काठमाडौँ । अमेरिकाको क्यालिफोर्नियामा नेपाली उबर चालकलाई दुब्र्यबहार गरेकी महिला पक्राउ परेकी छन्। २४ वर्षीया मलेसिया किंगलाई समातिएको र थप अनुसन्धान अगाडी बढाइएको सान फ्रान्सिस्को प्रहरी जनाएको छ । ८ वर्ष अघि अमेरिका गएका ललितपुरका खड्कामाथी तीनजना महिला यात्रुमध्ये दुईजनाले मास्क लगाए पनि एक युवतीले पेपर स्प्रे गर्ने, मास्क च्यात्ने, अपशब्द बोल्ने र दुब्र्यहबार गरेपछि खड्काले न्यायका लागि अपिल गरे लगत्तै प्रहरीले ति युवतीयाल्ई नियन्त्रणमा लिएको बताइएको छ ।
घटनामा संलग्न अर्की महिलाको पनि खोजी भइरहेको छ। ती महिलाले आफू अधिकारीसामू उपस्थित हुने सन्देश वकिलमार्फत् पठाएकी छन्। चालक खड्का सानफ्रान्सिस्को शहरमा गत आइतबार यात्रुको दुर्व्यवहारमा परेका थिए। उनको गाडीमा चढ्न आएका तीन जना महिलामध्ये एकले मास्क लगाएकी थिइनन्। मास्क बिना नै गाडीमा चढ्न आएकी ति युवतीलाई चालक खड्काले मास्क लगाउन भने। मास्क किन्न उनले एउटा ग्यास स्टेशनमा गाडी रोकेपछि ति युवतीले यो हर्कत देखाएकी थिइन् । जुन भिडियो अहिले संसारभर भाइरल बनिरहेको छ ।