काठमाडौ । चितवनमा निर्माण हुँदै गरेको वहुप्रतिक्षित अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक अभाव सिर्जना भएको छ । निकै ठूलो लगानीमा सुरु गरिएको रंगशाला निर्माणका लागि आर्थिक अभाव भएपछि धुर्मुसको टोली मेचि महाकाली अभियानमा निस्किएको छ ।
धुर्मुस सुन्तली फाउण्डेशनको अगुवाईमा रंगशाला निर्माणको काम सुरु भएको हो । गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला नामाकरण गरिएको सो रंगशाला निर्माणका लागि सरकार र सर्वसाधारणको लगानी छ ।
धुर्मुस सुन्तली फाउण्डेशनले सहयोग उठाउँदै रंगशाला निर्माणमा लगानी गरिरहेको छ । क्रिकेट मैदान निर्माणमा आर्थिक अ भाव भएपछि सहयोग जुटाउन सिताराम कट्टेल धुर्मुस मेची महाकाली अभियानमा निस्किएका छन् । रंगशाला निर्माणको लागि आर्थिक संकलन गर्न अभियानमा निस्कदा उनलाई रंगशाला निर्माणमै जुटेका मजदुरले विदाई गरेका थिए । उनीहरुले विदाईका क्रममा बाटोमा लाग्ने खर्च उठाएर धुर्मुसलाई दिएका थिए ।
मज दुरले पैसा दिँदा धुर्मुस निकै भावुक भए । मजदुरहरुले भने, घरको छोराछोरी बाहिर जाँदा बाटोखर्च दिएर पठाउनु पर्छ । हामीले त्यही भूमिका निर्वाह गरेका हौँ, लक्ष्य पुरा गरेर फर्कनुहोला शुभकामना छ । यसरी पैसा दिँदा त्यहाँको माहौल पनि निकै भावुक भएको थियो ।
धुर्मुस सुन्तली फाउण्डेशनको तर्फवाट अभियानमा सहभागी भएका अर्जुन घिमिरे (पाडे)ले पैसा लिएर भने यो तपाईहरुले दिएको आर्शिवाद हो । हामी कञ्चनपुरवाट यो अभियान सुरु गरेका छौं । हाम्रो अभियानमा सबैको साथ रहने छ ।
ओलीले ए क्सन लिएपछि माधव पक्षका यी दुई नेता सम्पर्क विहिन : नेकपा एमालेले पार्टीहित र अनुशासन विपरित काम गर्ने चार नेतासँग स्पष्टिकरण पत्र पठाएको छ । बरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई आज स्पष्टिकरण पत्र बुझाएको हो ।पार्टी केन्द्रीय कार्यालयबाट गएका कर्मचारीले खामबन्दी स्पष्टिकरणपत्र बुझाएका हुन् । नेपाल र सुरेन्द्र पाण्डेका स्वकीय सचिवले पत्र बुझेका छन् भने भिम रावल र धनश्याम भुषाल भने सम्पर्क विहिन भएका छन् ।
रावलले स्पष्टिकरणपत्र बुझ्न अश्वीकार गर्दै पत्र लिएर गएका कर्मचारीलाई घर भित्रै छिर्न दिएनन् । घर भित्र छिर्न नपाएपछि ति कर्मचारीले रावल बस्ने टोखास्थित कोलोनीको सी १४ नम्बर घरको लेटर बक्समा पत्र छि रा एर फर्किएको स्रोतले जानकारी दिएको छ ।
घनश्याम भुसालको भने मोबाइल स्वीच अफ रहेकाले पत्र बुझाउन बाँकी रहेको छ । महासचिव ईश्वर पोखरेलको हस्ताक्षरसहित पठाइएको स्पष्टिकरणपत्रमा अभियोगमाथि चित्त बुझ्दो जवाफ तीन दिनभित्र पेश गर्न भनिएको छ । चित्त बुझ्ने जवाफ नआएमा कारवाही किन नगर्ने भन्ने व्यहोरा उल्लेख रहेको एमाले स्रोतले जानकारी दिएको छ ।