नेपाली सिनेमाका खुंखार भिलेन । सयौं फिल्ममा द्धन्द निर्देशकको भूमिका निभाएका द्धन्द निर्देशक । अर्थात्, पछिल्लो समय कहिले पत्रकारलाई पागल, कहिले डन भनेर त कहिले राजेश हमालको प्रेमिकाकोसम्म पोल खोलेर सामाजिक संजालमा भाइरल भइरहने नाम । मनमा केही नराखीकन ब्ल्यांगब्लुंग बोलिरहने स्वभाव । अर्थात्, राजेन्द्र खड्गी ।
बुधबार कला टिभीको टिम ललितपुरको झम्सीखेलस्थित हिमालयन जाभामा पुग्दा यिनै खड्गी कालो चश्मा, कालै ज्याकेट, कालै टिसर्ट, कालै पेन्ट र कालै बुटमा टिपटप सजिएका भेटिए । कुनै समय रियलमा पनि डनको भूमिका निभाएको बताउने खड्गी त्यहाँ पुग्दा पनि डनकै चरित्रमा देखिन्थे । कहिले हातमा पेस्तोल बोकिरहेका थिए त कहिले धुँवा फ्याक्दै सिगरेट तानिरहेका थिए । उनको छेउमा थिइन्, एक रसियन युवती । ति युवतीसँग मस्कीमस्की उनी अंग्रेजीमा गफिइरहेका थिए ।
यो सब देखेपछि पक्कै जिज्ञासा जाग्न सक्छ, आखिर राजेन्द्र खड्गी त्यहाँ के गरिरहेका थिए त ? को थिइन्, उनको छेउमै बसिरहेकी ति युवती ?
जवाफमा राजेन्द्र खड्गीले फिल्मको सुटिङ गरिरहेको र रसियन युवती फिल्ममा आफ्नो गलफ्रेन्ड रहेको बताए ।
यो कस्तो फिल्म हो, खड्गीलाई सोध्दा जवाफमा उनले कालो धन तथा अवैध रकमको कारोबारको कथामा यो फिल्म केन्द्रित रहेको बताइरहेका थिए । बाँकी के के भयो, आफै हेर्नुस् त्यहाँका रमाइलो दृश्य