• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
अन्तत  हिमानीको मन पग्लियो

अन्तत हिमानीको मन पग्लियो

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Wednesday, May 18, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

अन्तत हिमानीको मन पग्लियो

by gazab g
April 7, 2021
in मनोरञ्जन
0
अन्तत  हिमानीको मन पग्लियो

On Sonica Rokaya's birthday, Paras Shah gave Sonika a diamond necklace.

पूर्व रानी कोमल शाहको जन्मदिनमा पूर्व युवराज पारस शाह पनि सहभागी भएको विषयले अहिले सामाजिक सञ्जालमा चर्चा पाएको छ । नेपालमै भए पनि पूर्व युवराज पारस परिवारका साथमा छैनन् ।

उनी एक्लै बस्दै आएका छन् ।पत्नी हिमानीसँग पनि उनको सम्बन्ध सुमधुर नभएका कारण उनी एक्लै बस्दै आएको बताइएको छ । पारसको व्यवहारका कारण हिमानी र परिवार टाढा भएको हो ।तर लामो समयपछि पारस र पत्नी पूर्व युवराज्ञी हिमानी शाह भेट भएका छन् । उनीहरूबिच केही कुराकानी पनि भएको बताइएको छ । तर उनीहरूले के कुराकानी गरे भन्ने कुरा भने खुलेको छैन ।

लामो समयदेखि टाढा रहेका यी दम्पत्ती बिच झापाको होटेल मेची क्राउनमा भेट भएको हो । सो बेला परिवारका सबै सदस्य उपस्थित थिए । उनी आमा कोमल शाहलाई जन्मदिनको शुभकामना दिन पुगेका थिए । श्रीमान् पारससँग लामो समयपछि भेट गरेकी हिमानीले सकारात्मक प्रतिक्रिया दिएकी छन् । दुई जना भेटिएको खबरसँगै उनीहरूको शुभचिन्तकले हिमानीलाई माफी दिनु भन्दै सामाजिक सञ्जालमा लेख्दै आएका छन् । भिडियो सहित

कृषि कर्ममा रमाउँदै म्याग्देली-म्याग्दीको रघुगङ्गा गाउँपालिका– ६ ठाडाखानीकी हिमाली छन्त्यालले यो वर्ष आलु बिक्री गरेर मात्रै रु दुई लाख कमाउनुभयो । आलुको बीउ महँगो भएकाले थोरै किनेर हिउँदे आलु रोप्नुभएकी छन्त्यालले थोरै रोपे पनि आलुको राम्रो भाउ आएकाले उहाँलाई कुनै दुखेसो छैन ।

सधैँजस्तो आलु बेच्न बजार लानु पनि परेन । ग्राहकले घरमै आएर लगे । थोरै आलु रोपेर राम्रो मूल्यमा बेचेकाले छन्त्याल आलु खेतीबाट सन्तुष्ट हुनुहुन्छ । म्याग्दीको उपल्लो भेगमा अहिले धमाधम हिउँदे आलु खनेर बेच्ने समय हो । यो वर्ष आलुको बीउ आकिसिएकाले बीउ अभावमा थोरै रोपेतापनि हिउँदे आलुको राम्रो भाउ पाएकोमा आलु किसान खुशी छन् ।

राम्चेकी लीलमाया पुनलाई पनि थोरै आलु रोपेकोमा कुनै पछुतो छैन । महँगो बीउ भएकाले थोरै आलु रोपे तापनि आम्दानी उठेर पनि आफूलाई पुग्दो भएकाले उहाँ खुशी हुनुहुन्छ । छन्त्याल र पुन जस्तै म्याग्दीका धेरै किसान अहिले कृषि कर्मबाट नै मनग्गे आम्दानी हुन थालेपछि खेतीपातीको काममा नै हौसिएका छन् ।

दुई वर्षसम्म आयातित तरकारीको भरपर्नु पर्ने म्याग्दी जिल्ला अहिले तरकारीमा आत्मनिर्भर बन्दै गएको छ । विशेषगरी कोरोना भाइरसको कारण भारती तरकारी नेपाल छिर्न नपाएपछि गाउँगाउँमा तरकारी व्यापारी छिर्न थालेकाले यो वर्ष आलुलगायतका तरकारीको मूल्यले राम्रो भाउ पाएको किसानले बताएका छन् ।

कात्तिक अन्तिममा रोपेको हिउँदे आलु अहिले खन्ने मौसम हो । म्याग्दीमा हिउँदे आलु बिक्री गरेर यो वर्ष रु पाँच करोड भन्दा बढी आम्दानी हुने कृषकको भनाइरहेको छ ।

तरकारीपछि म्याग्दीका किसान च्याउखेती, भैँसीपालन र बाख्रापालनप्रति आकर्षित भएका छन् ।दुई दशक पहिले गाउँघरमा दूध विक्न मुस्किल हुने म्याग्दीमा अहिले भने दूधको खोसाखोस नै हुने गरेको छ । जब शहर बजार जस्तै गाउँमा क्रमिक रूपमा दूध बिक्न थाल्यो किसानले विस्तारै दूधबाट आम्दानी लिन थाले ।

