हात छाडेर तीव्र गतिमा कुदाएको मोटरसाइकल सप्तरीको राजविराजमा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृ त्यु भएको छ। राजविराज नगरपालिका–१५ खाँडो पुल नजिक राजविराज–हनुमान नगर सडक खण्डमा भएको दु र्घ ट ना मा मोटरसाइकल चालक सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–४ का १५ वर्षीय विवेककुमार मण्डलको मृ त्यु भएको प्रहरीले जनाएको छ। राजविराजबाट हनुमान नगरतर्फ जाँदै गरेको अन टेस्ट मोटरसाइकल हात छाडेर कुदाउँदा अनियन्त्रित भई दु र्घ टना भएको स्थानीयवासीले बताए। मोटरसाइकल पछाडि सवार हनुमान नगर कंकालिनी नगरपालिका–१० इनर्वाका १५ वर्षीय कौशल मण्डल घाइते भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ।
घाइते दुवै जनालाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज भर्ना गरिएकोमा विवेकको मृ त्यु भएको र कौशल घा इते रहेको प्रहरीले जनाएको छ। टा उ को र छाती मा चो ट लागेर घा इते भएका कौशलको अ वस्था समेत ग म्भीर छ। उनलाई उपचारका लागि विराटनगर पठाइएको डिएसपी माधवप्रसाद काफ्लेले बताए। श व पो स्ट मा र्टमका लागि राजविराजस्थित अस्पतालमा राखिएको छ। दु र्घ ट ना ग्र स्त मोटरसाइकल अस्थायी प्र हरी पो स्ट तेत्तरी गाछी, राजविराजको नियन्त्रणमा छ।