नायक तथा मोडल पल शाह र गरिमा शर्मा विबाह बन्धनमा बाँधिएका छन् । यो जोडी प्रेममा रहेको चर्चा चलिरहेका बेला पल र गरिमाले विबाह गरेका हुन् । खासमा यो विबाह यि दुई जोडीको वास्तविक नभई भिडियोको विबाह हो । जहाँ पल र गरिमा फिचर्ड छन् । ‘पर्दैन पर्दैन’ गीतको भिडियो युटुव ट्रेन्डिङमा उक्लिदो क्रममा छ । गएको १७ तारिखमा युट्युबमा सार्बजनिक भएको भिडीयो यो समाचार तयार गर्दासम्म युट्युब ट्रेण्डिङ्गको १२ औ स्थानमा रहेको छ ।
बेनिशा पौडेल र सुरेश लामाले गाएको गीतको भिडियोलाई झन्डै ६ लाख ८० हजारले हेरिसकेका छन् । दिपक शर्माको संगीत रहेको उक्त गीतमा सरोज ओली शब्द रचना गरेका छन् । भिडियोलाई ३१ हजार बढिले लाईक गरेका छन् । हेर्नुस भिडियो
भिडियो निर्देशन पनि ओलीले नै गरेका हुन् । भिडियोमा पल र गरिमालाई बेहुला बेहुलीको रुपमा देख्न सकिन्छ भने जग्गेमै गरिमा बेहोस हुन्छिन । जुन स्टोरिलाई भिडियोमा कलात्मक रुपले देखाईएको छ । भिडियोमा कन्सेप्ट तथा कोरियोग्राफी सुनिल क्षेत्रीको रहेको छ । छायाँकन अर्जुन तिवारीको छ भने सम्पादन अमन मानन्धरले गरेका हुन् ।