काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीको सबै भन्दा बढी खुलेर आलोचना गर्नेमा रामकुमारी झाँक्री, भिम रावल, घनश्याम भुषाल र योगेश भट्टराई पर्दछन । रामकुमारी झाँक्रीले त केपी ओली भन्दा प्रचण्ड सहि भन्ने जस्तो अभिव्यक्ति समेत दिन भ्याएकी थिइन् ।संसद विघटन पश्चात तत्कालीन नेकपा पार्टी फुटको अवस्थामा थियो । केपी शर्मा ओली समूहसंग फुटेपछि ओली र राष्ट्रपति विधा देवी भण्डारीको खुलेर भर्पुर आलोचना गर्न भ्याएका नेताहरु अहिले एमाले ब्युतिएँ पछि आत्तिएका छन् ।
नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पार्टीमा रहनुपर्ने बाध्यता आए पश्चात आलोचना गरेका नेताहरु अहिले रातोपिरो भएका छन् । माधव नेपाल निकट एक नेताका अनुसार आलोचना गर्दा केपी ओली कहिले पनि चाहिदैन भन्ने सोचेर बोल्नु नबोल्नु सम्म बोलेका थिए तर अहिले अदालतको फैसलाले कस्तो समय ल्यायो कि केपी ओलीलाई नै अध्यक्ष मान्नुपर्ने अवस्था आएपछि कसरी फेस देखाउने भन्ने दुविधामा परेका छन् केहि नेताहरु ।
केपी ओली रिझाउदैं एमालेका नेताहरुकेपी ओली रिझाउदैं एमालेका नेताहरु : प्रधानमन्त्री ओलीको सचिवालयले विशेष भिम रावल, रामकुमारी झाँक्री, घनश्याम भुषाल, योगेश भट्टराईको अभिव्यक्तिहरु प्रति आक्रोशित छन् जसले अहिले यिनीहरुलाई कारवाही गर्नुपर्ने जोड दिइरहेका छन् । योगेश भट्टराई र भिम रावलले अहिले केपी ओलीलाई रिझाउन कुरा मिलाउन थालिसकेका छन् भने रामकुमारी झाँक्री र घनश्याम भुषाल भने मौन नै छन् ।नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई अहिले सचिवालयदेखि निकट नेताहरुले आलोचना गरेका नेताहरुलाई कारवाही गर्न दबाब दिईरहेका छन् ।
केपी ओलीले के कसरी कारवाही गर्ने भन्ने बारे छलफल गरिरहेका छन् । केपी ओलीको मुख्य टार्गेटमा अहिले यी ४ नेताहरु छन् जसले ओलीको गर्नुसम्म आलोचना गरेका थिए ।प्रधानमन्त्रीको सचिवालयले अध्यक्ष ओलीलाई कारवाही गर्न दबाब दिएको कारण साधारण सदस्य समेत नरहने गरि कारवाही गर्ने समेत चर्चा बालुवाटारमा चल्न थालेको छ । राम कुमारी झाँक्री र घनश्याम भुषाल भने मुख्य टार्गेटमा परेका छन् भने भिम रावल र योगेश भट्टराईले अहिले ओली तर्फ कुरा मोड्न थालेका छन् ।