काठमाडौँ । नेपालबाट बलिउडमा गएर सबैभन्दा बढी चर्चा पाउने नेपालकी छोरी हुन् अभिनेत्री मनिषा कोइरला । क्यान्सलाई जितेर नयाँ जिन्दगी सुरुवात गरेकी मनिषाको वेबाहिक जीवन भने असफल बन्यो । सामाजिक संजालमा निकै सक्रिय रहेकी मनिषाले आफ्नो घरलाई निकै सुन्दर तरिकाले सजाएर राखेकी छिन्।
आफ्नो रूमको डिजाइनमा अधिकांश फुलको प्रयोग गरेकी मनीषाको घरको सोफा र पर्दाको रंग पनि उस्तै छ।उनले आफ्नो घरमा गरिएको अधिकांश सजावटको समान विदेशबाट ल्याएको एक अन्तरवार्ताका क्रममा उल्लेख गरेकी छिन् ।
कुनै बेला खुबै धुम मच्चाएकी उनी क्यान्सरको संक्रमणपछि निष्कृय बन्दै गएका बेला नेपाल भारत सीमाना विबादको समयमा मनिषाले आफ्नो कर्मभूमि विरुद्ध कडा अभिब्यक्ति दिँदै नेपालको पक्षमा, आफ्नो मातृभूमिको पक्षमा बोलेसँगै भारतमा उनको चर्को आलोचना भएको थियो । उनको आलोचना भइरहेको समयमा भारतमा कोरोना महामारी पःैलिएकै समयमा उनी स्थलमार्ग हुँदै आफ्नो जन्मभूमि छिरिन् । जसका कारण उनलाई सारा नेपालीको दिल दिलमा बस्न सफल भइन् ।
सिमा विवादमा ट्वीटर गरेर देशभक्ति देखाइन् । त्यसप्रति उनको भारतीय नागरिकहरुबाट चर्को आलोचना भयो । नेपालको राजनीतिकवृत्तमा मनिषा फेरि चर्चामा पुगिन् । उनी राजनीतिमा आउने चर्चा पनि भयो । तर, उनले राजनीतिमा कदापि नआउने बताइसकेकी छिन् । परिवारसहित भारतबाट मनिषाको नेपाल आगमनलाई अर्थपूर्ण मानिएको छ । यसले पनि चर्चा पाएको छ ।