परेको थियो । शिक्षक श्रेष्ठलाई लैजाँदै गरेको अवस्थामा स्थानीय गोबिन्द श्रेष्ठले देखेका थिए । गाउँभन्दा १५ मिनेटको दुरीमा शिक्षक श्रेष्ठको शव फेला परेको थियो ।
सरस्वती आधारभूत विद्यालयका शिक्षक श्रेष्ठ घरमा एक्लै भएको बेलामा उनलाई जंगल तर्फ लगिएको थियो । उनकी श्रीमती भने घरदेखि केहि पर रहेको बाख्रा फर्ममा गएकी थिइन्। उनीहरुका एक छोरा र एक छोरी छन्। छोरा बुहारी मधमामा बस्छन्।
विद्यालयमा चन्दा मागेको कुरा केही समय पहिले आएको थियो। तर यस विषयमा शिक्षक श्रेष्ठले प्रहरीलाई भने जानकारी गराएका थिएनन् । प्रहरीले भने विप्लव समूहले घटना गराएको हुन सक्ने आशंका गरेको छ। तर, त्यसलाई पुष्टि नै गर्नका लागि अहिलेसम्म कुनै प्रमाण भने फेला परेको छैन।
मिक्लाजुङ पाँचथर र धनकुटाको सिमानामा पर्ने मोरङको विकट पहाडी क्षेत्र हो। त्यहाँ विप्लव समूहले पहिलेदेखि नै गतिविधि बढाएका थिए। शिक्षक श्रेष्ठलाई सुराकीको आरोपमा घटना घटाईएको गरेको प्रारम्भिक अनुमान छ। प्रहरीले यसबारे अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक खड्काले बताए।