जब नेपाल टेलिभिजनको स्टेजमै यसरी गरे चर्चित जजहरुले ब्यइज्यत, बुढा जजहरुले भर्खरका प्रतियोगीहरुको मर्म नै बुझ्न सकेनन् हैरान, चर्चित भाइरल गायिका कल्पना दाहाललाई नै चिनेनन् जजहरुले, भिडियो भाइरल
नेपालमा पहिलो पटक सुरु भएको ‘दोहोरी च्याम्पियन’ शुरु हुनेबित्तिकै विवादमा आएको छ । यसका निर्णायकहरुले कलाकारको बेइजत गरेपछि यो बिवादमा आएको हो । निर्णायक रहेका चन्द्र शर्माको सबैभन्दा बढि आलोचना भएको छ ।
चन्द्र शर्माले चर्चित लोक दोहारी गायिका कल्पना दाहाललाई भाइरल साइरल वाली भन्दै बेइजत गरेका थिए । उनले स्टेजमा भएकी कल्पनालाई नराम्रा शब्दहरु प्रयोग गरेर बेइजत गरेका थिए । चन्द्रको यो कामको सबैले आलोचना गरेका छन् ।
नेपाली लोक संस्कृतिको संरक्षण र संवर्धन गर्ने उद्देश्यले दोहोरी च्याम्पियन रियालिटी शो उत्पादन एवं नियमित प्रसारण गर्न लागिएको यसअघि नेपाल टेलिभिजनले जनाएको थियो ।
दोहोरी च्याम्पियन कार्यक्रमको प्रस्तोताका रुपमा बद्री पङ्गेनी र प्रीति आले रहेका छन् भने निर्णायकमा प्रजापति पराजुली, रमेश बिजी, सीता थापा र चन्द्र शर्मा रहेका छन् ।
कूल रु ३५ लाख राशि पुरस्कार रहेको यस कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र चौथो हुने गायक समूहले क्रमशः रु २० लाख, १० लाख, तीन लाख र दुई लाख पुरस्कार पाउनेछन् । दोहोरी च्याम्पियन प्रतियोगिताका लागि देशभरिबाट २४ कलाकार टोलीहरू छनोटमा परेका छन् भने २८ भाग दोहोरी च्याम्पियन नेपाल टेलिभिजनबाट प्रसारण हुन थालेको छ ।