काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले भोलि (बुधबार)देखि पठाओ सेवा सञ्चालन हुन नदिने जनाएको छ । पठाओका कारण ट्राफिक व्यवस्थापनमा समस्या आएको भन्दै पठाओ चल्न नदिने जनाएको हो ।
पठाओले मोटरसाइकल र ट्याक्सी सेवा दिँदै आएको छ । काठमाडौं उपत्यकामा पठाओका हजारौँ प्रयोगकर्ता र राइडर छन् । पछिल्लो समय ट्याक्सी चालक र पठाओका बाइक राइडरबीच विवाद हुँदै आएको छ ।
ट्राफिक महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले बाह्रखरीसँग भने, “लुकेर चलाउँछन् भने बेग्लै कुरा हो । अन्यथा, चल्न दिँदैनौँ । सडकमा देखेमा कारबाही गर्छौँ । पठाओ राइडर सडकमा भेला हुँदा सवारी आवागमन प्रभावित भएको छ ।”
छोरा जन्मिएको एक महिनामै काममा फर्किइन करिना कपुर, सुपर फिट र स्लिम देखिएका तस्विरले भाइरल : नायिका करिना कपुरले दोस्रो सन्तानलाई जन्म दिएको एक महिनामै काममा फर्किएकी छन् । दोस्रो सन्तानको जन्मपछि पहिलो पटक देखिएकी करिना तस्विरमा निकै सुन्दर र फिट देखिएकी छन् । तस्विरमा उनी स्लिम देखिएकी छन् र दोस्रो सन्तानको जन्मपछि पहिलो पटक देखिएकी करिना तस्विरमा प्रस्टै देखिन्छ ।
आफ्ना व्यावसायिक प्रतिबद्धताका कारण सुत्केरी भएको एक महिनामै उनी काममा फर्केर सबैलाई चकित पारेकी छन् । करिना कपुरले अघिल्लो महिना २१ फेब्रुअरीमा आफ्ना कान्छो छोरालाई जन्म दिएकी हुन् ।करिनाले पहिलो सुत्केरी बिदा पछि पनि निकै मिहिनेत गरेकी थिइन् र तैमुरको जन्म भएको ३ महिना पछि नै उनी काममा फिर्ता भएकी थिइन् ।
यो पनि पढ्नुहोस्:मौसमपूर्वानुमानलाई सही, भरपर्दो र विश्वसनीय बनाउन प्रयास-प्रत्येक वर्ष मार्च २३ मा मनाइने विश्व मौसम दिवस आज विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । विश्व मौसम सङ्गठन स्थापना भएको दिन ९स्न १९५० मार्च २३० का स्मरणमा हरेक वर्ष नेपाललगायत विश्वव्यापी रुपमा विश्व मौसम दिवस मनाइन्छ ।
यस वर्षको मौसम दिवसको नारा ‘समुद्र, जलवायु र मौसम’ रहेको छ जसले मौसम तथा जलवायुको महासागरसँगको अन्योन्याश्रित सम्बन्धलाई उजागर गरेको छ । पृथ्वीको करीब ७१ प्रतिशत भाग समुद्रले ढाकेको छ । मौसम तथा जलवायुको उतारचढावमा समुद्रको ठूलो प्रभाव छ ।
विश्वव्यापी रुपमा दिनप्रतिदिन भूमण्डलीय तापमानमा भइरहेको वृद्धिले जलवायु चक्रको प्राकृतिक स्वरुपमा परिवर्तन भइरहेको छ । हिमालका हिउँ पग्लँदै गइरहेको छ । समुद्रमा पानीको सतह बढ्दै गइरहेको अवस्था छ । मौसम प्रणालीको स्वरुपमा अस्वाभाविक फेरबदल भइरहेको छ । फलस्वरुप नेपालमा पनि अत्यधिक गर्मी, खडेरी, भारी वर्षा, शीतलहर, चट्याङ जस्ता विषम मौसमी अवस्थामा बढोत्तरी भइरहेको छ ।
