कमाठाडौँ । सक्किगोनीमा कक्रोज अर्थात हरि निरौलाका पिताको भूमिकामा रहेका ए होई ए होई अर्थात कमलमणी नेपालले बुढेसकालमा विबाह गरेका छन् । कमलले एक बि धुवा महिलासँग विबाह गरेका हुन् । पति विदेशमा रहँदा उतै स्वर्गीए भएका युवककी भर्खरैकी पत्निलाईलाई कमलले विबाह गरेर भित्र्याएका हुन् । जुन कुरा वास्तविक जीवनमा नभएर सक्किगोनीको नयाँ शृखलामा देखाइएको एक रमाइलो दृश्य हो । जहाँ पछिल्ला दिनमा बिधुवा महिलाहरुलाई पनि विबाह गर्दा ससुराले नै कन्यादान दिइरहेको एक सकारात्मक कदमलाई शृखलाको नयाँ भागमा देखाइएको छ । कमलका अलावा याृे शृखलामा बले, कक्रोज, काकु लगायतका कलाकारहरुको अभिनयलाई पनि दर्शकले निकै रुचाएका छन् । हेर्नुहोस् यो रमाइलो भिडियो
विबाहित पुरुषको मायामा डुबेकी अञ्जली अधिकारीलाई भयो ठूलो धोका, खोलीन् धोकेबाजका सबै रहस्यहरु : गायक दिनेश थापा , गायिका भावना आचार्य र गायिका कामना ओलीको स्वर रहेको हत्ते नहाल बोलको गीतको भिडियो सार्वजनिक भएको छ । पुरुसोत्तम सुवेदीको एरेन्ज, दीपक शर्माको शब्द संगीतमा तयार भएको गीतमा अञ्जली अधिकारी र गायक दिनेशको अभिनय रहेको छ । दिनेशको प्रेममा परेकी अञ्जलीले ढिलै भए पनि मायामा धोका भ एको पत्तो पाउँछिन् । आँफुले मन पराएको ब्यक्ति विबाहित भएको रहस्य थाहा पाएपछि अञ्जली भक्कानिन्छिन् । विबाहित पुरुषले घरमा पत्नि रारखेरु बाहिर माया बाँड्दै हिँडेको अञ्जलीलाई मन पर्दैन । उनको मन, दृदय रुँदा उनी भावविह्वल हुन्छिन् र धोकेबाज मायालाई उसको मायाको चिनो फिर्ता गरेर आफ्नो बाटो लागेको कुरालाई निर्देशन देबेन्द्र पाण्डले कलात्मक तरिकाले प्रस्तुत गरेका छन् । अञ्जलीको रुपमा भलुेर घरबार बिर्सेको बताउने दिनेशलाई आँफुले यसअघि साथ दिन नसक्ने भन्दै अञ्जली बाटो लागेको गीतको भिडियोको छायांकन अनिल के मानन्धरले गरेका हुन् । जसको कलर र सम्पादन दिनसन शाहले गरेका छन् ।
गायक दिनेशका यसअघि बोली नफेर, पाउजु बरिलै, पानी मिठो कल कल लगायतका गीतले चर्चा कमाएका थिए । उनले सबै गरेर १ सय बढी म्यूजिक भिडियोमा अभिनय गरेको ओएस नेपालसँगको कुराकानीका क्रममा बताए । त्यस्तै गायिका भावनाका बग्ने खोला, मुलको पानी, बोल्दैन फोटो, लगायतका गीतहरुले चर्चा कमाएका छन् । त्यस्तै कामनाका राजा, मार्सी धान लगायतका सृजनाले चर्चा पाएका छन् ।