काठमाडौ । केही समय अगाडि सामाजिक सन्जाल र टिकटकमा एउटा श्रीमानका बारेमा धेरै चर्चा परिचर्चाहरु चुलिए सबैले श्रीमान भनेको यस्तो हुनुपर्छ भनेर पनि भने र धेरैले त यस्तै श्रमिान पाए जिन्दगी सुखी र खुशी हुन्थ्यो भनेर पनि भने । हो उनै महान श्रीमान बिनोद खडका जो आज हामी उनको र उनकी श्रीमती अनिता खडकाको पहिलो जिबनकहानी गित लिएर आएका छौ । गुल्मी पिपलधाराका बिनोद केही समय देखि श्रीमती अनिताको ब्रेन हयाम्रेज जस्तो रोगस“ग लडनको लागि धेरै प्रयास गरे र अहिले धेरै सुधार आएको छ ।
लेकसाइड टिभी र ब्लु स्काई नेपालको पहलमा सुरु भएको उनकी श्रीमतीको उपचारले अहिले सही स्थान पाएको र निको भएको छ बिस्तारै बिस्तारै । र यही समयमै उनको लागि त्यही मिडियालेनै पहिलो गित बनाईदिएको छ । सायद यो जोडीलाई नचिन्ने त कमै होलान त्यसैले उनको बास्तकित र सत्य कथा उतारिएको गितको बारेमा कुरा गरौ । जस्मा स्वर दिनुभएको छ रेशम निर्दोष र सुनिता बुढाले भने शब्द नेत्र अर्र्यालको छ । यसै गीतको आज हामीले सुटिन रिपोर्ट लिएर आएका छौ –
ओली रणनीति : साथ नदिने सांसदलाई कारवाहीको आधार तय : प्रधानमन्त्री केपी शर्मा ओलीले झलनाथ खानाल–माधव नेपाल पक्षधर सांसदलाई कारबाहीको वैधानिक आधार गर्न सजिलो होस् भन्ने उद्देश्यले संसदीय बोर्ड र संसदीय दलको विधान संशोधन कार्यदल गठन गरेका छन् । खनाल–नेपाल समूहले ओलीका कदमविरुद्ध राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरिरहेका बेला बिहीबार बालुवाटारमा संसदीय दलको बैठक राखेर ओली दलभित्रको आफ्नो कानुनी आधार मजबुत बनाउने उपायतर्फ लागेका हुन् ।
बैठकले २७ सदस्यीय बोर्ड गठन गरेको सांसद शेरबहादुर तामाङले बताए । ‘२४ जनाको नाम बैठकमा प्रस्तुत भइसक्यो,’ उनले भने । खनाल–नेपाल पक्षका सांसद अनुपस्थित रहेको बैठकबाट ओलीले संसदीय बोर्डमा वरिष्ठ नेताहरु खनाल र नेपालको नाम पनि राखेका छन् । संसदीय दलका विधानअनुसार बोर्ड गठन गरिएको सांसद तामाङले बताए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
कुनै पनि सांसदले ह्वीप उल्लंघन गरेको अवस्थामा सांसद पदबाट पार्टीले कारबाही गर्न सक्ने व्यवस्था राजनीतिक दलसम्बन्धी ऐनमा छ । उक्त ऐनको व्यवस्था कार्यान्वयन गर्नका लागि संसदीय दलले ह्वीप उल्लंघन गरेको विषयमा निर्णय गरी केन्द्रीय कमिटीमा कारबाहीलगायतका निर्णय गर्नका लागि संसदीय बोर्ड आवश्यक पर्छ । त्यसैले खनाल–नेपाल समूहको बहिष्कारका बाबजुद आफ्नो पक्षका बहुमत सांसदको उपस्थितिमा ओलीले बिहीबार बोर्ड गठन र विधान संशोधन कार्यदल बनाएका हुन् । एमालेको संसदीय दलमा ओलीको पक्षमा खनाल–नेपाल पक्षका भन्दा करिब दोब्बर सांसद छन् ।