मङ्गला गाउँपालिका–२ का धर्मराज पौडेलले दूध बिक्री गरेर मासिक रु ८५ हजार भन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । पौडेलमात्र होइन, बाबियाचौर क्षेत्र वरपरका किसान र बेनी नगरपालिकाका अधिकांश वडाका किसानले पछिल्लो समय दूध बिक्री गरेर मनग्गे आम्दानी गर्दै आएका छन् ।

त्यसैगरी यहाँका किसानले च्याउ खेतीलाई पनि आम्दानीको गतिलो माध्यम बनाएका छन् । म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गा राक्से, मालिका गाउँपालिका– ७ बिम, बेनी नगरपालिका–२ ज्यामरुककोट लगायतका गाउँमा व्यवसायिकरुपमा च्याउखेती शुरु गरिएको छ ।

बेनी नगरपालिका– ४ राक्सेका महिला व्यावसायिक च्याउ खेतीबाट आत्मनिर्भर बन्दै गएका छन् । परम्परागत रुपमा गरिँदै आएको खेतीपातीबाट गुजारा नचल्ने भएपछि उनीहरुले शुरु गरेको च्याउ खेतीले अहिले व्यावसायिक रुप लिएको छ ।

राक्से सिर्जनशील कृषि फर्म नै दर्ता गरेर विगत तीन वर्षदेखि च्याउखेती शुरु गरेका मैना खत्री र गीता कार्कीले च्याउ बिक्री गरेर वार्षिक रु चार लाख कमाउन थालेपछि उनीहरुको सिको गरेर गाउँमा च्याउ खेतीको लहर नै चलेको छ । च्याउ बिक्री गरेर गत वर्ष म्याग्दीमा रु ६५ लाख आम्दानी भएको च्याउ कृषकले बताएका छन् ।

वैदेशिक रोजगारबाट फर्केका म्याग्दीका युवा पछिल्लो समय बाख्रा पालन व्यवसायतर्फ आकर्षित भएका छन् । जसको उदाहरण हुन् बेनी नगरपालिका–२ खबरका कर्णबहादुर खड्का । नौ वर्ष अरबको खाडीमा बिताएपछि बढी पैसा कमाउने लोभमा अमेरिका जाने प्रयासमा रु ८० लाख गुमाएका खड्काले गाउँमा नै फर्केर बाख्रापालनव्यवसाय शुरु गर्नुभएको छ । खड्काले साउदी, कतार र इराकमा नौ वर्ष पसिना बगाएर कमाएको रु ८० लाख अमेरिका जाने प्रयासमा डुबेपछि गाउँमा नै फर्किएर बाख्रापालन व्यवसाय शुरु गर्नुभएको हो ।

ADVERTISEMENT

चार वर्ष साउदी, तीन वर्ष इराक र दुई वर्ष कतार गरी नौ वर्ष विदेशी भूमिमा कमाएको पैसा अमेरिका जाने प्रयासमा सकिएपछि अमेरिकाको सपना बिर्सिएर गाउँकै व्यवसायमा खड्का रमाउनुभएको हो । खड्काले खाडी मुलुकमा कमाएको पैसाले बेनी र पोखरामा गरी तीन वटा घडेरी जोड्नुभएको थियो ।

“म अमेरिका छिर्न लागेका बेला बोर्डरमा त्यहाँको प्रहरीले पक्राउ ग¥यो, अनि त्यहीँबाट फर्काइ दियो,” उहाँले भन्नुभयो, “राम्रै भयो अहिले आफ्नै ठाउँमा पौरख गर्न पाएँ ।” शुरुमा कुखुरा पालनबाट व्यवसाय थाल्नुभयो । तर यो व्यवसायबाट सोचेजस्तो भएन । कमाइको साटो उल्टो घाटा भयो । तर उहाँ हार्नु भएन । पहिलेदेखि नै आफूले गर्दै आएको बाख्रापालन गर्न थाल्नुभयो ।

खड्काले रु सात लाख बैंकमार्फत ऋण लिनुका साथै अन्य पैसा सरसापट गरी रु १५ लाखको लगानीमा बाख्रापालन व्यवसाय थाल्नुभयो । दिप्सन कृषि तथा पशुपक्षी फर्म दर्ता गरी शुरु गरेको व्यवसायमा अहिले ४० स्थानीय र बोयर क्रस जातका बाख्रा छन् । खड्का जस्तै जिल्लाका ४० जना युवाले पछिल्लो समय बाख्रापालन व्यवसाय शुरु गरेका स्थानीय तहका कृषि शाखाले जनाएका छन् । सबैभन्दा बढी मङ्गला गाउँपालिकाका युवा बाख्रा पालनतर्फ लागेको पाइएको छ ।

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि
मनोरञ्जन

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )
मनोरञ्जन

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो
मनोरञ्जन

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’
मनोरञ्जन

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com