बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी म्याग्दीकी सपना रोका मगरलाई धम्क्याउने विनयजंग बस्नेत आज रिहा भएका छन्। बिनय जंग ५० हजार धरौटी मा रिहा भएका छन। रिहा हुने बितिकै बिनय जंगलाई सम्मान गर्न केहि सामाजिक अभियान्ता पनि पुगेका थिए। अदालतबाट बाहिर निस्किने बितिकै बिनयले रुदै भने सत्यको जित हुन्छ। मैले केहि गल्ति गरेको थिइन् तर पनि मलाई जेल पाठाइयो। आफ्नो भनेर भरोसा गर्नु नै गलत थियो भनेर आफ्नो अभिवाक्ति दिए। यस अघि बस्नेतलाई प्रहरीले फागुन ४ गते गोंगबुको नयाँबसपार्कबाट पक्राउ गरेको थियो। बस्नेतले युट्युबमा सपना रोका मगरका नांगा तस्बिर देखाइदिने भन्दै धम्की दिएपछि परिसरमा जाहेरी दर्ता गरिएको थियो।
धर्मेन्द्रले यति सानै उमेरमा घर छोडेर टर्की पाल्न थाले ! भयो लगानीको डब्बल आम्दानी, कसरी ? (भिडियोसहित)
दोलखाका धर्मेन्द्र तामाङले चितवनको माडीमा पुगेर टर्की पाल्न थालेका छन् । उनले माडी नगरपालिका वडा नम्वर ९ कृष्णनगरमा दोलखा गौरीशंकर मिलीजुली कृषी फार्म संचालन गरी टर्की पाल्न थालेका हुन् ।कृष्णनगरमा एक बिगाह जग्गा भाडामा लिएर कृषी फार्म सुरु गरेका धर्मेन्द्र अब कृषीमै जीवन खोजीरहेका छन् । २४ बर्षका धर्मेन्द्रले एक बिगाह क्षेत्रफलमा धान रोपेका छन् भने माछा पाल्ने तयारी पनि अन्तिम चरणमा पुगेको छ ।
‘हामी कहाँ टर्कीको मासु, चल्ला, अण्डा, लोकल कुखुरा र माछा पाइन्छ’ धर्मेन्द्रले भने, ‘यसलाई थप बढाउँदै लैजाने योजना बनाएको छु ।’ उनले अहिले ७ लाखको लगानी गरेका छन् । उनले नेपालमा कृषीको सम्भावना बढी रहेको बताए । ‘७ लाख लगानी गरेको छु’ टर्कीलाई दाना दिँदै गरेका धर्मेन्द्रले भने ‘१५ लाखको आम्दानी गर्ने लक्ष्य चाँही हाम्रो हो ।’ रोजगारीका लागि खाँडी मुलुक कतार पुगेका उनले अहिले भने सबैलाई आफ्नै देशमा अवसर खोज्न सुझाव दिएका छन् ।