• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
बेलायतमा निःशुल्क भोजन खुवाउने यि मनकारी नेपाली दम्पतीको सर्वत्र चर्चा

बेलायतमा निःशुल्क भोजन खुवाउने यि मनकारी नेपाली दम्पतीको सर्वत्र चर्चा

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Monday, May 16, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

बेलायतमा निःशुल्क भोजन खुवाउने यि मनकारी नेपाली दम्पतीको सर्वत्र चर्चा

by gazab g
March 16, 2021
in समाचार
0
बेलायतमा निःशुल्क भोजन खुवाउने यि मनकारी नेपाली दम्पतीको सर्वत्र चर्चा

काठमाडौँ ।  बेलायतस्थित नेपाली रेस्टुरेन्ट पानसले कोरोना भाइरस कोभिड–१९ फैलिए यता एक वर्षको अवधिमा एक लाख भन्दा बढी छाक खाना निःशुल्क वितरण गरेको छ । लण्डनको लुइसममा पानस गोरखा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका सूजन र उनकी श्रीमती बन्दना कटुवालले गत वर्ष भएको पहिलो लकडाउनको बेलादेखि निःशुल्क खाना वितरण गर्दै आएका हुन् ।

रेस्टुरेन्ट नजिकै रहेको युनिभर्सिटी हस्पिटलका एनएचएस स्टाफलाई निःशुल्क खाना वितरण गरेर यो अभियान शुरु भएको थियो । त्यसपछि उनीहरूले एक वर्षको अवधिमा सामुदायिक केन्द्र, घरबारविहीन परिवार र स्याहार केन्द्रमा ८० हजार प्लेट भोजन निःशुल्क वितरण गरिसकेका छन् ।बेलायत कोरोना भाइरसको उच्च जोखिममा परिरहेको अवस्थामा उनीहरूले निःशुल्क भोजन अभियान थालेका थिए । संक्रमण सर्ने डर अत्यधिक रहँदा रहँदैं पनि उनीहरूले स्थानीय अस्पतालमा निःशुल्क खाना वितरण गरे । अस्पतालका कर्मचारीवाट प्रेरणा र आफैँमा आत्मसन्तुष्टि मिलेपछि उनीहरूले यो अभियानलाई थप निरन्तरता दिए । ‘निःशुल्क भोजनको यो अभियान यहाँसम्म आउला भनेर हामीले कहिल्यै सोचेका थिएनौँ । यो हामीले हाम्रै आत्मसन्तुष्टिका लागि मात्र गरेका थियौं,’ कटुवालले बताए ।

कटुवाल दम्पतीले आफ्नो अधिकांश अनुदान र आर्थिक सहायता निःशुल्क भोजन अभियानमा खर्च गरी सके । उनीहरूले यो अभियानलाई थप निरन्तरता दिन कोष संकलन अभियान समेत शुरु गरेका छन् ।कटुवाल दम्पतीको निःशुल्क भोजन अभियानमा हालै हलिउडकी अभिनेत्री जोआना लुम्ली, सैली लिन्डसे र पूर्व स्टाइल काउन्सिलर ड्रमर स्टिभ ह्वाइट लगायत हाई प्रोफाइलका व्यक्तित्वहरूबाट समर्थन मिलेको छ ।

ADVERTISEMENT

उनीहरूको निःशुल्क भोजन अभियानमा हालै हलिउडकी अभिनेत्री जोआना लुम्ले, सैली लिन्डसे र पूर्व स्टाइल काउन्सिलर ड्रमर स्टिभ ह्वाइट लगायत हाई प्रोफाइलका व्यक्तित्वहरूबाट समर्थन मिलेको छ । युकेमा रहेका नेपाली पूर्व गोर्खा सैनिकहरूको समर्थन गर्दै आएकी चर्चित हलिउड अभिनेत्री लुम्लीले केही साता अघि कटुवालको पानस हेल्पिङ ह्याण्ड्स अभियानमा सहयोगको लागि सन्देश पठाइन् ।लुम्लेले उनीहरूलाई ‘निकै अद्भूत’ भनिन् । ‘तपाईहरू जे गर्दै हुनुहुन्छ, त्यसको लागि लाखौं बधाई छ । ८० हजार प्लेट भोजन तपाईंले निःशुल्क वितरण गरिसक्नु भएछ । अब १ लाखको लक्ष्य राख्नुभएको छ । अब मलाई विश्वास छ, तपाईहरूले यो सहयोग अभियान पूरा गर्नुहुनेछ,’ उनले भिडियो म्यासेज मार्फत प्रेरित गरिन् ।

सूजन गत वर्ष भएको पहिलो लकडाउनमा आफ्नो रेस्टुरेन्ट बन्द गर्ने सोचमा पुगेका थिए । तर उनकी श्रीमती बन्दनाले भनिन्, ‘सुन्नुहोस्, यो समुदायबाट हामीले धेरै कुरा पाएका छौँ । त्यसैले रेस्टुरेन्ट बन्द गर्नु अघि हामी किन समुदायलाई मद्धत नगर्ने ?’श्रीमतीकै प्रेरणाबाट यो अभियान शुरु गरेको सूजनले बताए । अभियानको अन्तिम दिन एक लाख प्याकेट निःशुल्क खाना वितरण पुगेको अवसरमा रोयल आर्टिलेरी ब्यारेक्समा पत्रकार भेटघाटसहित विभिन्न क्षेत्रमा अग्रपंक्ति खटिएका कर्मचारी, स्वास्थ्यकर्मी, घरबारविहिन लगायत थप व्यक्तिहरूलाई जोआना लुम्लेको हातबाट खाना वितरण गरिएको थियो ।

हलिउड नायिका एवम् ब्रिटिस गोर्खाको हक र समान पेन्सनको मुद्दामा आवाज उठाएर नेपालीहरूमाझ लोकप्रिय जोआना लुम्ले आफू यस कार्यमा जोडिन पाएकोमा खुशी व्यक्त गरिन् । साथै, सदैव नेपालीको साथ रहने प्रतिवद्धता समेत व्यक्त गरिन् ।कटुवालले कोष संकलन अभियानमा सर टम मूर लगायत विशिष्ट व्यक्तिहरुको सहयोगले अभियान सम्भव भएको बताए । कटुवाल दम्पती महामारीपछि पनि पानस हेल्पिङ ह्याण्ड्स च्यारिटी संस्था मार्फत आफ्नो काम जारी राख्ने बताउँछन् । उनीहरूलाई गत वर्ष स्वेच्छिक सेवाको लागि क्विन्स अवार्ड दिइएको थियो ।

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल
समाचार

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि
मनोरञ्जन

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

दोहोरी गाउँदा गाउदै लभ परेकी यि सुन्दरीसंग बिहे गर्दै गायक आलिफ खान
समाचार

दोहोरी गाउँदा गाउदै लभ परेकी यि सुन्दरीसंग बिहे गर्दै गायक आलिफ खान

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, मंसिर २२ गते सोमबारको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल
समाचार

आज इतिहाँसकै लामो ग्रहण,हेर्नुहोस् तपाईको आजको राशिफल

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com