यस्ता मौसम र जलवायुजन्य विपद्बाट प्रत्येक वर्ष हुने जनधनको क्षति न्यूनीकरण हाम्रा लागि प्रमुख चुनौती बनेको छ । मौसमपूर्वानुमानलाई समयसापेक्ष सही, भरपर्दो र विश्वसनीय बनाउन तथा पूर्वसूचना प्रणालीको थप विकास र विस्तार तथा जलवायुको विश्लेषण र आकलनलाई थप प्रभावकारी बनाउने विषयलाई विभागले उच्च प्राथमिकताका साथ जानकारी गराउँदै आइरहेको जनाएको छ । विश्व मौसम दिवसको आजको दिनले सर्वसाधारणदेखि नीतिनिर्माताको तहसम्म मौसम तथा जलवायुको महत्वबारे ध्यानाकर्षण गर्दै सचेतना जगाउने अपेक्षा विभागले गरेको छ ।
यो पनि पढ्नुहोस्:नब्बे प्रतिशत नेपालीमा खानेपानीको पहुँच-खानेपानीमन्त्री मणिचन्द्र थापाले खानेपानीसम्बन्धी लक्ष्य तथा सूचकहरू गूणस्तरीय स्वास्थ्य, गरिवी निवारण, नवीकरणीय ऊर्जा, शिक्षामा समान पहुँच, लैङ्गििक समानता र मानव अधिकारका लागि महत्वपूर्ण आधारशीला हुन् भन्नुभएको छ ।
राष्ट्रसङ्घीय महासभाका अध्यक्षले आयोजना गर्नुभएको सन् २०३० कार्यसूचीको खानेपानीसम्बन्धी लक्ष्यहरूको कार्यान्वयनसम्बन्धमा उच्चस्तरीय बैठकलाई अप्रत्यक्षरुपमा सम्बोधन गर्दै उहाँले नेपालको कुल जनसङ्ख्यामध्ये ९० प्रतिशतको खानेपानीमा पहुँच पुगेको तथा ९९ प्रतिशत जनसङ्ख्याको आधारभूत सरसफाइ सुविधामा पहुँच रहेको उहाँले बताउनुभयो ।
नेपालले स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचलाई आधारभूत सेवाका रूपमा प्राथमिकीकरण गरेको, खानेपानी तथा सरसफाइसम्बन्धी लक्ष्य तथा सूचकहरूलाई आवधिक योजना, दिगो विकास लक्ष्यको मार्गचित्र तथा क्षेत्रगत विकास योजनामा एकीकृत गरिएको जानकारी दिँदै उहाँले जनताको सन् २०३० सम्ममा सुरक्षित, पर्याप्त र सुलभ खानेपानी तथा सरसफाइ सेवाहरूमा पहुँच सुनिश्चित गर्ने उद्देश्यले सम्बन्धित कार्यक्रमहरू कार्यान्वयन भइरहेका बताउनुभयो ।
विश्वमा दुुई अर्ब २० करोड जनसङ्ख्या सुरक्षित खानेपानीको पहुँचबाट तथा चार अर्ब २० करोड मानिस आधारभूत सरसफाइबाट वञ्चित रहेका बताउँदै मन्त्री थापाले “खानेपानी तथा सरसफाइसम्बन्धी कठिनाइहरूलाई जलवायु परिवर्तन तथा कोभिड–१९ को प्रभावले थप विकराल बनाएको छ जसको प्रभाव गरीव तथा जोखिमयुक्त मुलुकहरूमा बढी छ” भन्नुभयो ।
नेपालका उच्च हिमाल पानीका उच्च शिखरका रुपमा रहेका तथा तिनले पर्यावरणीय प्रणालीलाई संरक्षण गरेका बताउँदै त्यसबाट निसृत नदीहरू प्रवाहित हुँदा बनेका जल–सञ्जाल र जलीय प्रणालीले दक्षिण एसियामा बस्ने एक अर्ब ५० करोड मानिसलाई जोडेको यथार्थ प्रस्तुत गर्नुभयो ।
अग्ला हिमालको क्षयीकरण तथा पानीको सतहमा आएको गिरावटले सबैलाई चिन्तित तुल्याएको बताउँदै उहाँले हिमालहरूको जैविक विविधता तथा समुद्र सतहमा भएको वृद्धिसँग जैविक सम्बन्ध रोकिनुपर्नेमा जोड दिनुभएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ । साथै उहाँले हिमाल द्रुत गतिमा पग्लने तथा समुद्र सतह त्यही गतिमा बढ्दो समस्याको तत्काल सम्बोधन गर्न विश्वव्यापी सक्रियताका लागि आह्वान गर्नुभयो । बैठकमा छ मुलुकका राष्ट्राध्यक्ष÷सरकार प्रमुख, ५८ देशका मन्त्रीसहित ८६ जनाले भाग लिएका उक्त नियोगले जनाएको छ ।