काठमाडौँ । गायिका निशा कंडेलले आफ्नो चर्चित गीत ‘तस्विर’को भाग २ ‘तस्बिर २ – ओ ! प्रिया’को म्युजिक भिडियो सार्वजनिक गरेकी छिन्।
गीतकार बिष्णुबाबु देवकोटाको शब्दमा रहेको यस प्रेमिल गीतलाई संगीतकार टिका दहालले संगीतवद्द गरेका हुन्। गीतमा स्वर गायिका निशा कंडेल र गायक अमन प्रधानको रहेको छ। गायक प्रधानकै बुवा राहुल प्रधानले यस गीतलाई संगीत संयोजन गरेका हुन्।
भिडियोमा आकाश श्रेष्ठ र पुजा शर्मा फिचर्ड छन्। तस्विरमा प्रेम सम्बन्धमा रहेका यो जोडीलाई तस्विर २ मा विवाह बन्धनमा बाधिएको देख्न सकिन्छ। उनीहरु बीचको प्रेम र रोमान्स हेर्न पुरा भिडियो हेर्न पर्ने हुन्छ।
बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन्। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। लिजेन्स इन्टरनेशनलको एजुकेशनको प्रस्तुति रहेको यस भिडियोलाई गायिका कंडेलको आधिकारिक च्यानल ‘निशा कंडेल’ मार्फत सार्वजनिक गरिएको हो।
मेलिना र लोकको स्वरमा ‘निलो कुर्ताले’ सार्वजनिक : गायिका मेलिना राई र गायक लोक पौडेलको युगल गायनमा समावेश ‘निलो कुर्ताले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। डान्सिङ शैलीको यस गीतमा शब्द र संगीत दिपक शर्माको रहेको छ। गीतलाई नरेन्द्र वियोगीले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा नायिका आँचल शर्मा र मोडल निराजन प्रधान बिचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ।
शिशिर खातीले कोरियोग्राफी गरेको यस भिडियोलाई उज्ज्वल जोशीले छायांकन तथा सम्पादन गरेका हुन्। शिशिर तामाङ ( छबि ) क्रियटिभ डिरेक्टर रहेको यस भिडियोलाई राज खड्काको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो। मिरा इन्टरटेन्मेण्टको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।