काठमाडौँ । लामो समयदेखि मलेसियामा कार्यरत नेपाली चेली चन्द्र कुमारी छन्त्यालको मृत्यु भएको छ। वैदेशिक रोजगारीको क्रममा बिगत ७ बर्षदेखि मलेसियामा काम गर्दै आएकी म्याग्दी धौलागिरी गाउँपालिका ५ कि चन्द्र कुमारी छन्त्याललाई यसरी बाकशमा घर फर्किन्छु भन्ने कल्पना समेत थिएन ।
चन्द्राले मलेसियाको जोहोर राज्यमा पर्ने ओएसआई ओपटोइलेक्ट्रोनिक्स कम्पनीमा काम गर्दै आएकी थिइन् । पछिल्लो केही समयदेखि बिरामी रहेकी उनको गत सेक्टेमबर २१ तारिखका दिननै मृत्यु भएको मलेसिया स्थित नेपाली दूतावासले जनाएको छ । दुतावासका अनुसार मृतक छन्त्यालको पार्थिव शव अन्तिम दाहसंस्कारको लागी नेपाल ल्याइएको छ ।
ADVERTISEMENT